अचानक बिरामी भएपछि प्रदीप नेपाल अस्पताल भर्ना

काठमाडाैं ।  एमाले नेता तथा पूर्वमन्त्री प्रदीप नेपाल अस्पताल भर्ना भएका छन्। शुक्रबार भक्तपुरमा आयोजित एक साहित्यिक कार्यक्रममा सहभागी भएका उनी अचानक बिरामी भएपछि अस्पताल भर्ना गरिएको हो। 

पारिवारिक स्रोतका अनुसार उनलाई थापाथलीस्थित नर्भिक अस्पताल भर्ना गरिएको हो। हाल उनको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ। साहित्यकारसमेत रहेका नेता नेपाल लामो समयदेखि पार्किन्सन रोगबाट पीडित छन्।

प्रतिक्रिया

सम्बन्धित