सलमान खानको घरबाहिर गोली चल्यो , घटनास्थलमा बाक्लाे सुरक्षाकर्मी तैनाथ

मुम्बई । बलिउड अभिनेता सलमान खानको घरबाहिर अज्ञात समूहले गोली चलाएको छ । आइतवार बिहान ५ बजे २ जना अज्ञात व्यक्तिहरूले फायरिङ गरेको मुम्बई प्रहरीले जनाएको हो ।

फायरिङ लगत्तै प्रहरी पुगेर अनुसन्धान थालेको छ । मुम्बई प्रहरीलाई उदृत गर्दै भारतीय समाचार एजेन्सी एएनआईले लेखेको छ, ‘सलमान खानको घरबाहिर ३ राउण्ड फायरिङ भएको छ, घटनाको अनुसन्धान हुँदैछ ।’

प्रतिक्रिया

सम्बन्धित