खोटाङमा २ दिने बृहत् निःशुल्क आँखा जाँच तथा शल्यक्रिया शिविर
![](https://snowberry.prixacdn.net/media/gallery_folder/aecbc3d1d_2qFoU52x22_e2f9dy5ogaksi03aefvgudnmn7sfss0zijmgulntojov7lkdr2rgxawdopih_hHhrredXtJ_yew6kcb84q1q8nnasrak75jr4lrsvzwhj9xu8rjoiawqcvi972srwibl5rph.jpeg)
खोटाङ / खोटाङ जिल्लामा २ दिने बृहत् निःशुल्क आँखा जाँच तथा शल्यक्रिया सहितको आँखा शिविर सञ्चालन भएको छ ।
जिल्लास्थित फेमली केयर हस्पिटल दिक्तेल र नवदृष्टि आइ अस्पताल इटहरीको संयुक्त आयोजनामा शिविरको आयोजना गरिएको हो । जिल्लामा पहिलो पटक बृहत् रूपमा शिविरको आयोजना गरिएको कारण पनि जिल्लाका विभिन्न पालिका तथा टाढा टाढाका बस्तीहरूबाट समेत सर्बसधारणले सहभागिता जनाएका थिए ।
आँखा मानव शरीरको अत्यन्त महत्त्वपूर्ण अङ्ग मानिन्छ । उमेर बित्दै गएपछि उमेरजन्य कारण वा अन्य विभिन्न रोगका कारण आँखामा मोतिया विन्दुको समस्या आउने गरेको शिविरमा संलग्न चिकित्सकहरूले जनाएका छन् ।
२ दिने शिविरमा ५ सय पन्ध्र जना सर्बसधारणको आँखा जाँच गरिएको थियो । जसमध्ये १ सय ९६ जना पुरुष तथा ३ सय उन्नाइस जना महिला रहेको नवदृष्टि आइका वरिष्ठ नेत्र विशेषज्ञ डा। विजय गौतमले बताए । शिविरमा ४५ जना मोतिया बिन्दुका बिरामीको शल्यक्रिया गरिएको थियो । बिरामीहरूलाई शिविरमै निःशुल्क औषधि समेत वितरण गरिएको थियो । शिविरका लागि इटहरी स्थित नवदृष्टिबाट तेह्र जना नेत्र विशेषज्ञ सहितको टोली र फेमिली केयर अस्पताल खोटाङका डा के.के राई सहितको टोली शिविरमा संलग्न भएको थियो ।
शिविर समापनको अवसरमा दिक्तेल रुपाकोट मझुवागढि नगरपालिकाका नगरप्रमुख तीर्थराज भटराई,उपप्रमुख बिसन राई समेतले यसरी ग्रामीण क्षेत्रमा आएर सर्वसाधारणलाई सेवा प्रदान गरेको भन्दै आभार प्रकट गरेका थिए ।
![रौतहटमा ४७४ एचआईभी संक्रमित](https://snowberry.prixacdn.net/media/gallery_folder/HIV-Aids.jpg_4Zj4dXA1PA_fzhenp7bajuc2nnado2kdyf4rkomdmthomg2jbxlilqf8mdu2odbzjtuchh7_AwJGaoGMel_okzpwmxehc729qnqihivqvhhlgzzgec6mvi8bzlo8uzftfdjq44tgk4ycghx.jpg)
रौतहटमा ४७४ एचआईभी संक्रमित
अस्पताल भन्नासाथ धेरैले न्यूराे नै बुझ्नुहुन्छ : मुख्यमन्त्री कार्की
संखुवासभामा डेंगु र भाइरल ज्वरोका बिरामी बढे, भुइँमै राखेर उपचार
![बिरामीलाई विश्वास दिलाउन आफ्नै आमाको शल्यक्रिया](https://snowberry.prixacdn.net/media/gallery_folder/RaptiProvinceHospit_9n9OcyDcZ0_hcaqbhohysx6f8z8l4fb0wgkssrtrkyxfuulxj4pgkdheffsmtsqhapftobo_imx6OhTj4N_e6avbtnkvhixt2ieahw5imqv8vfdqia79weyrvdf4mbty5trp6efwsltcocv.jpg)
बिरामीलाई विश्वास दिलाउन आफ्नै आमाको शल्यक्रिया
![मृगाैला प्रत्याराेपण पछि पनि पत्रकार पीबी दियालीको स्वास्थ्य अवस्था गम्भिर : जीवनरक्षाको अपिल](https://snowberry.prixacdn.net/media/gallery_folder/pb_JbJJxynI3Q_8nofi0ubpfx1nmxkcrcxk44c4br7aigk66fyxscnuquzgqon8laqzlhrizo4_xWmQcmSJeo_0gkidfsugplgsa84wm69rwg1wac8hx762yk1sjcf2kadr1hwukbno5xabsop.jpg)
मृगाैला प्रत्याराेपण पछि पनि पत्रकार पीबी दियालीको स्वास्थ्य अवस्था गम्भिर : जीव…
![भरतपुर अस्पतालमा एमआरआई सुविधा, दैनिक २५ जनासम्मलाई सेवा](https://snowberry.prixacdn.net/media/gallery_folder/mri-bharatpur_oGU1BicmOR_1irrsqsrh3gjmqvrkhfo0cshvtlyk9y6utcgb0eilhadaihojxmbe6webkvh_OTeb3MZco7_zy2mj4efpoyida6olifjk9nkmkyfzfnejzbvfwlpxsi3nka3uedftlwgvnuf.jpg)
भरतपुर अस्पतालमा एमआरआई सुविधा, दैनिक २५ जनासम्मलाई सेवा
![प्राणघातक हुन्छ इन्टरमिटेन्ट फास्टिङ ? के भन्छ अध्ययन ?](https://snowberry.prixacdn.net/media/gallery_folder/Intermittent-Fasting_eryuGg7VMy_a39jduibk7po4i2ws3hwmewmowx12ekj66ijtuck71mlinbmbcwbgrmis1kq_Gdd3lG1xvD_905lhztcaf18eajsm5udxpieclrgedl8obencxrpfmyibzzrfxyytu2ixmvp.jpg)
प्राणघातक हुन्छ इन्टरमिटेन्ट फास्टिङ ? के भन्छ अध्ययन ?
![सिरहाको वर्धमान अस्पतालमा पाठेघर खस्ने रोगको निःशुल्क शल्यक्रिया](https://snowberry.prixacdn.net/media/gallery_folder/IMG-20240624-WA0001.jpg_OWxbFUxdzS_chtvipixkfvconki70xyk39vmhoihvsp1dqu9fhxbpgn9mbdufzwy9evnocl_UAt7kC1QrK_bmpd6gcvckbxjsuys0e2uixn50axxooo50ocgvga60slwnygpgmpwieumouq.jpg)
प्रतिक्रिया