इटहरी टेंग्रा करिडोर योजना : खोलाले जग्गा खायो : उपमहानगरले वासै उठायाे

सार्वजनिक जग्गा ओगटेर बनाएका संरचना हटाउन सात दिने अल्टिमेटम

इटहरी । इटहरी ४ का देवु श्रेष्ठ मंगलबार बिहानै भुतभुताउदै बाहिर निस्किए ,जहिले पनि जहा पनि हामी गरिबलाइ नै बिपत आइलाग्ने ? वर्षेणी आउने बाढीले जग्गा लग्दियो अहिले ड्रोजरले घरै लग्दियो श्रेष्ठले दुखेसो पोखे । बुधबार बिहान टेंग्रा करिडोर अभियान अन्तरगत खोलाको सिमा निर्धारण गरी सफाइ गर्दा उनको घर पनि सिमा भित्रै पर्याे ।

 उपमहानगरको मेयर हेमकर्ण पौडेलको निर्देशन भन्दै कर्मचारीले कसेको नसुनी श्रेष्ठको घरमा ड्रोजर लगाएर भत्कायो । श्रेष्ठ जस्तै इटहरी ४ अनु खडका , सरस्वती कार्की , भवानी श्रेष्ठ , होमबहादुर भुजेल लगायत अन्यको घर पनि खोलाको सिमाना भित्रै परेकोले ड्रोजर चलाएर भत्काइएको छ ।

 ७३  सालमा आएको भिषण बाढिका कारण खोलाले धार परिवर्तन गर्दै जादा स्थानियहरूको जग्गा पनि खोलामै मिसिन पुगेको आसपासका जानकारहरू बताउछन ।  ७३ सालपछि लगातार बाढी आइरहदा खोलाले हाम्रो जग्गा मिचेको हो अहिले खालाको जग्गामा घर ठड्याएको भन्न पाइन्छ ? हातमा बोकेको लालपुर्जा देखाउदै देवु श्रेष्ठले भने ।

त्यो बेला खोलाले जग्गा लग्दियो अहिले उपमहानगरले घरै लग्दियो अब हामी कहा जाने ? उनले भने । देवुको पछाडी पट्टीको गारो खोलाको सिमामा परेको भन्दै उपमहानगरले मंगलबार भत्काएको छ । त्यस्तै होमबहादुरको आधा जसो भवन उपमहानगरले भत्काउन चिन्ह लगाएर छोडेको छ ।

एक साता भित्र सबै सामान निकालिसक्न घरधनीलाइ समय दिएर उपमहानगर खोला सफाइमा लागेको छ । घर भत्काउदा उपमहानगरले सुचना जारी नगरेको र केहि जानकारी पनि नपाएको स्थानियहरूको भनाइ छ । सुचना पाएको भए बासका घना संरक्षण गर्न पाइन्थ्यो , काटेर बजारमा बिक्री गर्न पाइन्थ्यो अब ड्रोजर कुदेपछि यसको क्षतीपुर्ती कस्ले तिर्ने ? वडा नं ४ का स्थानिय भक्त बहादुर भुजेलले बताए ।   इटहरी २ तालतलैयाको सिरानबाट सुरू भएको खोला सफाइ संगै टेंग्रा करिडोर निर्माण योजना वडा नं ३ सकेर ४ मा आइपुग्दा स्थानियले अवरोध गरेका छन ।

 स्थानियहरूले आफु बसेको घरको नक्सा र जग्गाको लालपुर्जा हातमा लिएर ड्रोजर चल्न नदिने अडान राखेका छन । वडा नं ४ र ६ मा दर्जनौ प्रतिस्ठित ब्याक्तीहरूले खोलाको जग्गा अतिक्रमण गरेको उपमहानगरको ठहर छ । उपमहानगरको बातावरण शाखा प्रमुख तथा खोला सफाइ अभियानका संयोजक पुस्पनारायण चौधरीका अनुसार अहिले सम्म खोलाको सिमाभित्र परेका ४४ वटा भौतिक संरचनाहरू भत्काइसकेको बताए ।

जसमा २३ वटा चौपायाका खोरहरू रहेका छन भने २१ वटा भवनहरू भत्काइएको बताए । इटहरी ४ मा खोलाको सिमा निर्धारण गर्दै जादा एक दर्जन बढी भवनहरू भत्किने उनको भनाइ छ ।    गत चैत्र १३ गते बाट सुरू भएको टेंग्रा खोला सफाइ अभियान ११ दिन आइपुग्दा ४४ वटा संरचना भतकाइएको चौधरीले बताए । उनले उपमहानगरबाट ४ पटक समम सुचना जारी गरिएकोले मैले थहा पाइन भन्नु गलत रहेको पनि बताए ।

 उपमहानगरको कार्यपालिकाबैठकबाट पास भएका योजनाहरू कार्यानवयन गर्ने क्रममा यो खोला सफाइ पनि एक योजना रहेको उनले बताए ।  खोला क्षेत्रमा ९ वटा सम्म स्काभेटर र डोजर चलाएर फराकिलो बनाइनुकासाथै खोलाको सिमा भित्र पर्ने भौतिक संरचनाहरू हटाउने कामले पनि तिब्रता पाएको छ ।

यता इटहरी उपमहानगरका मेयर हेमकर्ण पौडेलले सार्वजनिक जग्गामा रहेका भौतिक संरचना हटाउन मंगलबार नै सातदिने अल्टिमेटर दिइएको बताए । उपमहानगरले सार्वजनिक सुचना जारी गर्दै सरकारी जमिन ओगटेर बनाइएका जुनसुकै र जस्तोसुकै संरचना भएपनि आफै इमान्दार बनेर एक साता भित्र हटाइ सक्न अल्टिमेटम जारी गरिएको उनले बताए । सूचना अनुसार कार्यालय, विभिन्न संस्था र उद्योगहरुले सार्वजनिक ऐलानी जग्गा ओगटेर संरचना बनाएमा तत्काल हटाउन उल्लेख छ ।  

प्रतिक्रिया

सम्बन्धित