एससीसी प्रियिमर कप क्रिकेटमा नेपालको विजयी सुरुआत, मलेसियालाई पाँच विकेटले हरायो
![](https://snowberry.prixacdn.net/media/gallery_folder/nepal-_3lWx3dnAb1_kxwa1hos0ytie1ciqb5k40lutgbagji8nfzs3vdws4ygjocdncntg8lwlmr3_9Jxk8PoY6b_ucyhyfy5lbp5fg78vv6keqdywcoxmhui4hjvqcm0ttg9pru9axdks1ssunc4.jpg)
काठमाडौँ । ओमानमा जारी एसीसी पुरुष प्रिमियर कप क्रिकेट प्रतियोगितामा नेपालले विजयी सुरुआत गरेको छ । नेपालले शुक्रबार खेलिएको आफ्नो पहिलो खेलमा मलेसियालाई पाँच विकेटले हराएको हो । नेपाल प्रतियोगिताको साविक विजेता पनि हो । टस जिती पहिले ब्याटिङको निर्णय लिएको मलेसियाले निर्धारित ओभरमा तीन विकेट गुमाएर एक सय ४३ रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको नेपालले १९.२ ओभरमा पाँच विकेट गुमाएर विजयलक्ष्य पुरा गरेको हो ।
नेपालको जितमा ओपनर आसिफ शेखले ३२ रनको योगदान गरे । उनले ३५ बलमा चार चौका प्रहार गरे । कप्तान रोहित पौडेलले पनि २८ रन बनाए । उनले २४ बलमा एक छक्का प्रहार गरे । ओपनर कुशल भुर्तेलले २४ रन जोडे । उनले २४ बलमा तीन चौका प्रहार गरे । दीपेन्द्रसिंह ऐरीले पनि टोलीको खातामा २० रन थपे । आक्रामक रुपमा प्रस्तुत भएका दीपेन्द्रले केवल ११ बलमा एक छक्का र दुई चौका प्रहार गरे । गुलसन झाले अविजित १९ रन बनाए । उनले केवल सात बलमा दुई छक्का र एक चौका प्रहार गरे ।
सन्दीप जोरा पनि केवल नौ बलमा अविजित १२ रनको योगदान गरे । कुशल मल्लले पनि सात रन बनाए । नेपालले अतिरिक्त रुपमा केवल दुई रन पाएको थियो । मलेसियाका बलर विरेनदीप सिंहले तीन तथा पवनदीप सिंह र मुहम्मद वाफिकले एक–एक विकेट लिए । पहिले ब्याटिङ गरेको मलेसियाका लागि भने ओपनर ब्याट्सम्यान वीरेनदीप सिंहले अविजित ७२ रनको योगदान गरेका थिए । उनले केवल ५७ बलको सामना गरी चार छक्का र चार चौका पनि हिर्काएका थिए । तेस्रो नम्बरका ब्याट्सम्यान श्रविन मुनियान्डीले पनि टोलीको खातामा ४१ रन थपे ।
श्रविनले केवल ३३ बलको सामना गरी दुई छक्का र तीन चौका हिर्काएका थिए । ओपनर मुहम्मद अमिरले १६ र नजमस सकिबले अविजित तीन रन बनाए । नेपाली टोलीका बलर दीपेन्द्रसिंह ऐरीले दुई र अविनाष बोहराले एक विकेट लिएका थिए । नेपालले पहिलो विकेटका रुपमा ओपनर ब्याट्सम्यान कुशल भुर्तेललाई गुमाएको थियो । कुशल भुर्तेल २४ रन बनाउँदै पेभेलियन फर्किएका थिए । उनले २४ बलको सामना गरी तीन चौका पनि हिर्काएका थिए । उनलाई मलेसियाका बलर पवनदीप सिंहले एलबीडब्लूको धरापमा पारेका थिए । ७.५ ओभरमा कुशल भुर्तेल आउट हुँदा नेपालले ४९ रन बनाएको थियो ।
नेपालले दोस्रो विकेटका रुपमा ओपनर ब्याट्सम्यान आसिफ शेखलाई गुमाएको थियो । विकेटकिपर ब्याट्सम्यान आसिफ शेख ३२ रन बनाउँदै पेभेलियन फर्किएका थिए । उनले ३५ बलको सामना गरी चार चौका पनि हिर्काएका थिए । उनलाई मलेसियाका बलर वीरेनदीप सिंहले विकेटकिपर नजमस सकिबद्वारा स्टम्पिङ गराएका थिए । ११.१ ओभरमा आसिफ शेख आउट हुँदा नेपालले ६४ रन बनाएको थियो ।
नेपालले तेस्रो विकेटका रुपमा कुशल मल्ललाई गुमाएको थियो । चौथो नम्बरमा क्रिज समाल्न आएका कुशल मल्ल ६ बलमा एक चौकाको मद्दतले सात रन बनाउँदै आउट भएका थिए । उनलाई मलेसियाका बलर मुहम्मद वाफिकले परिवर्तित खेलाडी जुबैदीद्वारा क्याच गराएका थिए । १३.२ ओभरमा कुशल मल्ल आउट हुँदा नेपालले ८३ रन बनाएको थियो ।
नेपालले चौथो विकेटका रुपमा कप्तान रोहित पौडेललाई गुमाएको थियो । तेस्रो नम्बरमा क्रिज समाल्न आएका रोहित २८ रन बनाउँदै आउट भएका थिए । रोहितले २४ बलमा एक छक्का पनि हिर्काएका थिए । उनलाई मलेसियाका बलर विरेनदीप सिंहले मुनियान्डीद्वारा क्याच गराएका थिए । १६.१ ओभरमा रोहित आउट हुँदा नेपालले १०७ रन बनाएको थियो ।
त्यसलगत्तै नेपालले पाँचौँ विकेटका रुपमा दीपेन्द्रसिंह ऐरीलाई गुमाएको थियो । पाँचौँ नम्बरमा क्रिज समाल्न आएका दीपेन्द्र २० रन बनाउँदै आउट भएका थिए । उनले केवल ११ बलको सामना गरी एक छक्का र दुई चौका पनि हिर्काएका थिए । उनलाई मलेसियाका बलर विरेनदीपले मुनियान्डीद्वारा क्याच गराएका थिए । १७औँ ओभरको अन्तिम बलमा दीपेन्द्र आउट हुँदा नेपालले ११४ रन बनाएको थियो ।
त्यसअघि पहिले ब्याटिङ गरेको मलेलियाको पहिलो विकेट नेपाली टोलीका बलर दीपेन्द्रसिंह ऐरीले लिएका थिए । दीपेन्द्रले मलेसियाका ओपनर मुहम्मद अमिरलाई १६ रनको ब्यक्तिगत स्कोरमा आउट गराएका थिए । दीपेन्द्रले आफ्नो बलिङमा अमिरको क्याच आफैले लिएका थिए । पेभेलियन फर्किनुअघि अमिरले १८ बलमा तीन चौका पनि हिर्काएका थिए । ५.१ ओभरमा अमिर आउट हुँदा मलेसियाले ३५ रन बनाएको थियो ।
मलेसियाको दोस्रो विकेट अविनाष बोहराले लिएका थिए । उनले मेलियाका तेस्रो नम्बरका ब्याट्सम्यान श्रविन मुनियान्डीलाई बोल्ड गरेका थिए । पेभेलियन फर्किनुअघि श्रविनले ४१ रन बनाएका थिए । उनले केवल ३३ बलको सामना गरी दुई छक्का र तीन चौका पनि हिर्काएका थिए । १६.१ ओभरमा श्रविन आउट हुँदा मलेसियाले एक सय १७ रन बनाइसकेको थियो ।
मलेसियाको तेस्रो विकेट दीपेन्द्रसिंह ऐरीले लिएका थिए । उनले मलेसियाका चौथो नम्बरका ब्याट्सम्यान सइद अजिजलाई कुशल मल्लद्वारा क्याच गराएका थिए । पेभेलियन फर्किनुअघि अजिजले सात बलमा एक चौकाको मद्दतले ६ रन बनाएका थिए । दीपेन्द्रले ब्यक्तिगत रुपमा लिएको यो दोस्रो विकेट थियो । १७.५ ओभरमा अजिज आउट हुँदा मलेसियाले एक सय २६ रन बनाएको थियो । मलेसियाले टस जिती पहिले ब्याटिङको निर्णय लिएको हो ।
वैशाख ९ गतेसम्म सञ्चालन हुने प्रिमियर कपको दोस्रो संस्करणमा १० टोलीको सहभागिता रहेको छ । प्रिमियर कपको पहिलो संस्करणको उपाधि नेपालले जितेको थियो । अघिल्लो वर्ष घरेलु मैदानमा आयोजित प्रिमियर कपको फाइनलमा नेपालले संयुक्त अरब इमिरेट्स (यूएई) लाई सात विकेटले हराएको थियो ।
