नेपाल प्रहरीको सकृियता : हराएका ६ हजार ४२ जना मानिस फेला
![](https://snowberry.prixacdn.net/media/gallery_folder/%25E0%25A4%2589%25E0%25A4%25AF%25E0%25A4%25BF%25E0%25A4%25B7%25E0%25A4%2585%25E0%25A4%25AD%25E0%25A4%25AF%25E0%25A4%25BE%25E0%25A4%25BE%25E0%25A4%25B7%25E0%25A4%2585%25E0%25A4%25AD_B31a33nqVH_djavouvqc4zunf4myotepjqjazyqj5tgtwla2t86ijapwyuuq7fiihx39yys_K5cJ4PDKwt_zk4stzzv598ynt9uwxxywre7gxfm7odb8p1qivxu8gbxnyqzhlc0uwv4w0bj.jpg)
काठमाडौं । बालक हुन वा वृद्ध कुनैपनि मानिस अचानक हराए भने त्यसको पीडा खप्न कसलाई पो सहज होला र ! तै पनि विभिन्न परिस्थितिका कारण वा जान अन्जानमा मानिसहरू हराउने गरेका छन् । घरपरिवारबाट अचानक सम्पर्कवीहिन हुने गरेका छन् । जसको कारण घरपरिवारका सदस्य, इस्टमित्र सबै त्यसको पीडा सहन बाध्य छन् ।
आफ्ना प्यारा सदस्य हराएको पीडाको खबर सुन्दा सबैलाई दुःख लाग्छ । यही दुखद पीडापछि मानिसहरू प्रहरीलाई सम्झछन् र खोजीका लागि अनुरोध गर्दछन् । यसरी सूचना प्राप्त हुनासाथ खोजी गर्ने क्रममा हराएका मध्ये सिन्धुपाल्चोकका ८ वर्षीय बालकलाई काठमाडौं ढुंगेअड्डामा प्रहरीले फेला पा¥यो ।
उनलाई भ्वाइस अफ चिल्ड्रेन ललितपुरमा संरक्षणका लागि पठाइयो । यसैगरी धनुषाकी १४ वर्षीया बालिका कोही कसैलाई जानकारी नगराई घरबाट गत कात्तिक ८ गते हराई बेपत्ता भएको खबर प्राप्त भयो ।
तत्काल खटिएको प्रहरीले हुलियाका आधारमा खोजी गर्दा जनकपुरधाममा फेला पारी उनकी आमालाई जिम्मा लगायो । यसैगरी धनुषाकै २१ वर्षीया किशोरी जानकारी बिना नै गत फागुन २ गते हराई बेपत्ता भइन् । प्रहरीले खोजी गर्ने क्रममा क्षिरेश्वरनाथमा फेला पार्न सफल भयो ।
उल्लेखित मानिसहरू बाहेक यसरी खोजी गर्ने क्रममा अन्यलाई समेत प्रहरीले फेला पारेको छ । प्रहरी खोजी तथा उद्दारमा जुट्ने क्रममा चालू आर्थिक वर्ष २०८०÷०८१ को साउनदेखि हालसम्मको अवधिमा ६ हजार ४२ जना हराएका मानिस फेला परेका छन् ।
ती मध्ये १ हजार १७९ जना पुरूष, २ हजार ४३९ जना महिला, ७२७ जना बालक, १ हजार ६ सय जना बालिका र ९७ जना जेष्ठ नागरिक रहेका छन् । फेला परेका मानिसहरू मध्ये काठमाडौं उपत्यकाबाट १ हजार २७२ जना, कोशी प्रदेशबाट १ हजार २५४ जना, मधेस प्रदेशबाट ५५३ जना, बागमती प्रदेशबाट ६२४ जना, गण्डकी प्रदेशबाट ८३३ जना, लुम्बिनी प्रदेशबाट ७३४ जना, कर्णाली प्रदेशबाट ३०९ जना र सुदूरपश्चिम प्रदेशबाट ४६३ जना रहेका छन् । सो अवधिमा १० हजार ४९ जना मानिस हराएका थिए ।
हराएका मध्ये ३ हजार ३७९ जना पुरूष र ६ हजार ६७० जना महिला रहेका छन् । हराएका मानिसहरूको खोजी तथा उद्दारपछि परिवारसँग पुनर्मिलन गराउने गरिएको छ । पहिचान खुल्न नसकेका बालबालिकालाई संरक्षण गृहहरूमा संरक्षणका लागि जिम्मा लगाउने गरिएको छ ।
मानिस हराएपछि थपिएका पीडा हटाउन प्रहरी सदैव सक्रिय रहँदै आएको छ । खोजी तथा उद्दारका लागि प्रहरीले विभिन्न सरोकारवाला निकायहरूसँगको समन्वयमा काम गर्ने गरेको छ । खोजी सम्बन्धमा नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक भिम प्रसाद ढकाल भन्छन,‘अन्जान वा लापरवाहीले अप्ठ्यारोमा परेकाको खोजी तथा उद्दार गर्नु मानवीय कार्य हो । नागरिकको जीवन रक्षाको काम गर्ने प्रहरी संगठनले दुःखमा परेका नागरिकको पीडा घटाउन खोजी कार्यमा सक्रियता र तिब्रता अपनाएको छ । खोजी मात्रै होइन मानिस के कारण हराउँछन् ? यस्तो अवस्था आउँन नदिन सचेतना फैलाउने, सम्झाउने र पुनःघटना दोहोरिन नदिन वातावरण सिर्जना गर्न पनि प्रहरीको पहल रहने छ ।’
हराएका मानिसहरूको विवरण राख्न नेपाल प्रहरीले वेबसाइटको व्यवस्था गरेको छ । प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले उक्त वेबसाइटको गत भदौ १७ गते उद्घाटन गरेका थिए ।
तत्पश्चात वेबसाइटमा विवरण राख्न र हराएका व्यक्ति सनाखत गर्न सहज भएको छ । सरोकारवाला सबैले एकै स्थानबाट सूचना पाएपछि खोजीमा सक्रियता अपनाउन, पहिचान गर्न र उद्दार गर्न सजिलो भएको छ ।
आर्थिक वर्ष २०७१÷०७२ देखि हालसम्म ३६ हजार ९८५ जना हराएका मानिस फेला परेका छन् । ती मध्ये ११ हजार ३५९ जना पुरूष र २५ हजार ६२६ जना महिला रहेका छन् । सो अवधिमा ९३ हजार ६९१ जना मानिस हराएका थिए । हराएका मध्ये २८ हजार ६९० जना पुरूष र ६५ हजार १ जना महिला रहेका छन् । तथ्याङ्क विश्लेषण गर्दा सबै भन्दा महिला हराउने गरेको देखिन्छ ।
हराएका व्यक्ति खोजी गर्न नेपालभर नेपाल प्रहरीका सबै युनिटहरू सक्रिय छन् । जंगलमा हराएकालाई साइरन बजाउँदै र ठूलो स्वरमा कराउन लगाउँदै खोजी गर्ने गरिएको छ । भौगोलिक अवस्था र परिस्थिति अनुसारको खोज तरिका अपनाउने गरिएको छ । लोकेशन थाहा पाउन प्रविधिको प्रयोग र अन्य विभिन्न तरिका अवलम्बन गर्ने गरिन्छ ।
खतराको अवस्थालाई आँकलन गरी सुरक्षा अपनाउने गरिएको छ । आफू जोगिएर खोजी तथा उद्दार गर्न प्रहरी सचेत छ । खोजी तथा उद्दार सम्बन्धमा जिल्ला प्रहरी कार्यालय धनुषाका प्रमुख प्रहरी उपरीक्षक भुवनेश्वर तिवारी भन्छन् ‘हराएका मानिसहरू खोजी गर्न प्रहरी गस्ती बढाइएको छ । सूचना संकलन, प्रविधिको प्रयोग, सशक्त रूपमा प्रहरी परिचालन, सम्बन्धित प्रहरी कार्यालय तथा सरोकारवाला निकायसँग समन्वय लगायतका गतिविधि गरी सक्रिय रूपमा खोजी गर्ने गरिएको छ । प्रहरी र आफन्तको संयुक्त प्रयासबाट समेत तदारूकताका साथ खोजी हुने र हराएका मानिस फेला पर्ने गरेका छन् ।’
![चीनबाट ६५ अर्बका सामान आयात हुँदा नेपालबाट करिब २ अर्बको निर्यात](https://snowberry.prixacdn.net/media/gallery_folder/rasuwagadi_dqJygGI8Bk_sj6xddosbgzr406ydegg4er6faw0yynpwioe1spfdveex7yvn7abrzsuqj66_tqkgXw0Drk_tuc4b35yb1h0sitaxbutspyke0xj1uinzlvnqwscaiby9aunazkgigfrh4ut.jpg)
चीनबाट ६५ अर्बका सामान आयात हुँदा नेपालबाट करिब २ अर्बको निर्यात
![दूध दिउञ्जेल गोठमा, छाडेपछि सडकमा ?](https://snowberry.prixacdn.net/media/gallery_folder/cow_SOC0wtad0E_oikwqmycatbke8ezoenrt1ixoclqmrmvhf5ufwrsvyumg1spu4gf7mmkukag_kchIIbgQW1_20hbc0ef7vse8ud2jo7jvsdeube3f6ghxgasyotrksmedgdunzo4fft2whbg.jpg)
दूध दिउञ्जेल गोठमा, छाडेपछि सडकमा ?
