न्यूक्यासलसँग टोटनह्यामको लज्जास्पद हार

काठमाडौँ । इङलिश प्रिमियर लिग अन्तर्गत न्यूक्यासल युनाईटेडले टोटनह्यामलाई फराकिलो अन्तरले पराजित गरेको छ ।न्यूक्यासलले टोटनह्यामलाई ४-० गोल अन्तरले पराजित गरेको हो ।

न्यूक्यासलको जितमा अलेक्जाण्डर इसकले २ गोल गरेका थिए भने एन्थोनी गोर्डन र फाबियन चारले एक एक गोल गरेका थिए । यो जितपछि न्यूक्यसल युनाइटेडको ३२ खेलमा ५० अंक भएको छ र लिगमा छैटौं स्थानमा उक्लिएको छ । त्यसैगरी टोटनह्यामको ३२ खेलमा ६० अंक छ र लिगमा पाँचौं स्थानमा रहेको छ ।
 

प्रतिक्रिया

सम्बन्धित