चैत्र मसान्तसम्म ३२ प्रतिशत पुँजीगत खर्च
![](https://snowberry.prixacdn.net/media/gallery_folder/Finance-Ministry.jpg-1_Pa090Gabwj_jcbtt2nmgvisovkuadr2vztg6qupzodizk3xxtaiulyadhizlsrcdw8cp0zg_3XXi5Kh634_pdm3icisvqdyl0jpb6iexmirogn5rthwwpyninxdko9zliosmt4iveoduant.jpg)
काठमाडौँ । चालु आर्थिक वर्ष २०८०/८१ को चैत्र मसान्त (तेस्रो त्रैमासिक) सम्ममा ३२ प्रतिशत मात्र पुँजीगत खर्च भएको छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार चैत मसान्तसम्ममा ३२.२४ प्रतिशतमात्रै पुँजीगत खर्च भएको हो । चालु आवका लागि पुँजीगत शीर्षकमा ३ खर्ब २ अर्ब ७ करोड ४४ विनियोजन भएकामा चैत मसान्तसम्मको ९ महिनामा ९७ अर्ब ३७ करोड ७४ लाख बराबर खर्च भएको महालेखाले जनाएको छ ।
चालु आवका लागि सरकारले कुल १७ खर्ब ५१ अर्ब ३१ करोड २१ लाख बराबरको बजेट विनियोजन गरेको थियो । हालसम्मको कुल बजेट खर्च वार्षिक विनियोजनको ५१ दशमलव ९३ प्रतिशत अर्थात् ९ खर्ब ९ अर्ब ३९ करोड १४ लाख बराबर रहेको छ । चालुगत शीर्षकमा ११ खर्ब ४१ अर्ब ७८ करोड ४१ लाख बराबर विनियोजन भएकामा हालसम्म ५६.४१ प्रतिशत अर्थात् ६ खर्ब ४४ अर्ब दुई करोड ५४ लाख बराबर खर्च भएको छ ।
त्यसैगरी वित्तीय व्यवस्था शीर्षकका ३ खर्ब ७ अर्ब ४५ करोड ३६ लाख बराबर विनियोजन भएकामा ५४.६४ अर्थात् एक खर्ब ६७ अर्ब ९८ करोड ८६ लाख खर्च भएको महालेखा नियन्त्रकको कार्यालयले जनाएको छ । बजेट खर्चमा मात्र नभई राजस्व सङ्कलनको अवस्था पनि कमजोर देखिएको छ । चालु आवका लागि कुल १४ खर्ब ७२ अर्ब ४८ करोड ४७ लाख बराबर राजस्व सङ्कलन गर्ने सरकारी लक्ष्य छ ।
चैत मसान्तसम्ममा वार्षिक लक्ष्यको ५२.५ प्रतिशत अर्थात् ७ खर्ब ७३ अर्ब ३ करोड ६६ लाखमात्र राजश्व उठेको छ । जसमध्ये कर राजस्वतर्फ वार्षिक लक्ष्यको ५१.४१ प्रतिशत अर्थात् ६ खर्ब ७१ अर्ब ११ करोड ५६ लाख र गैरकरतर्फ ६५.७१ प्रतिशत अर्थात् ७६ अर्ब ९२ करोड ५६ लाख बराबर सङ्कलन भएको महालेखाले जनाएको छ । चालु आवका लागि सरकारले ४९ अर्ब ९४ करोड ३० लाख बराबरको वैदेशिक अनुदान लिने लक्ष्य राखेकामा हालसम्म लक्ष्यको पाँच दशमलव ५२ प्रतिशत अर्थात् २ अर्ब ७५ करोड ८० लाख बराबर अनुदान लिइएको छ ।
![निर्माण व्यवसायी मैत्री आयो मौद्रिक नीति, के के व्यवस्था गरियो ?](https://snowberry.prixacdn.net/media/gallery_folder/NRB_2.jpg-1_aTIZyKloOH_xuliytpbuoirzf5z5gde87sniuqia0dpnzy6ixmkiupuumy1w9a5jcrlvzss_vinG8N9nX1_x0anko2osdbc9td4zzxcoc0sassfjfjegai4urcgox9xpttljdc4u26uktaj.jpg)
निर्माण व्यवसायी मैत्री आयो मौद्रिक नीति, के के व्यवस्था गरियो ?
![मौद्रिक नीति सार्बजनिक (पूर्णपाठ)](https://snowberry.prixacdn.net/media/gallery_folder/NRB_2.jpg-1_1c8eA4N1Kg_jia4m48pdxlutnbkgza7lsb8r8gnzftkiujdljmb1sqv6guan113ao2jkf45_RM1DymNudX_cnrxlf9d58qwsziawlenwx5lcbt1au6o2elpmmoucmflturcojvic66h4ugc.jpg)
मौद्रिक नीति सार्बजनिक (पूर्णपाठ)
![अमेरिकी डलरकाे भाउ घट्याे, कुन मुद्रा कतिमा हुँदैछ काराेबार](https://snowberry.prixacdn.net/media/gallery_folder/dollar_kgt0bwiVIS_2tfff1riea9w1psfcm2v71z50y26qz7zuf8zciyet3uqxo77im9kzia5fo9s_O3eP0kEeR5_epvh8xm9ks3lymn41cf4mqzpwtayqn2ez9rzol0oo35eb5vlvigikrhnmjxm.jpg)
अमेरिकी डलरकाे भाउ घट्याे, कुन मुद्रा कतिमा हुँदैछ काराेबार
![सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ?](https://snowberry.prixacdn.net/media/gallery_folder/gold-silver_2-1_erqr9TPOIj_p444wxcjtxifgss3otuzaaf1arq9ykvl9ze1hvx764edkpg5hvnoryrq2uwq_5Oi6lNsiDg_rsdmky5ie65llgilrakosstvjwe1tqo9pgvnplej4rceel4wtyaf9qnqscti.jpg)
सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ?
![मौद्रिक नीति आज आउँदै , यी विषयलाइ राखियाे प्राथमिकतामा ?](https://snowberry.prixacdn.net/media/gallery_folder/mahaprasad_adhik_GnTvQMMJm8_a0yohigchc1dt5oivudmewlssavsn3dbwdq3bb6wc8od0dikbjqkc5mc39bu_AWCha1yDkG_ad8yhwchjwhqwbfpoaemts7qljh1bf0mkrcwggfq0cyby5xwvadnyrhrddqg.jpg)
मौद्रिक नीति आज आउँदै , यी विषयलाइ राखियाे प्राथमिकतामा ?
![नेप्से ३२ अंकले बढ्यो](https://snowberry.prixacdn.net/media/gallery_folder/nepse_badyo_zkuMLfGFnv_Xhj8QZHLii_q8ipwdwsukq0s0fhylzu9gk7nnniehsfgyrpzazkotoj686kkajd6tycil2x_pWqlPT2vuG_ousoj3hmpv7v2hdbx5jqbkedl9hdw3jgo09luzxo3mezkwnlxr3w9wlvuq20.jpg)
नेप्से ३२ अंकले बढ्यो
![ग्लोबल आइएमई बैंकको सिईओ बने सुरेन्द्रराज रेग्मी](https://snowberry.prixacdn.net/media/gallery_folder/c902df33-f977-4883-a353-7c087d5d1b6b_kHXjFllFga_ulzjluu3awkwnkx0aevzf7cqvg2eqmhyodsj7knuyst7z2oqdvguw5b8h9sp_NHd3yq0WrD_xngedijn1m7ydvexowcnt5gmei4w6q3n1ttu2wdssqm0nvjub5e4qjzdmblc.jpeg)
ग्लोबल आइएमई बैंकको सिईओ बने सुरेन्द्रराज रेग्मी
![एकै दिन २४ सय रुपैयाँले घट्यो सुनको मूल्य, चाँदी पनि सस्तियो](https://snowberry.prixacdn.net/media/gallery_folder/gold-new_YQTg8owAO3_nwv9xhgap7tngwiu0sh1kq70qwhmau7fbazp10fhhpl0fsbanrcu7ouecvep_pHKi09tpfi_tjyos1j55qm7qwteabxt3sebh2k41r9bmwcq1dlaeuz9i7erfarzzyvllptv_7ugBVHVFSZ_ygl5vi9fodbwyibc7i9sdydhe2gs88p0bwa3lw4syxxey7jivayzrjci4k2b_3QYpoIaz9Q_ymepeolznznmadrhaxwaebugtjs9xfn39mezjwcbpoif3lzvz8tqj7ntawob_UKovtAavvb_2lndajzgm48advd6g4irt2apyydks4ae1rjw5xjrntvcmj0tzo2zsl5t8lrp_BcPmPHROM8_11z9inki5sbtzfrmyzk8jiwkiiaihvaosvpq5otexbhlsb04xwz6lxka5hvh.jpeg)
प्रतिक्रिया