संखुवासभामा बाबुको हत्या गर्ने छोरा पक्राउ

बिराटनगर । संखुवासभामा बाबुको हत्या गरेको आरोपमा छोरा पक्राउ पक्राउ परेका छन्। जिल्ला पाँचखपन नगरपालिका वडा नम्वर-२ गैरीगाँउ बस्ने वर्ष २६ को सुमन राईलाई प्रहरीले पक्राउ गरेकाे हाे । 

 ५३ वर्षीय बुवा युवराज राईलाई  घरायसी बिवाद हुदा आराेपितले ढुङ्गाले अनुहार र टाउकोमा पटक-पटक प्रहार गरी गम्भिर घाइते बनाएका थिए।  उनको तत्काल उपचारको लागि जिल्ला अस्पताल खाँदबारी संखुवासभामा ल्याई उपचार भइरहेकोमा उपचारकै क्रममा मृत्यु भएकाे प्रहरीले जनाएकाे छ । 

कुटपिटमा संलग्न छोरा सुमनलाई मंगलबार बिहान  खाँदबारी नगरपालिका वडा नम्बर-१, संखुवासभाबाट नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक तथा सूचना अधिकारी अशोक कुमार जवेगुले जानकारी दिए। उनलाई मुलुकी अपराध संहिता, २०७४ बमोजिम कर्तव्य ज्यान मुद्दामा म्याद थप भई अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित