एप्पलले आईफोन प्रयोगकर्तालाई भन्यो–तपाईको मोबाइलको जासुसी भइरहेको छ

क्यार्लिफोनिया । एप्पलले आफ्ना आइफोन मोबाइलमा जासुसी भइरहेको जनाएको छ । कथित पेगासस जस्तो स्पाइवेयरले एप्पलको आइफोनमाथि जासुसी गरेको भन्दै अलर्टको चेतावनी दिएको हो । विश्वका ९१ देशका आईफोन प्रयोगकर्ताहरूलाई फेरि एक पटक चेतावनी दिंदै आईफोन पेगासस आक्रमण जारी रहेको जनाएको हो ।

एप्पले मेसेज पठाए लगत्तै हंगामा मच्चियो तर पछि कम्पनीले यसलाई कुनै राज्यले प्रायोजित गरेको भन्दै अस्वीकार गरेको थियो । गत बुधबार रातिको घटनाबारेमा कुरा गर्दा प्रयोगकर्ताहरूले कुनै सन्देश प्राप्त नगरेको जनाएका छन् । तर, उनीहरूको दर्ता गरिएको इमेलमा यो कथित जासुसी सफ्टवेयरको बारेमा जानकारी गराइएको छ ।

प्रतिक्रिया

सम्बन्धित