![भारत महिला एशिया कपको फाइनलमा](https://snowberry.prixacdn.net/media/gallery_folder/India.jpg-20_3vhiAJf8uX_ye0l5iedtnmyy0lsgjbmjfdld4erkuw9s7migwsmetqhtpsaw8rypecqj1xu_gPTDMVXXmq_tlpuo6k5l5cc6cdlpl1h17xge38f64p3yyoeqfdcdkl57grpra1zdq5lqxjt.jpg)
भारत महिला एशिया कपको फाइनलमा
![सन्दीपविरुद्ध मुद्धा अगाडी नबढाउन गौशाला- २६ को निवेदन](https://snowberry.prixacdn.net/media/gallery_folder/sandeep1-760x500_sjMT2QJaQ8_qzu9q0u141atqg3oxawcmx8v0vghqzbifa4f4r7swfrxp3xkmwmjnghf8lgb_fVMs5Z1lIX_jupr9nwvtnx7bzldnufcyciuxnkwpnbjtdmfehn8t2prqeba3c9p8vzvbcgv.jpg)
सन्दीपविरुद्ध मुद्धा अगाडी नबढाउन गौशाला- २६ को निवेदन
![पेरिस ओलम्पिकको उद्घाटन आज](https://snowberry.prixacdn.net/media/gallery_folder/images.jpeg-1_tXCQ6EMfDm_tsrnijceyilvrtg3fgrejeryachuszwsnowgzclpgcqthscshksmwakj7kpr_LTtk6GpwNT_xzgotuvopluaipfqys3jqbvj5cfesqn5kww9y6fipdtqnea0gr19xocez4yt.jpeg)
पेरिस ओलम्पिकको उद्घाटन आज
![सन्दीप सम्मिलित भ्यानकुभर पहिलो खेलमा पराजित](https://snowberry.prixacdn.net/media/gallery_folder/sandeep-lamichhan_BkCJzTwqvp_3gsaaogxsmt5uozw7nixgc8cxynzsfrvn6mlfwdmin5k1izdydwjitsp80n9_FA0kfrwlc5_whbpbks07dyoygz14as2kb6ntbv93kdiwu9vmsuqwsrxbydnptz1cmt022zw.png)
सन्दीप सम्मिलित भ्यानकुभर पहिलो खेलमा पराजित
![आइपिएल फ़्रेन्चाइजीहरुले मेघा अक्सनअघि राखे तीन माग](https://snowberry.prixacdn.net/media/gallery_folder/IPL-.jpg-1_fzZoyHrRc4_bhv0dvqcxukbngy0krnnmeldfqj65xd0wdwf5tqvwz5e3hwv9i2wryidc70r_EeqQt5is28_qv6le0dm9zfxzourpik2rwbby1l5pkyuzwzsxzw2nphbumwozfdohwgvga1j.jpg)
आइपिएल फ़्रेन्चाइजीहरुले मेघा अक्सनअघि राखे तीन माग
![पेरिस ओलम्पिकमा दर्शकले नियन्त्रण गुमाएपछि](https://snowberry.prixacdn.net/media/gallery_folder/Argentina_XTkl9IqavL_ar6c8tge47izpjgfwu2ghtjothayz3ixijdgftiana7tz6vlu5uetydnncgx_N6QP8c6uc6_n467w65fl2vetxfkpuhg5van03v1bfwhfdrjzobot2rqe7tg8icunzctmwfe.png)
पेरिस ओलम्पिकमा दर्शकले नियन्त्रण गुमाएपछि
![फुटबल खेलाडी तथा प्रशिक्षक खड्काको निधन](https://snowberry.prixacdn.net/media/gallery_folder/football_6wDnWTEKyO_8rcsjjdrszwtxgr1n85bch95arhjpqat94k03ska7jwhgqnv4hbfph1udu3q_zSFN9ONKtF_pz6p5znuyzcresuxqjqcwrn9uhz66sj0qz4fgkw8igniqaeua62jynyjg5ul.jpg)
फुटबल खेलाडी तथा प्रशिक्षक खड्काको निधन
![भारतसँग पराजयपछि कप्तान बर्मा- यसपटक धेरै सिक्ने अवसर पायौँ, टोलीको खेलमा गर्व छ](https://snowberry.prixacdn.net/media/gallery_folder/indu-barma_se0y88HyFs_0wenbd66u3t0ia0ig66uryciigzpyrufw21ji1ncdtiz9jb95lzessy10doi_dks8WsgOJ8_a8bpvktqsb4vdbxsgjykoty4enbmd6mjeqjwwh0qxexxw4eiroljvoyiockn.jpg)
प्रतिक्रिया