सुन्दरहरैंचामा बसको ठक्करबाट साईकलयात्रीको मृत्यु

इटहरी । मोरङको सुन्दरहरैचा नगरपालिका-८  स्थित पुर्व पश्चिम लोकमार्गमा बसको ठक्करबाट साईकलयात्रीको मृत्यु भएको छ । 

साेमबार दिउँसो २ बजे इटहरीबाट बेलबारीतर्फ जादै गरेको प्रदेश १-०२-००१ ख ९५१९ नम्बरको बसले बाटो काट्दै गरेका साईकल यात्री स्थानिय ७९ बर्षीय डम्बरु प्रसाद निरौलालाई ठक्कर दिदा घाईते भएका उनलाई उपचारको लागी बिराटनगर नोबेल अस्पताल पुर्‍याउनासाथ  डाक्टरले मृत घोषणा गरेका थिए ।

 ठक्कर दिने बसका चालक सुनसरीको धरान उप-महानगरपालिका- २० का बल बहादुर लिम्बुलाई  ईलाका प्रहरी कार्यालय बेलबारीले नियन्त्रणमा लिई घटना सम्बन्धमा थप अनुसन्धान गरीरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित