खोटाङमा २ दिने बृहत् निःशुल्क आँखा जाँच तथा शल्यक्रिया शिविर

खोटाङ / खोटाङ जिल्लामा २ दिने बृहत् निःशुल्क आँखा जाँच तथा शल्यक्रिया सहितको  आँखा शिविर सञ्चालन भएको छ ।

जिल्लास्थित फेमली केयर हस्पिटल दिक्तेल र नवदृष्टि आइ अस्पताल इटहरीको संयुक्त आयोजनामा शिविरको आयोजना गरिएको हो । जिल्लामा पहिलो पटक बृहत् रूपमा शिविरको आयोजना  गरिएको कारण पनि जिल्लाका विभिन्न पालिका तथा टाढा टाढाका बस्तीहरूबाट समेत सर्बसधारणले सहभागिता जनाएका थिए ।

आँखा मानव शरीरको अत्यन्त महत्त्वपूर्ण अङ्ग मानिन्छ । उमेर बित्दै गएपछि उमेरजन्य कारण वा अन्य विभिन्न रोगका कारण आँखामा मोतिया विन्दुको समस्या आउने गरेको शिविरमा संलग्न चिकित्सकहरूले जनाएका छन् ।

 २ दिने शिविरमा ५ सय पन्ध्र जना सर्बसधारणको आँखा जाँच गरिएको थियो । जसमध्ये १ सय ९६ जना पुरुष तथा ३ सय उन्नाइस जना महिला रहेको नवदृष्टि आइका  वरिष्ठ नेत्र विशेषज्ञ डा। विजय गौतमले बताए ।  शिविरमा ४५ जना मोतिया बिन्दुका बिरामीको शल्यक्रिया गरिएको थियो । बिरामीहरूलाई शिविरमै निःशुल्क औषधि समेत वितरण गरिएको थियो । शिविरका लागि इटहरी स्थित नवदृष्टिबाट तेह्र जना नेत्र विशेषज्ञ सहितको टोली र फेमिली केयर अस्पताल खोटाङका  डा के.के राई सहितको टोली शिविरमा संलग्न भएको थियो ।

 शिविर समापनको अवसरमा दिक्तेल रुपाकोट मझुवागढि नगरपालिकाका नगरप्रमुख तीर्थराज भटराई,उपप्रमुख बिसन राई समेतले यसरी ग्रामीण क्षेत्रमा आएर सर्वसाधारणलाई सेवा प्रदान गरेको भन्दै आभार प्रकट गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित