सब्जी बोक्ने मिनिट्रकमा ५४४ केजी गाँजा , धनकुटाबाट फुत्कियाे भेडेटारमा समातीयाे

सुनसरी ।  धनकुटाको साँगुरीगढी गाँउपालीका(६ भेडेटार चौकबाट मिनिट्रकमा लोड गरेर राखेको अवस्थामा ठुलो परिमाणको लागुऔषध गाँजा प्रहरीले बरामद गरेको छ ।

सब्जी बोक्ने मिनिट्रकमा लागुऔषध गाँजाको ओसार पसार भईरहेको भन्ने बिशेष सूचनाको आधारमा आईतवार राती पौने ८ बजे इलाका प्रहरी कार्यालय भेडेटार धनकुटाबाट चेकजाँच गर्दा साे परिमाणकाे गाँजा बरामद भएकाे हाे ।   प्रहरी टोलीले भेडेटार चोकमा रोकेर राखेको को १ ख ३२९४ नम्बरको  मिनिट्रकलाई चेकजाँच गर्दा गाडीमा लोड भएको सब्जीको बोरा भित्र प्याक गरी लुकाई छिपाई राखेको अवस्थामा ५४४ केजी लागुऔषध गाँजा बरामद गरेको हो ।

गाँजा र सवारी साधन नियन्त्रणमा लिईएको र ट्रकका चालक तत्काल फरार रहेकोले खोजतलास भईरहेको तथा अन्य थप अनुसन्धान भईरहेको  जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित