देशभर आजबाट भर्ना अभियान : नियमित बाहेक सात लाख १३ हजारलाई भर्ना गर्ने लक्ष्य

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना गर्न र नियमित रूपमा विद्यालय पठाउन आह्वान गरेका छन् । ‘सबै बालबालिकाको विद्यालयमा सहभागिता, गुणस्तरीय शिक्षा प्राप्तिको सुनिश्चितता’ भन्ने संकल्पका साथ नयाँ वर्ष २०८१ को सुरूआतसँगै शैक्षिक सत्र २०८१ को विद्यार्थी भर्ना अभियान शुभारम्भ भएको सन्दर्भमा प्रधानमन्त्रीले विद्यालय जाने उमेरका आफ्ना सन्तानलाई पाठशाला पठाउन अभिभावकरूलाई आह्वान गरेका हुन् ।

अभियानमा नियमित बाहेकका ७ लाख १३ हजार विद्यालय उमेर समूहलाई विद्यालयमा ल्याउने सरकारको लक्ष्य छ । विद्यालय जाने उमेर समूह ५ वर्षका ५ लाख र ५ वर्ष उमेर पुगेका तर विद्यालय छोडेका २ लाख १३ हजार विद्यार्थीलाई विद्यालयमा ल्याउन र टिकाइराख्न अभियान केन्द्रित हुनेछ । अभियानको पहिलो दिन आज देशभरका पालिकाका शिक्षा शाखा प्रमुख, एकाइ प्रमुख, नगरपालिका सङ्घ, गाउँपालिका महासङ्घ, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय तथा मातहतका निकायबीच भर्चुअल अन्तक्रिया हुँदैछ ।

मन्त्रालयको शिक्षा तथा मानव स्रोत विकास केन्द्रले भर्ना अभियानका लागि सहजीकरण कार्ययोजना तयार पारेको छ । शिक्षा पाउनु हरेक बालबालिकाको संविधानप्रदत्त एवं जन्मसिद्ध मौलिक अधिकार भएकाले यसलाई कार्यान्वयन गर्न नेपालको संविधान र निःशुल्क शिक्षासम्बन्धी ऐनबमोजिम २०८५ वैशाखभित्र आधारभूत तहको शिक्षा अनिवार्य सुनिश्चित गराउनुपर्ने कार्यभार सरकारसामु रहेको प्रधानमन्त्रीले उल्लेख गरेका छन् ।

‘गुणस्तरीय विद्यालय शिक्षामा समान पहुँचका लागि सरकारले विभिन्न प्रयास गर्दै आएको छ । सरकारले बर्सेनि विद्यालय शिक्षामा ठूलो लगानी गरेको छ । शिक्षाको मौलिक हकलाई कार्यान्वयनका निम्ति विकास साझेदार, नागरिक समाज एवं निजी क्षेत्रबाट गरिएको योगदान उल्लेख्य छ’, प्रधानमन्त्रीको आह्वानमा भनिएको छ, ‘हाम्रासामु एकातर्फ विद्यालय जाने उमेरका सबै बालबालिकालाई विद्यालयमा भर्ना सुनिश्चितता गर्नुपर्ने र अर्कातर्फ बीचमा नै विद्यालय छाड्ने अवस्था अन्त्य गर्नुपर्ने जिम्मेवारी छ । यसका लागि समुदाय तहबाट नै ठोस पहल गर्दै सुधार ल्याउन आवश्यक छ ।’

सरकारले सार्वजनिक विद्यालयका विद्यार्थीलाई निःशुल्क पाठ्यपुस्तक, दिवाखाजा, छात्रवृत्तिका साथै उपयुक्त शैक्षिक पूर्वाधार र विद्यालयमा दक्ष जनशक्तिको व्यवस्थापनमा विशेष जोड दिँदै आएको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले विद्यालय शिक्षामा सङ्घ, प्रदेश र स्थानीय सरकारले पनि आफ्नो सामथ्र्यले भ्याएसम्म लगानी गर्दै आएका बताएका छन् । विद्यालय शिक्षाका निम्ति लगानीका प्रयासलाई सघन तुल्याउँदै थप परिणाममुखी बनाउन सामूहिक प्रयास केन्द्रित हुनुपर्नेमा प्रधानमन्त्रीले जोड दिएका छन् ।

शैक्षिक सत्र २०८१ मा पनि देशभरका सबै विद्यालयमा आवश्यक पाठ्यपुस्तक पुगिसकेका बताउँदै प्रधानमन्त्री दाहालले पाठ्यपुस्तकको वितरण सुनिश्चित गर्न स्थानीय सरकार, विद्यालय तथा आमनागरिकमा हार्दिक अनुरोध गरेका छन् । यो वर्षको प्रारम्भमा नै सबै बालबालिकालाई विद्यालय भर्ना गराई शिक्षासम्बन्धी मौलिक हक कार्यान्वयन हुने पूर्ण विश्वासका साथ सबै नेपालीमा प्रधानमन्त्रीले नयाँ वर्षको शुभकामना पनि व्यक्त गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित

अतिक्रमित सयौं बिघा जमिन खाली गराउन सुदूरपश्चिम विश्वविद्यालयले चाल्याे यस्ताे कदम

अतिक्रमित सयौं बिघा जमिन खाली गराउन सुदूरपश्चिम विश्वविद्यालयले चाल्याे यस्ताे…

पाथीभरा स्कुलमा कक्षा ६ का बिद्यार्थीहरूलाई स्टिम एजुकेसन

पाथीभरा स्कुलमा कक्षा ६ का बिद्यार्थीहरूलाई स्टिम एजुकेसन

विश्व वातावरण दिवसमा पिसजाेनका विद्यार्थीहरूले गरे नगर सरसफाइ सँगै वृक्षारोपण (तस्विरहरू)

विश्व वातावरण दिवसमा पिसजाेनका विद्यार्थीहरूले गरे नगर सरसफाइ सँगै वृक्षारोप…

विश्व वातावरण दिवशमा पाथीभरा स्कुलका बिद्यार्थीहरूले गाैशाला पुगेर गरे वृक्षाराेपण र डस्टविन बितरण

विश्व वातावरण दिवशमा पाथीभरा स्कुलका बिद्यार्थीहरूले गाैशाला पुगेर गरे वृक्षा…

इटहरीको शिक्षा सुधार गर्न ३६ सामुदायिक विद्यालयको एउटै संकल्प

इटहरीको शिक्षा सुधार गर्न ३६ सामुदायिक विद्यालयको एउटै संकल्प

विश्व वातावरण दिवसमा सिबि स्कुलका विद्यार्थीहरूले गरे नगर सरसफाइ

विश्व वातावरण दिवसमा सिबि स्कुलका विद्यार्थीहरूले गरे नगर सरसफाइ

हिसानकाे बुद्धिचाल प्रतियोगितामा ग्रिन पिसका विशेष प्रथम

हिसानकाे बुद्धिचाल प्रतियोगितामा ग्रिन पिसका विशेष प्रथम

बिद्यार्थी नेतृत्वकाेलागि पिसजाेनमा ११ गते निर्वाचन हुने : १२ पदकालागि ५१ जनाकाे उम्मेद्वारी

बिद्यार्थी नेतृत्वकाेलागि पिसजाेनमा ११ गते निर्वाचन हुने : १२ पदकालागि ५१ जन…