हरियाणामा स्कुल बस दुर्घटना हुँदा ६ बालबालिकाको मृत्यु, २० बढी घाइते

एजेन्सी  । भारतको उत्तरी राज्य हरियाणामा स्कुल बस दुर्घटना हुँदा कम्तीमा छ जना बालबालिकाको ज्यान गएको छ । दुर्घटनामा २० जनाभन्दा धेरै विद्यार्थी घाइते भएका स्थानीय प्रहरीले जनाएको छ ।

जीएल पब्लिक स्कुलका झण्डै ४० जना विद्यार्थी बोकेको बस आज दिउँसो कानिना क्षेत्रमा दुर्घटना भएको हो । चालकले जाँड–रक्सी खाएको र तीव्र गतिका कारण बस दुर्घटना भएको प्रारम्भिक अनुसन्धानमा खुलेको छ ।

हरियाणा राज्यका मुख्यमन्त्री नायब सिंह सैनीले दुर्घटनामा दुःख व्यक्त गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित