इजरायलको आरोप: हमासले युद्धविराम गर्न मानेन, इरानसँग मिलेर तनाव बढायाे
एजेन्सी । इजरायलले हमासले पछिल्लो युद्धविराम सम्झौता अस्वीकार गरेको दाबी गरेको छ। इजरायली खुफिया एजेन्सी मोसादले हमासले मध्यस्थकर्ताको पछिल्लो योजनालाई अस्वीकार गरेको आरोप लगाएको हो।
इजरायली एजेन्सीले भनेको छ ‘यसले गाजाका हमास नेता याह्या सिनवार मानवीय आधारमा सम्झौता चाहँदैनन् र उनको मनशाय अपहरित बन्धक फिर्ता गर्ने छैन।’
उसले अगाडि बढेको छ, ‘हमास इरानसँग मिलेर तनाव बढाइरहेको छ। तर इजरायल पूर्ण शक्तिका साथ आफ्नो संकल्पमा अडिग छ र १३३ बन्धकको रिहाइका लागि कुनै कसर बाँकी राख्ने छैन।’
प्रतिक्रिया