रतुवामाइकाे सिमाना साेनापुरमा प्रहरीमाथी तस्करले ढुंगा हाने

 रङ्गेली ।  मोरङ्ग रतुवामाई नगरपालिका १ सोनापुर स्थित सीमा नाकामा तस्करहरूको समुहले सशस्त्र प्रहरीमाथी आक्रमण गरेको छ । अवैध रूपमा तस्करी गरी नेपाल तर्फ ल्याएको सामान चेक जाच गर्न खोज्दा प्रहरीमाथी आक्रमण भएको हो । 

प्रस्तावित सीमा सुरक्षा गुल्म बरडंगा बाट खटिएका सशस्त्र प्रहरी हवल्दार युबराज तामाङ्ग नेतृत्वको  गस्ती टोलीलाई पोष्ट भन्दा ७०० मिटर पूर्व सहायक सीमा स्तम्भ नं १५७र१ नजिकै आक्रमण गरेको  सीमा सुरक्षा गुल्म बरडंगाले जनाएको छ । 

 भारतबाट अवैध रूपमा  २ वटा साईकलमा धान लोड गरी नेपालतर्फ ल्याउदै गरेको वेला  नियन्त्रण लिन खोज्दा तस्करको समुहले प्रहरी माथी आक्रमण गरेको जनाइएको छ ।   

रतुवामाई १ सोनापुर बस्ने सदिल मियाँको छोरा साबर मियाले प्रहरीमाथी  ढुङ्गगाले प्रहार गरेको इलाका प्रहरी कार्यालय सिजुवाले जनाएको छ । ढुंगा प्रहारबाट प्रहरी जवानको टाउकोमा चोट लागेको छ उनको स्थानिय अस्पतालमा उपचार भइरहेको जनाइएको छ । 

प्रतिक्रिया

सम्बन्धित