कोसीका मुख्यमन्त्रीलाई एमालेले भन्यो : अविलम्ब राजीनामा दिएर नयाँ सरकारलाई बाटो खोलिदिनू

इटहरी । नेकपा एमाले र नेकपा माओवादी केन्द्रका कोसी प्रदेशसभा सदस्यहरूले मुख्यमन्त्री केदार कार्कीले तत्काल राजीनामा दिनुपर्ने बताएका छन्।कोसी प्रदेशसभामा एमालेका प्रमुख सचेतक रेवतीरण भण्डारीले प्रदेशसभा सचिवालयमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा कार्कीलाई तत्काल राजीनामा दिन भनेका हुन्। 

उनले यही चैत २६ गते प्रदेश प्रमुख परशुराम खापुङसमक्ष बहुमत अर्थात् ५२ जना प्रदेशसभा सदस्यले समर्थन फिर्ता लिएको पत्र बुझाएकाले मुख्यमन्त्री कार्कीले अविलम्ब राजीनामा दिनुपर्ने बताए। नेपालको संविधानको धारा १८८ को उपधारा २ बमोजिम समर्थन फिर्ता लिएपछि चैत २६ देखि चैत ३० गतेभित्र वर्तमान कोसी सरकारले विश्वासको मत लिनुपर्ने संवैधानिक बाध्यता रहेको उनले बताए।

भण्डारीले मुख्यमन्त्री कार्कीलाई ३० दिनभन्दा अगाडि नै संसदीय प्रक्रियामार्फत राजीनामा दिन आग्रह गरे।आजैदेखि नयाँ कार्यक्रम स्वीकृत नगर्न, पुराना कार्यक्रम हटाउने वा विस्थापित नगर्न, अब बन्ने प्रदेश सरकारलाई प्रभावित गर्ने नीतिगत निर्णय नगर्न तथा सरकारी कामकारबाहीलाई प्रभावित गर्ने गरी कर्मचारी सरुवा नगर्नसमेत मुख्यमन्त्री कार्कीलाई उनले भनेका छन्। माओवादी केन्द्रका प्रदेश सभा सदस्य दुर्गाप्रसाद चापागाईंले अल्पमतमा परेका मुख्यमन्त्री कार्कीले नयाँ सरकार गठनका लागि राजीनामा दिनुपर्ने बताए। 

प्रतिक्रिया

सम्बन्धित