वर्ष २०८० : इटहरी उपमहानगरले नगरबासीलाई आशा जगाएको वर्ष
![](https://snowberry.prixacdn.net/media/gallery_folder/nagarpalika%2520photo_8RZZ5kLyoK_ujynbvsslzs8oasffw6nvm3prbqnx3tkt6i2qelgea93uw1covqhzih5suto_6D4imzJo5J_olrow8iofkfxngkcz9topyc2ktzgm7zldb7zkdpenysqbq0honrwpolrjsrf.jpg)
इटहरी । वर्ष २०८० इटहरीवासीका लागि आशा जगाएको वर्ष रह्यो । स्थानीय सरकार अर्थात् इटहरी उपमहानगरपालिकाले नयाँ कामको सुरुवात गर्दै निराश बनेका नगर बासीलाई थोरै भए पनि आशा जगायो । २०८० सालमा धेरै नयाँ काममा हात हालेको इटहरी उपमहानगरले सम्भावना अझै बाँकी रहेको अनुभूत गरायो ।
निर्वाचित भएको पहिलो वर्ष खासै कामको मेलो अगाडी बढ्न नसकेपछि इटहरीवासीमा उत्साह छाएन, जो आए पनि उस्तै भन्दै निराश बने । तर ०८० सालमा भने इटहरी उपमहानगरले देखाएको सक्रियताले नगर बासीमा नयाँ आशा पलायो । उपमहानगरले वर्षको अन्तिम महिनाबाट टेङ्ग्रा खोला सफाइ अभियान सुरु ग¥यो । धेरैले खोला पैनी सफाइ होला र ? भन्दै अविश्वास गरेका थिए ।
अघिल्ला सरकार जस्तै यो सरकारले पनि काम गर्नेमा इटहरीवासीमा विश्वास थिएन । तर उपमहानगरले काम थाल्यो । यो कार्यलाई लिएर इटहरी उपमहानगरलाई हेर्ने दृष्टिकोणमा थोरै भए पनि बदलाव आएको छ । वर्षको सुरुवातमा कर वृद्धिको तीव्र विरोध भयो । तर कर समायोजन गरेपछि भने विवाद मत्थर भयो ।
सार्वजनिक शौचालय,अस्पताल सुधार, विद्यालय खाजा कार्यक्रम, निःशुल्क घर नक्सा, विद्यालयमा एउटै पोसाक, निजी विद्यालयको नयाँ वर्गीकरण र शुल्क निर्धारण, पूर्वाधार विकासका केही नयाँ काम यही वर्ष सुरु भए । मेयर उपमेयर, मेयर वडाध्यक्ष बिचको राजनीतिक कलह, आरोप प्रत्यारोप र आन्तरिक द्वन्द्वका बिच उपमहानगरपालिकाले सुरु गरेका कामको राम्रै चर्चा भयो । राजनीतिक उतारचढाव, एकले अर्कालाई असहयोग गरेको आरोपका बिच उपमहानगरपालिकाको गतिविधिले तीव्रता पाएको यो वर्ष सम्झन लायक रह्यो । यस हिसाबले भन्दा २०८०साल इटहरी उपमहानगरपालिकाको नयाँ कामको थालनीको वर्ष रह्यो भन्दा खासै अत्युक्ति नहोला ।
खोला पैनी सफाइ र टेङ्ग्रा कोरिडोर
टेङ्ग्रा सफाइ गर्न डोजर चल्यो । खोलाको क्षेत्राधिकार भित्र बनाइएका अवैध संरचना भत्काउन थालियो । छानबिन समितिले ७४ वटा घर भत्काउनुपर्ने प्रतिवेदन दिएको थियो । प्रतिवेदनलाई पास गरेको उपमहानगरले त्यसलाई कार्यान्वयनमा ल्यायो । शुक्रवार सम्म ७ किलोमिटर खोला सफा भएको छ । ४ वटा नक्सा पास भएका सहित अन्य १४ वटा पक्की घर भत्काइयो । भत्काउनुपर्ने २७ घर, घरधनीले तत्काल भत्काउने स्वघोषणा गरी सहिछाप गरेका छन् । दुई सय भन्दा बढी टहराहरू भत्किएका छन् । घर भत्काउने क्रम जारी छ ।
