पथरीशनिश्चरेका स्वास्थ्य प्रमुखमाथी महिला कर्मचारीले लगाइन यौन दुर्व्यवहारको आरोप

 माेरङ । माेरङकाे पथरीशनिश्चरेमा २ वर्ष अघि महिला कर्मचारीमाथी भएकाे याैन दुर्व्यवहारकाे घटना अहिले सार्वजनिक भएकाे छ ।  पथरीशनिश्चरे नगरका स्वास्थ शाखा प्रमुख मुरारी आचार्यले आफ्नै महिला कर्मचारी माथी याैन दुर्व्यवहार गरेकाे घटना सार्वजनिक भएकाे हाे । पिडित भनिएकी महिलाले शुक्रबार माेरङकाे पथरीशनिश्चरेमा पत्रकार सम्मेलन गर्दै अाफुलाइ राती ड्यूटी गरिरहेको अवस्थामा आचार्यले जबर्जस्ती करणी गर्न खोजेको र दुब्र्यबहार गरेको आरोप लगाएकी छिन ।

घटना २०७८ मंसिरकाे रहेकाे उनले बताइन । घटना भएकाे भाेली पल्टै अभिभावकलाई भने पछि पथरी शनिश्चरे नगरका तत्कालीन नगर प्रमुखको रोहबरमा घटना दवाईएको पीडित महिलाले पत्रकार सम्मेलनमा बताइन । 

 आफु माथि नगर अस्पतालका प्रमुख आचार्यले जबरजस्ती कोठा भित्र पसेर शरिरका बिभिन्न अंगहरुमा छोएको, जबरजस्ती मदिरा सेवन गराएको र आफुले भनेको मानेमा र आफुले भने जस्तो गरेमा अर्को कुनै अस्पतालमा जागिर समेत मिलाईदिन्छु भन्दै प्रलोभन देखाएर दुब्यृबहार समेत गरेको आरोप लगाएकी छन । त्याेबेला न्याय नपाएपछि अहिले पनि न्याय खाेज्दै पत्रकार सामु अाएकाे पिडित महिला बताउछिन ।

सो घटनालाइ लिएर सबै नियमन निकायमा हार गुहार गरेपनि कतैबाट न्याय नमिलेकाे पिडित महिलाकाे भनाइ छ । म कानुनी लडाइ लडन चाहन्छु तर हदम्यादका कारण मुद्धा दर्ता नहुने भएकाेले अाफु अफ्ठेराेमा परेकाे बताइन ।   ‘मैले त्यसबेला कानूनी कारबाहीका लागि अदालत जान सक्ने अवस्था थिएन उनले भनिन । मैले यस विषयमा बुझेको पनि थिइन तर तत्कालै आमालाई भनेको थिएँ, आमालाई तुरुन्तै सुनाएँ र कारवाही गर्नका लागि मलाई सहयोग गर्न भनें ।

समाजका भद्रभलाद्मीहरुलाई पनि सुनाएँ । ठूला मान्छेहरुले बैठक पनि गरे तर मलाई न्याय दिन होइन उसलाई बचाउन भूमिका खेले उनले थपिन । महिला अधिकारको पक्षमा काम गर्दै आएको ओरेक नेपाल विराटनगरकी प्रमुख सरस्वती दनुवारले हदम्यादका कारण धेरै महिलाहरु न्यायबाट वञ्चित हुनु परेको बताइन । ‘हामीले पनि यस विषयमा बहस र पैरवी गरिरहेका छौं ।

महिलामाथि हुने यौन हिंसाको घटनामा हदम्याद हुनुहुँदैन । हदम्यादका मुद्दा दर्ता गर्न नसक्दा हामी कहाँ आएका धेरै पीडित महिलाहरु निराश भएर फर्किनु परेको छ,’ दनुवारले भनिन् । उनका अनुसार कानुनमा उमेर पुगेका महिलामाथि यौन हिंसा भए एक वर्ष सम्मको हदम्याद छ । एक वर्ष भन्दा अगाडिको घटनामा मुद्दा नलाग्ने कानुनी व्यवस्था छ । नाबालिकाको हकमा भने हदम्याद नरहने कानुनी व्यवस्था छ ।

मोरङका प्रहरी प्रमुख एसपी नवराज कार्कीले पनि हदम्यादका कारण उल्लेखित घटनाको जाहेरी लिन प्रहरीलाई समस्या परेको बताए । ‘उजुरीको हदम्याद हुन्छ । साइबर क्राइमको हदम्याद एक वर्ष हो । घटना साढें ३ वर्ष अगाडिको हो । हामीले के कसो भएको भनेर गाउँपालिकालाई लेखेर पठाएका छौं । पालिकाबाट पत्र आएपछि सरकारी वकिलसँग सल्लाह गरेर कारबाही अगाडि बढाउँछौं,’ कार्कीले भने, ‘पीडितले पनि साढे ३ वर्षसम्म चुप लागेर बस्नु चाहिं हुँदैन थियो । हामीले सम्बन्धित कर्मचारी र महिलाको विवरण माग गरेका छौं ।’

यता सोही बिषयमा घटनासँग जोडिएका प्रमुख आचार्य सँग सम्पर्क गर्दा उनले यो आरोप मात्र भएको र आफुले त्यस्तो नगरेको बताए । उनले उल्टै आरोप लगाउने युवतीको चरित्र नै ठिक नभएको प्रतिक्रिया दिएका छन भने स्थानीय संचारकर्मीलाई घटना लुकाईदिन अनुरोध गरेका छन । आचार्य राजनीतिक शक्ती आडमा १५ बर्ष देखि पथरी शनिश्चरेमा रजगज गर्दै आएका कर्मचारी हुन ।

प्रतिक्रिया

सम्बन्धित