मोबाइल हरायो ? अब ‘नो टेन्सन’, गुगलको ‘फाइण्ड माई डिभाइस नेटवर्क’ ले भेटाई दिनेछ
![](https://snowberry.prixacdn.net/media/gallery_folder/mobile_Uq8LOpAgUw_cqrbebl5b3zdtbyjdcklxnieddnyrjnoklouqaaswd631ci0ybx6iusnbtbc_jyS097hDb4_bl94e8slvnl0yobtos5sxhrw207l1umzzneazzkastqhsex8dujijuuezhn3.jpg)
एजेन्सी । लामो प्रतिक्षापछि गुगलले अन्ततः ‘फाइण्ड माई डिभाइस नेटवर्क’ सुरु गरेको छ । गत वर्ष गुगलले ‘फाइण्ड माई डिभाइस नेटवर्क’ घोषणा गरेको थियो र त्यसबेलादेखि यसको निरन्तर परीक्षण गरिरहेको थियो । गत हप्ताको एक रिपोर्टमा ‘फाइण्ड माई डिभाइस’ नेटवर्क चाँडै रिलिज हुने बताइएको थियो ।
फाइण्ड माई डिभाइस नेटवर्कले एप्पलको फाइण्ड माई एप जस्तै काम गर्नेछ, जसको मद्दतले मोबाइल बाहेक अन्य स्मार्ट ग्याजेटहरू पनि ट्रयाक गर्न सकिन्छ । गुगलले आफ्नो एक ब्लगमार्फत ‘फाइण्ड माई डिभाइस नेटवर्क’ को सुरुवातको बारेमा जानकारी दिएको छ ।
गुगल फाइण्ड माई डिभाइस नेटवर्क अमेरिका र क्यानडाबाट सुरु भएको छ र यसको अपडेट अन्य देशहरूमा पनि जारी भइरहेको छ । गुगलले ब्लगमा फाइण्ड माई डिभाइस नेटवर्कको मद्दतले आफ्नो एन्ड्रोइड उपकरण सजिलै र सुरक्षित रूपमा पत्ता लगाउन सकिने बताएको छ ।
सामान्यतया सबैभन्दा ठूलो समस्या उपकरणको अफलाइन मोडमा हुन्छ । गुगलले फाइण्ड माई डिभाइस नेटवर्कमार्फत यो समस्या समाधान गरेको बताएको छ । गुगलले फाइण्ड माई डिभाइस नेटवर्कमा जडान भएको डिभाइस ट्रयाक गर्नका लागि उक्त डिभाइस इन्टरनेटमा जडान हुनु आवश्यक नरहेको बताएको छ ।
पिक्सेल ८ प्रो प्रयोगकर्ताहरूले फोन बन्द गरेपछि पनि आफ्नो फोन ट्रयाक गर्न सक्षम हुने गुगलले बताएको छ । पिक्सेल बाहेक, अन्य कम्पनीका फोन र ग्याजेटहरूमा उपलब्ध यो सेवा छिट्टै उपलब्ध हुने गुगलले बताएको छ ।
![माइक्रोसफ्ट डाउन : विश्व प्रभावित हुँदा चीन चाँहि कसरी बच्यो ?](https://snowberry.prixacdn.net/media/gallery_folder/microsoft_QqFkbirWqw_ecaojnbwfvuy6aptvw0l4ybidyzmpo7kh3r11wwcwvfsb5rhmz8pmdtarxt1_Py38aSj7uH_kgr5oiavs4j40yd2letmq3gsr5z4nsim5acfx2nf7wtfu8wa2fauigxagius.png)
माइक्रोसफ्ट डाउन : विश्व प्रभावित हुँदा चीन चाँहि कसरी बच्यो ?
![माइक्रोसफ्ट डाउन- विश्वभरका ८५ लाख कम्प्युटरमा समस्या](https://snowberry.prixacdn.net/media/gallery_folder/Microsoft_1.png_of25Kdz4u2_dj5oxndwtrhk0u9vefqhwaveraoojzou494xnvird13zjfdis5zb9buxaaua_5mhMimHZA6_iwinanktctut8cpcxtogjnjykgjbdqxabqpyauhkigb6jtphnk5vm3pa5vrl.png)
माइक्रोसफ्ट डाउन- विश्वभरका ८५ लाख कम्प्युटरमा समस्या
![माइक्रोसफ्टको सर्भरमा समस्या : विश्वका धेरै बैंक, मिडिया, एयरलाइन्स कम्पनी प्रभावित](https://snowberry.prixacdn.net/media/gallery_folder/mmm_QEFBBIzg4o_gawyn8x2ryusyh7tmfjcwycu9xq8jflrknfc7nofh3vqhisnds3frfqntxwr_ZPIbl5JhHf_d1eurev4bqewc49mtw58kszkawaw8gguyuq5r3nnjdvuhaanrb9yc1irx7sl.jpg)
माइक्रोसफ्टको सर्भरमा समस्या : विश्वका धेरै बैंक, मिडिया, एयरलाइन्स कम्पनी प्रभा…
![एक्स प्रयोगकर्ताको रेकर्ड उच्च रहेको एलन मस्कको दाबी](https://snowberry.prixacdn.net/media/gallery_folder/elon-musk_Iw0FKR1Xfb_eixvlfqrhxsxxymoozvr2ytwndpg1h2axoedipz5lsasesqljmnl7z0she9o_Muw0fscIiF_yw4wirwrbfd3wdkvmgeeerdb27rsgmrg3vbhhcac5e9nqssdg6tpxgqyykjt.jpg)
एक्स प्रयोगकर्ताको रेकर्ड उच्च रहेको एलन मस्कको दाबी
![मोरक्कोकी लियाली बनिन् विश्वकै पहिलो मिस एआई](https://snowberry.prixacdn.net/media/gallery_folder/AI.png_PB1NiW7dCP_zaykkfptaupczvwebqumdjobv4khyoz2vu8kd32zcaei9snmpfu1xan7qtjv_7ilK4e7BHR_agsvitexabxsj9zu79ic8fniqu3h1ymun5ypf1vkbe4ybubsf0a9u2ebbian.png)
मोरक्कोकी लियाली बनिन् विश्वकै पहिलो मिस एआई
![सामसुङका ३० हजार कर्मचारी अनिश्चितकालीन हडतालमा](https://snowberry.prixacdn.net/media/gallery_folder/samsung.png_p6U8Alkb39_nhnfr8aqo1fds5d286lvil1ub70fqzz4rygp8eecx1ylhgy34iqgtspcrjsn_vNZBDIbrE9_gm2oop3yf2ht6sqvv79nnbitrlelrdydgzvbcmcmpautc3zummudsymwmniv.png)
सामसुङका ३० हजार कर्मचारी अनिश्चितकालीन हडतालमा
![विश्वको पहिलो 'डुअल स्क्रिन' भएको ल्यापटप सार्वजनिक, यस्ता छन् फाइदा](https://snowberry.prixacdn.net/media/gallery_folder/laptop_N4cU3CDfs4_tpxstw5e5r9eyv7hentgyablynuais1bpe0anrgrctmx93pr04crbmbxcjsc_i28lKJGBeW_m2laabetuoscvuqiywuajfrm6uk9dqnr90p93kmydqkikmtmhaeyb14vdrwp.jpg)
प्रतिक्रिया