उपमहानगरपालिकाले डुबानको समस्या दीर्घकालीन समाधान गर्न टेङ्ग्रा कोरिडोरको अवधारणा अघि सारेको छ । विश्व बैङ्कको सहयोगमा टेङ्ग्रा कोरिडोर निर्माण हुने उपमहानगरले जनाएको छ । ताल तलैयाको मुहान देखी दक्षिणी सीमा क्षेत्र सम्म करिब ९ किलोमिटर लामो कोरिडोर निर्माण हुनेछ । कोरिडोर बनाउन साइड क्लियरेन्सको काम पनि अहिले हुँदै छ ।
पानी बग्ने खोलाको भागलाई ३५ फिट, त्यसको दायाँ बायाँ २०÷२० फिट कोरिडोरका लागि सफा गरिँदै छ । खोला सफाइ र साइड क्लियरेन्सको काम सकिएपछि विश्व बैङ्कको प्राविधिक टोलीले कोरिडोर क्षेत्रको निरीक्षण गर्ने प्रशासन महाशाखाका प्रमुख सञ्जीव खड्काले जानकारी दिए ।
टेङ्ग्रा खोलामा भएको कामले अन्य खोला पैनीमा सफाइको दबाब बढेको छ । डुबान रोक्न सबै खोला पैनी सफा गर्नुपर्ने आवाज उठ्न थालेको छ ।
अस्पतालमा उपचार हुन थाल्यो
घर देखी घाट सम्म सुविधा दिने भन्दै उपमहानगरले निःशुल्क शववहानको सेवा यही वर्षबाट सुरु ग¥यो । निःशुल्क एम्बुलेन्सको सुविधा दिएको छ । इटहरी अस्पतालमा ओपिडी सेवा लिने बिरामीको चाप बढेको छ । एमबिबिएस डाक्टरहरू नियमित बस्न थालेसँगै बिरामीको चाप बढेको हो । अस्पतालमा अहिले दैनिक रूपमा हाड जोर्नी, महिला तथा स्त्री रोग विशेषज्ञ र बाल रोग विशेषज्ञले बिरामीको उपचार गर्ने इटहरी अस्पतालका मे.सु गुन्जन त्रितालले जानकारी दिए ।
परीक्षणका लागि आउने बिरामीको सङ्ख्या बढेको अस्पतालले जनाएको छ । विशेष गरी रगत, एक्स रे, भिडियो एक्स रे, ई सिजी गर्ने बिरामीहरूको सङ्ख्या बढेको छ । योसँगै नियमित रूपमा सुगर जाँच, भिटामिन डी,थाईराईड टेस्ट गर्न बिरामी अस्पताल पुग्छन् ।
पोसाकको विवाद अदालत सम्म
यो वर्ष सर्वाधिक चर्चा पाएको विषय हो, विद्यालय खाजा कार्यक्रम र विद्यालयको पोसाक । सङ्घीय सरकारले दिने अनुदानमा उपमहानगरले रकम थप गरी कक्षा ६ सम्मकै विद्यार्थीका लागि दिवा खाजा कार्यक्रम सुरु ग¥यो । बटुकोमा आधा केरा र स्याउको फोटो देशभर भाइरल भयो । तीव्र विरोध आए पनि अहिले भने व्यवस्थित रहेको शिक्षा, युवा तथा खेलकुद महाशाखाका प्रमुख द्रोण दाहालले जानकारी दिए । आगामी शैक्षिक सत्रबाट अझै व्यवस्थित रूपमा सञ्चालन गर्ने योजना रहेको दाहालले जानकारी दिए ।
शिक्षामा उपमहानगरले नयाँ प्रयोग ग¥यो । सबै(सामुदायिक तथा निजी) विद्यालयमा एउटै पोसाक लगाउनुपर्ने नियम लागु ग¥यो । यो नियमको चर्को विरोध भयो । अझै भइरहेकै छ । यो विवाद अदालत सम्म पुग्यो । निजी विद्यालयहरूको संस्था प्याब्सनले उपमहानगरका विरुद्ध मुद्दा दायर ग¥यो । सर्वोच्चले अन्तरिम आदेश दिनु नपर्ने भने पछि उपमहानगर निर्णय कार्यान्वयन गराउन लागी परेको छ । अदालतको आदेश पछि सबै विद्यालयलाई आगामी शैक्षिक सत्रबाट एउटै पोसाक लगाउन परिपत्र गरिसकेको शिक्षा युवा तथा खेलकुद महाशाखाले जनाएको छ ।
उपमहानगरले निजी विद्यालयको नयाँ वर्गीकरण गर्ने र सोही आधारमा शुल्क निर्धारण गर्ने जनाएको छ । सो अनुसार अहिले काम अन्तिम चरणमा पुगेको शिक्षा युवा तथा खेलकुद महाशाखाका तीर्थ गौतमले जानकारी दिए । निजी विद्यालयहरूको अनुगमन गरी टेबुलेसनको काम भइरहेको जानकारी दिए । अभिभावकबाट माथिल्लो श्रेणीको शुल्क लिए पनि सुविधा भने तल्लो श्रेणी बराबरको दिने गरेको आरोप निजी विद्यालयलाई लाग्ने गरेको छ । शैक्षिक गुणस्तर सुधारका लागि उपमहानगरले २७ बुँदे सङ्कल्प पत्र यही वर्ष सार्वजनिक ग¥यो ।
निःशुल्क घर नक्सा
इटहरीले ०८० सालबाट इटहरीमा घर नक्सा बनाउन अनलाइन सिस्टम सुरु ग¥यो । ईविपीएस सिस्टमले घर नक्सा शाखाको भिड स्वाट्टै हटाइदियो । फाइल बोकेर फाँट फाँट धाउनुपर्ने बाध्यता हट्यो । १ हजार स्वायर फिट सम्मका घरको नक्सा निःशुल्क बनाइदिन पनि यही वर्षबाट सुरु भयो । गरिब, सीमान्तकृत वर्ग र मध्यम वर्गका लागि आर्थिक बोझ केही कम भयो । यो वर्ष केही महत्त्वाकाङ्क्षी योजना सुरु भए । झन्डै दुई दशक अघि निर्माण भएको बसपार्क अस्तव्यस्त भएपछि व्यवस्थित बसपार्क बनाउन सुरु भयो ।
९ करोड ४८ लाख ८३ हजार ५ सय ५६ रुपैयाँको लागतमा १८ महिना भित्र सम्पन्न गर्ने गरी निर्माण भइरहेको इन्जिनियर जीवन घिमिरेले जानकारी दिए । नगर विकास कोषको ७० प्रतिशत र उपमहानगरपालिकाको ३० प्रतिशत लगानी रहेको इन्जिनियर घिमिरेले जानकारी दिए । लामो समयदेखि निर्माण गर्ने भनेर चर्चामा रहेको आकाशे पुल र सभा हल निर्माणको ठेक्का लागेको छ । धरान रोड र गोल्डेन चौकमा २ वटा आकाशे पुल निर्माणको ठेक्का लागेको हो ।
यस्तै आधुनिक सभा हल निर्माणको पनि ठेक्का लागेको इन्जिनियर घिमिरेले जानकारी दिए । इटहरी ५ स्थित काव्यवाटिको जग्गामा ३ तले सुविधा सम्पन्न, ५ सय मानिस अट्ने सभा हल निर्माणको ठेक्का लागेको उनले जानकारी दिए । यी दुवै महत्वकाक्षी योजना यो वर्ष ठेक्का लागे पनि निर्माण सुरु भने २०८१ मा हुनेछ ।
निर्माण गरिने पूर्वाधारको गुणस्तर मापन गर्न उपमहानगरले प्राविधिक ल्याब सञ्चालनमा ल्याएको छ । डन्डी, सिमेन्ट,इटा,गिटी बालुवाको गुणस्तर मापन गर्न प्राविधिक ल्याब स्थापित भएको छ । बाह्य पालिका तथा ठुला आयोजनाको निर्माण सामाग्रीको गुणस्तर मापन गर्न इटहरी ल्याउने गरिएको छ । यसबाट इटहरीको राजश्व पनि राम्रै वृद्धि भइरहेको छ ।
सेवा प्रवाह र प्रशासन सुधार
पालिकाले प्रदान गर्ने सेवा प्रवाहलाई चुस्त दुरुस्त बनाउन नीतिगत सुधारको काम थाल्यो । यसका लागि मुख्य रूपमा प्रशासनिक सुधार गरिएको उपमहानगरको दाबी छ । कर्मचारीको अनिवार्य पोसाक, इ हाजिरी,समयको व्यवस्थापन, सिसिक्यामराको मोनिटरिङ, नागरिक सहायता कक्ष जस्ता आधारभूत पक्षमा सुधार गरिएको प्रशासन महाशाखा प्रमुख सञ्जीव खड्काले जानकारी दिए ।
स्पष्टीकरण सोधेर मौका दिँदा पनि नसुध्रिएका ५ जना कर्मचारीको करार सम्झौता रद्द गरी निष्कासन गरिएको उपमहानगरले जनाएको छ । छड्के चेकजाँच, फाँट सरुवाले पनि कर्मचारीलाई नियममा बस्न बाध्य बनाएको छ । यो वर्ष फाँट सरुवाले कर्मचारी वृत्तमा हङ्गामा नै सृजना गरेको थियो । उपमेयर र केही वडा अध्यक्षहरूले विरोध जनाए । तर पछि त्यो विषय आफै सेलाएर गयो ।
नागरिकलाई सहजढंगबाट सेवा दिन नागरिक सहायता कक्ष स्थापना गरिएको प्रमुख प्रशासकीय अधिकृत राम चरित्र मेहताले जानकारी दिए ।
सेवाग्राहीको निवेदन लेखिदिने,नबुझेको कुरा बुझाइदिने, अशक्त भए फाइल सम्बन्धित शाखामा पु¥याएर काम गरिदिने प्रमुख प्रशासकीय अधिकृत मेहताले बताए ।
उपमहानगरले सहायता कक्षमा निःशुल्क चिया कफी खुवाउने गरेको छ । सेवा लिन आएका सेवाग्राहीले निःशुल्क कालो चिया तथा कफी खान पाउँछन् ।इटहरी उपमहानगरपालिकाले सिसिटिभी मोनिटरिङ गर्न डिजिटल कक्ष स्थापना गरेको छ । उपमहानगर र सो अन्तर्गतका सबै कार्यलयहरुमा सिसिटिभी क्यामरा जडान सुरु भएको छ । डिजिटल प्रविधिको प्रयोगले सेवा प्रवाहको गुणस्तरका थप सुधार हुने तथा सुशासन कायम गर्न मद्दत पुग्ने विश्वास लिएको प्रमुख प्रशासकीय अधिकृत राम चरित्र मेहताले बताए ।
![इटहरीका समालोचक डा. रामजी तिम्सिना बेपत्ता : भेटियाे ‘जलसमाधि लिदैँछु, अलबिदा’ लेखेकाे पत्र](https://snowberry.prixacdn.net/media/gallery_folder/RAmji_timsina_NakqPWGGau_n11co2cxaclmcfsjuzk2r6eznbz74cfkve4ueqepqbxbaohso3ep0r6zrpxv_w9tPVHWDll_qiwmfcunwvtekghd8pgwyl6e6u6vzxif5uexcbnoxos3cnk9fck3m1lxhuju.jpg)
इटहरीका समालोचक डा. रामजी तिम्सिना बेपत्ता : भेटियाे ‘जलसमाधि लिदैँछु, अलब…
![इटहरी उपमहानगरको ‘उज्यालो इटहरी ’ अभियान सुरु](https://snowberry.prixacdn.net/media/gallery_folder/Itahari-nagar_hyCoH1VxOV_cl0ld2pzgkjtd9bh8vmhcmh3xcsl48hdpaeffcdhzrwv8qhhdjqwk2qhp5wc_oBEj7b2a0f_n7sbrhp4rs2mlrdwiazmmx0rxpk557gjkt4xxnedivyj5pu2wvw83omfus1p_Br3bFDAMrr_0xohiljxbendrhb4u3gkrtkwhq6qw0advduilnqfnv0boze0q8pfh9lwhl0a_hbEPMnFYyY_inaao8wrrqdbn7bkfrzjkpkb1plnat7r6u5xb7djiudnd7xdxktbwivpvmnm_Lv8YN41DHf_rdslsj3osf4kedrbfrukgc4pprk9kwn3gkj7pqctigrcas0jljvkplejjdzu_9XXjqNboq5_5x20ngvkardxog3bypeggwy8oooonksaggvtxlq7c9wa4wblp4bgjfsw4agk_mBVFb0LuIE_hlf9o9jwoh88tiecej0gfpat54qcfen4n3iw88ya43brhz7mgis62ijm3qro_hKGWVCtNFw_kurvjg82rem70k5tdpczyjhmmg0uy2xuxhehkupnn0htmwxgx7m6uasylozr_jYJlDQSMNq_ur3o1abm1suv8qhthhkpycgmttxlelbmadnuvo3kiiysxhrloessdhflfcda_lFbLWVm7wj_hw14ngxve6ipwernxx7izfgydidybqf3u7gxojicr8gph1kupqpgecluffvr_26uPQuBihQ_yp1z8launyv85kpoto2aic4newirii7njkdckpypupkjmbm9loyqdrlbmqla_II7ZSeAIdL_l2jgx7y9ylgtfnycdsis2qslaifb58mvjkpdkyqlr5peze0pm03ccoifzy9q_dNU6V9HoNO_pqpxhrl7ztu6ugrez04b0ibexctylwsvmraey5foyzw2sy6lo5adlrraqtb1.jpg)
इटहरी उपमहानगरको ‘उज्यालो इटहरी ’ अभियान सुरु
इटहरीमा एमालेले गर्याे कार्यपालिका बैठक बाहिस्कार : उपभोक्ताले करौडौ भुक्तानी…
![इटहरीको खेती खोलाका दुई सय ४८ घर भत्किने : ५० वर्षको पानीको बहाब अध्ययन गर्दै उपमहानगर](https://snowberry.prixacdn.net/media/gallery_folder/khetikhola-1-750x375_XmhnK5bDel_muv22fisukjwnmjdoyjgrec4upqft1gsyby2dyilvaqevvbo47kn6rjdntow_4VVH96WKFX_ia8gxgmnhvunwuyqvl4tekf6abbjj1oru0sppyui5ajgcdqozxanxunehxvv.jpg)
इटहरीको खेती खोलाका दुई सय ४८ घर भत्किने : ५० वर्षको पानीको बहाब अध्ययन गर्द…
![वडाध्यक्ष दिवश पाेख्रेलकाे दुइ वर्ष : मुख्य चाैककाे शाैन्दर्यता फेर्ने देखि ,ड्रेन निर्माण सम्म](https://snowberry.prixacdn.net/media/gallery_folder/dren_8lE2tuVc2S_pttevknddgl6plk1eczsujvbohvzmsfrmjuygl8dtowlcqlsefskity15zul_79jh2Q0gxX_hssfudqwuwsxeut3rkkrenwduivvyhaooxazlmthoxels0lqcvb2wqrnxfud.jpeg)
वडाध्यक्ष दिवश पाेख्रेलकाे दुइ वर्ष : मुख्य चाैककाे शाैन्दर्यता फेर्ने देखि ,ड्रे…
![बजारको फोहर नउठाएपछि नगरपालिकाको मूलगेटमा फोहर](https://snowberry.prixacdn.net/media/gallery_folder/fohor.png_2n0IYJiIh4_ljuz3u1cposmdhvadi9kz4kqofg8bedqi6zdfqlpvvq9ir7u0rlhluuwl9db_wKO7FRnIe5_d9yjyc6npnqfcuewqc9fd3ixch2mvpea6nzvcmgqcb0msnckcnoraqkyt49t.png)
बजारको फोहर नउठाएपछि नगरपालिकाको मूलगेटमा फोहर
![गाउँ गाउँमा सडक र सिचाई पुर्याउन काम गर्दै छु : अध्यक्ष तेजनारायण चौधरी](https://snowberry.prixacdn.net/media/gallery_folder/itahari16_gYvIy6pwqP_3zymxohur3ocdigerx8exr7ndvy0ocquiix3eu1ibnrfwiiysjfkhjhpxx33_iiEWNep37W_qfxi5d0sfva0qahyclifcvtemjtjqk7onxebtiq7u3xawhacmdv7lq5ic0am.jpg)
गाउँ गाउँमा सडक र सिचाई पुर्याउन काम गर्दै छु : अध्यक्ष तेजनारायण चौधरी
![अत्यधिक गर्मी बढेपछि इटहरीमा दुई दिन विद्यालय बन्द](https://snowberry.prixacdn.net/media/gallery_folder/iii_k7SUFLVvMO_41kkotufdmz9dnmnlsxy12bpw835s5jucjadxr5dulx7mpqfdehbhzfqol8v_dkcyf9ueKq_tl9l1g8xkrdxcq7pakvmfvclyp4kibc52khvqzu9dalmhuv6rgrai4zg3cru.jpg)
प्रतिक्रिया