मध्य तमोरको बिजुली कोशी करिडोरमा जोडियो
ताप्लेजुङ । ७३ मेगावाट क्षमताको मध्य तमोर जलविद्युत् आयोजनाबाट उत्पादन भएको बिजुली कोशी करिडोर प्रसारण लाइनमा जोडिएको छ । नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङको उपस्थितिमा शुक्रबार आयोजनाबाट उत्पादित विद्युत् कोशी करिडोर प्रसारण लाइनमा सफलतापूर्वक प्रवाह गरिएको हो ।
सानिमा मिडिल तमोर हाईड्रोपावर लिमिटेडद्वारा निर्मित आयोजनाले अबका १५ दिन परीक्षण उत्पादन र त्यसपछि व्यावसायिक उत्पादन गर्ने जनाएको छ । आयोजनाका प्रबन्धक मणिराज पोखरेलका अनुसार आयोजनाका चारवटा टर्बाइनमध्ये एउटाबाट उत्पादित विद्युत् तेह्रथुमको वसन्तपुरस्थित कोशी करिडोरको प्रसारण लाइनमा जोडिएको हो ।
अब केही दिनमै पूर्णरुपले मध्य तमोर जलविद्युत् आयोजनाद्वारा उत्पादित विद्युत् राष्ट्रिय प्रसारण लाइनमा समाहित हुने प्रबन्धक पोखरेलले बताए । प्रबन्ध निर्देशक घिसिङले योसँगै देशमा विद्युत् जडित क्षमता तीन हजार तीन सय मेगावाट पुगेको बताउँदै यसले विद्युत् आपूर्तिमा ठूलो राहत पुग्ने बताए । देशको अर्थतन्त्रको मेरुदण्ड भनेकै जलविद्युत् हो भन्दै उनले विद्युत् आयोजनामा सबैले सहयोग गर्नुपर्नेमा जोड दिए ।
आयोजनाबाट सुक्खा याममा २५ देखि ३० मेगावाटसम्म विद्युत् उत्पादन हुने बताइएको छ । फुङलिङ नगरपालिकास्थित फुरुम्बूको मित्लुङ नजिक ५० मिटर लामो र ११ अग्लो बाँध निर्माण गरी तीन हजार चार सय मिटर लामो सुरुङबाट खोक्लिङको थुम्बाबेँसीमा निर्मित विद्युत्गृहमा जल प्रवाह गरेर बिजुली निकालिएको हो । हास्य कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यसहित नेपाल विद्युत् प्राधिकरणको टोली परीक्षण प्रसारण अवलोकनका लागि यहाँ आएको थियो ।
![विपद्मा परी हालसम्म १३४ जनाको मृत्यु, १ सय ४८ जना घाइते](https://snowberry.prixacdn.net/media/gallery_folder/badhi-1_2bgRpbmYg5_ngo05ybuivakrmwh1tb7vtdvcdj3cfzghtccbjmdsohi2yqepqxbzm1bxxxv_26eC0AWaHL_sovxdlpjdxtmzlt2xxqcee2ptnxoxinwvbg50gsowblwxfa1xn7bnnnixvhu.jpg)
विपद्मा परी हालसम्म १३४ जनाको मृत्यु, १ सय ४८ जना घाइते
![वर्षाले पहिरो जाँदा धरान–धनकुटा सडक अवरुद्ध](https://snowberry.prixacdn.net/media/gallery_folder/Karnali-b_IX7op7bpG1_o4r5lyufc7d6t9pfjgfg7p0opl2hoqwlyifahclwm1ikjpvrvmdloflqmys6_bclncLGY38_koybpmwxtroxdja67tbc1raolvjnftzfwfrdcc7yidpnmwnzzuxopthwkbde.jpg)
वर्षाले पहिरो जाँदा धरान–धनकुटा सडक अवरुद्ध
![आजकाे माैसम : काेशीका बिभिन्न जिल्लामा बिहानै देखि हल्का देखि मध्यम वर्षा , अन्य प्रदेशमा के छ अवस्था ?](https://snowberry.prixacdn.net/media/gallery_folder/duban-kailali-bhajani_lF17G04QKz_omvhi5jjmaayftt0092bfpuke1mnhshrgi5icxa1v8fyzbbsiqaqt3q48blk_YLydShNfsa_ebqtqtbqjbqppkq38o5wseceot6w4q7xd57z02ynmon5zhs8uq8gmimfqouy.jpg)
आजकाे माैसम : काेशीका बिभिन्न जिल्लामा बिहानै देखि हल्का देखि मध्यम वर्षा , अ…
![महिलाहरुलाई यौन व्यवसाय लगाउने झापाकी सन्ध्या प्रहरी नियन्त्रणमा](https://snowberry.prixacdn.net/media/gallery_folder/sandhyaa_knhl82qiAP_8qlwixl3mszf3atxcc2hp7yj2tsq5hyr6vatoblntdblxc3zf09qtertgtaj_4jSJkaPo3l_flig8qroc1exxgqspxswhbciryo5x71ptm5nrzqqotjccxcc2bwf0nbqoleu.png)
महिलाहरुलाई यौन व्यवसाय लगाउने झापाकी सन्ध्या प्रहरी नियन्त्रणमा
![अरुण र तमोर नदीको बाढीले सतर्कता तह नाघ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन सुझाव](https://snowberry.prixacdn.net/media/gallery_folder/Tamor-flood__u8vF85asIv_es5ioylc9gyswyc0bafz86kth3zqkndklarutypok7a36uojsxnvnniqmjpt_mw2JGGjUaO_q2qomzxtox6xpn60wkasp9mqwohheh0hzc46vflfgd54ihsstxx5bvw9jzh8.jpg)
अरुण र तमोर नदीको बाढीले सतर्कता तह नाघ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन…
![बाढी–पहिरोले काेशी राजमार्ग सहित देशभरका ३६ सडक पूर्णरुपमा अवरुद्ध , कहा कहा छ अवरूद्ध ?](https://snowberry.prixacdn.net/media/gallery_folder/road_ol2fs7PamI_eam9la8i104v9f2uwis6nx5zgldztmylbqh4wnncxbmvazmp7tvt1frk9pmz_3gW4mUF6Ih_b28ekmbkctulx4xlilhlmmpfdfujqy2ny9chk8hppwv7r4fcs9kdknvl9qqm.jpg)
बाढी–पहिरोले काेशी राजमार्ग सहित देशभरका ३६ सडक पूर्णरुपमा अवरुद्ध , कहा कह…
![खसी, बोका बिकेनन् : धरान कृिष बजार ल्याउनुस ....](https://snowberry.prixacdn.net/media/gallery_folder/dharan_jlt06Dujwv_gdb9oy1tyddloyczcamwrdroyi6tydqwzhbhcgcjfpvd2r51vnsygguqml0e_qFdmSBHJwG_4q1163qn4ma1sfay5qx2qnhmststaox4qcwvnnkpdepdilbdyx4bfeovwhoy.jpg)
प्रतिक्रिया