बिराटनगर महानगरद्वारा कक्षा ८ को परीक्षाफल सार्वजनिक : चार हजार ८ सय २४ विद्यार्थी मध्ये १ हजार २ सय ६४ मात्रै उतिर्ण

विराटनगर । विराटनगर महानगरपालिकाले लिएको कक्षा ८ को परीक्षाफल प्रकाशित भएको छ । 
महानगरस्तरीय परीक्षा चैत २ देखि ९ गतेसम्म सञ्चालन भएको थियो । सो परीक्षामा सामेल भएका ४ हजार ८ सय २४ जनामध्ये १ हजार ४ हजार ६ सय ८७ जना उत्तीर्ण भएका छन् ।

जसमध्ये १ हजार २ सय ६४ जनाले ३ दशमलव ६ देखि ४ जीपीए ल्याएको शैक्षिक प्रशासन महाशाखाका प्रमुखसमेत रहेका परीक्षा संयोजक कृष्ण भट्टराईले जानकारी दिनुभयो ।

परीक्षामा विराटनगरका ३५ सामुदायिक, ७६ संस्थागत र ३ धार्मिकसहित १ सय १४ विद्यालयका ४ हजार ८ सय २४ जना विद्यार्थी सहभागी भएका थिए ।

१ सय २३ जनाले ग्रेड वृद्धिको परीक्षा दिन पाउने भएका छन् । ग्रेड वृद्धिको परीक्षा वैशाख १० गतेदेखि सञ्चालन हुने महाशाखाकी प्राविधिक सहायक बालिका रिजालले बताउनुभयो । 
 
 

प्रतिक्रिया

सम्बन्धित