![मनाङबाट ३२ किलो यार्सागुम्बा निकासी](https://snowberry.prixacdn.net/media/gallery_folder/yarsha_UB7go46cQT_i3ij1jargtjnxuoeagvl0tmqugfol81x349jirbsccalfvcieeluekkypc8x_motDlvhxDZ_zurliyjrfc4m5hzxqialu8gp8wo27npvlqz3esf7v8g7vwq7wd71avk8toj7.jpg)
मनाङबाट ३२ किलो यार्सागुम्बा निकासी
![राज्यमन्त्रीका लागि अरुण चौधरीको नाम सिफारिस](https://snowberry.prixacdn.net/media/gallery_folder/naupa_M62kYiKcpz_cyxyems58qevat0thtscq0qkhypiawgqq4vx613bexgasbnrsrz2bp8xyyg6_TYhnRMOvBZ_nyfhfc8gikipppwwxunmperx4kpmrpwl1iybnhd4a2kzemzxbgtb5m06ucra.jpg)
राज्यमन्त्रीका लागि अरुण चौधरीको नाम सिफारिस
![आइतबार उपत्यकाका सबै पालिका र मातहतका निकायमा सार्वजनिक बिदा](https://snowberry.prixacdn.net/media/gallery_folder/sarbajanik-bid_Jnj4IA9c6Q_v5vjp4lduhr2ehkcpgmpukdli7zcmtzicon4imwmmsycwema1qvnag3pzohz_rEgnrV2QPP_cxcxw5oi9kbpgb6gmg6w4wxuxt2pwsnnvqc0al8eixjlzdehdsyfw83w2rhk.jpg)
आइतबार उपत्यकाका सबै पालिका र मातहतका निकायमा सार्वजनिक बिदा
![शव जिम्मा लगाउन थालियो, आफन्त भने असन्तुष्ट](https://snowberry.prixacdn.net/media/gallery_folder/sab-teachin_m0uHHMdcGa_tk60jubqhiprjq4ixhzbazvh1gq3if8ycoojieqoidq0sxwyy5hhktatyict_tCvCAxo8j7_oqj65i8fwkbjtbmmzwvyt2m3iaf46ght44ciidmqthp80cvvexnztg6mnkkv.jpg)
शव जिम्मा लगाउन थालियो, आफन्त भने असन्तुष्ट
![बैदेशिक रोजगारीमा जानेलाई बिना धितो ऋण लगानी गर्दै राष्ट्र बैंक](https://snowberry.prixacdn.net/media/gallery_folder/Airport_A30nrFM2GN_0bshfyirovyhaqyvj072mseqg99yiflohyy9t4et13uzsgwjumtnjy1a4ndr_4VcNYN7BQM_wlkpnflczriydzat5yvp0f1ngauvga3rops88y4eg4djces2usk681orqxmx.jpeg)
बैदेशिक रोजगारीमा जानेलाई बिना धितो ऋण लगानी गर्दै राष्ट्र बैंक
![भारतमा बन्धक बनाइएका २८ मजदुरको उद्धार, प्रधानमन्त्री ओलीले दिए सचिवलाई धन्यवाद](https://snowberry.prixacdn.net/media/gallery_folder/452941124_1040046644147703_7262376238960644297_n.jpg_5ADdb6Ssyr_exyssb3ihcpdvh3vqv2l21cqkoz9lg99sqxngvto0xae0ncbzdkpmggnwav3_rFPCbdpJx9_pcx8fuw0lqzxwnjymiuf1bpqjp8uj2jb12rgpfheuwpnntizyrpkoja21okw.jpg)
प्रतिक्रिया