मिथिलामा सोमवती अमावस्या मनाइँदै
![](https://snowberry.prixacdn.net/media/gallery_folder/mithilaa_3aSULcWvO8_53u7hv5jvhc8gpvu1z0q5ihhwb3zibixahogqx7qmurc4zqdzyuvdtgrorch_QA4NL1odS8_kuf49xhzfqatnu21hqgdvatj1ipgpdzporslxsgt1dzq2h6rnucltacthbmc.jpg)
महोत्तरी । मिथिलाक्षेत्रमा आज परेको औँसीका दिन सोमवती अमावस्या पर्व मनाइँदैछ । महोत्तरीसहितका मिथिलाक्षेत्रमा आज बिहान प्रथम प्रहरदेखि नै धार्मिक महत्वका नदी, तलाउ तथा सरोवरमा पवित्र स्नान गर्नेको घुइँचो छ ।
महोत्तरीको सदरमुकाम जलेश्वरस्थित पुरन्दर, वरुण र भार्गव (भृगु) सर (सरोवर, पोखरी) मा सोमवती अमावस्या स्नान गर्ने श्रद्धालु खचाखच छन् । यसैगरी, मटिहानी–७ स्थित लक्ष्मीसागर र जिल्लाका तीर्थस्थलहरु ध्रुवकुण्ड, कञ्चनवन, टुटेश्वरधाम नजिकका जलाशय र रातु नदी तटमा स्नान गरेर श्रद्धालु पीपल वृक्षमा पूजाआराधना गर्दैछन् ।
मिथिलामा सोमवती अमावस्याका दिन गरिने स्नान, दान एवं श्राद्ध अक्षयफल दिने पुण्यदायक मानिन्छ । सोमबार औँसी परेका दिन बिहान सखारै कसैसँग बोलचाल नगरी पवित्र जलाशयमा स्नान गर्ने परम्परा रहेको बर्दिबास–२ का बासिन्दा मैथिल कर्मकाण्डका ज्ञाता पण्डित महेशकुमार झा बताउँछन् । सोमवती अमावस्याका दिन पवित्र जलाशयमा स्नानपछि पीपल वृक्षको फेदमा जल चढाउने, पीपल वृक्ष वरिपरि धागो बाँध्ने, दीपदान गर्ने, आरती तथा पुष्पाञ्जली गर्ने र यथासक्य प्रदक्षिणा गर्ने शास्त्रीय विधान रहेको झाको भनाइ छ ।
सोमवती अमावस्यामा गरिने यी कार्यले समस्त पाप नास भई प्रतिकूल ग्रह बाधा हट्ने र सुख, शान्ति एवं समृद्धि प्राप्त हुने मैथिल जनविश्वास छ । पीपल वृक्षमा ब्रह्मा, विष्णु र शिव तीनै देवको बास हुनेहुँदा सोमबारको औँसीका दिन पवित्र जलाशयमा स्नान गरी देवस्मरण गर्ने चलन पूर्वीय वैदिक परम्पराकै रहेको पाका मैथिल बताउँछन् । पीपल वृक्षमा ब्रह्मा, विष्णु र शिवको बास हुने शास्त्रमा उल्लेख छ ।
‘ॐमूलते ब्रह्मरुपाय मध्यतो विष्णुरुपिणे , अग्रतः शिवरुपाय अश्वत्थाय नमोनमः ।’ पीपल वृक्षको मूल ब्रह्मा, मध्य विष्णु र अग्रभाग शिवरुप मानिने शास्त्रीय मान्यताले सोमबार औँसीका दिन यहाँ गरिने पूजाआराधना, दान, श्राद्ध तथा आरती पुण्यदायक हुने कर्मकाण्डका ज्ञाता भङ्गाहा–५ सीतापुरका पण्डित विष्णुप्रसाद शर्माको भनाइ छ ।
![त्रियुगाको बाढीले सप्तकोसीका ७० घर डुब्याे , मस्जिदकाे शरणमा पुगे स्थानीय](https://snowberry.prixacdn.net/media/gallery_folder/kailali-duba_xhihOklnKT_lhlle3zpcsxknrzlyyl2lrpmeat4vflz3oausfcj5xyykaaruwefjdbl3fva_WN1bg3rPH4_ip5uworgak4fqrvichhitake5fefcakn5emubwl22csdchtjgyzxtaqiij1h.jpg)
त्रियुगाको बाढीले सप्तकोसीका ७० घर डुब्याे , मस्जिदकाे शरणमा पुगे स्थानीय
![कमला नदीमा फसेका छ जनाको सकुशल उद्धार](https://snowberry.prixacdn.net/media/purbelinews%20default%20image_2fya97kmeqwss7fvvmthgneqefcqea9swfuyxpqcfrw7bxkdijnsy9uhjjf3.jpg)
कमला नदीमा फसेका छ जनाको सकुशल उद्धार
![कञ्चनपुरमा बाढीमा डुबेर दुई किशोरीको मृत्यु, एक बेपत्ता](https://snowberry.prixacdn.net/media/gallery_folder/Duban-Ghar_R73u3bvQKs_yr9hlkscgh07dkrncm07bxqoivlp5ldsnycmkuukaok3vepgcu3ihwj25jx2_W9mXDgI9OH_bkbinmnbqtqjmk9wsvbixp11lgk2zqilvtjkgwpducdwcqinbsguj3ochzkd.jpg)
कञ्चनपुरमा बाढीमा डुबेर दुई किशोरीको मृत्यु, एक बेपत्ता
![विश्वासको मत लिएको दुई दिनमै सङ्कटमा मधेस मुख्यमन्त्री, आफ्नै नेतृत्वमा सरकार बनाउन कांग्रेस सक्रिय](https://snowberry.prixacdn.net/media/gallery_folder/madesh_Mx_06SHEXpMGw_veabjdqvgbzemtyemen9ug52bk3zobkvvlvuovx1zmbcpw7pei7vjr2fsjqj_gCXbyVuvrX_cbktmzmm5zqhyci3syttmvng21ns9efihzul7odjk01nfbz0k1pfkqikzxu8.jpg)
विश्वासको मत लिएको दुई दिनमै सङ्कटमा मधेस मुख्यमन्त्री, आफ्नै नेतृत्वमा सरकार ब…
![महोत्तरीको गौशालावाट ११ बर्षिय वालिका वेपत्ता, अपहरण भएको आशंका](https://snowberry.prixacdn.net/media/purbelinews%20default%20image_2fya97kmeqwss7fvvmthgneqefcqea9swfuyxpqcfrw7bxkdijnsy9uhjjf3.jpg)
महोत्तरीको गौशालावाट ११ बर्षिय वालिका वेपत्ता, अपहरण भएको आशंका
![पर्सामा आठ लाख ‘सुपारी’ दिएर काकासहित दुई जनाको हत्या, तीन जना पक्राउ](https://snowberry.prixacdn.net/media/gallery_folder/hat_cIXBuGTXZV_yiqytfnnluvvuzjv6e39zyuw8g8rljh734or5kkla7qv2fjasxqcxxueylzo_ZpL1fqdw9Y_crg0bmpelszzip24wxgmjpl7vtxelfyaa8zrkvlku7sbgqhs7rfn8r24kyzi.jpg)
पर्सामा आठ लाख ‘सुपारी’ दिएर काकासहित दुई जनाको हत्या, तीन जना पक्राउ
![क्याम्पस प्रमुख कुशवाहाका हत्या आरोपी पेस्तोलसहित पक्राउ](https://snowberry.prixacdn.net/media/gallery_folder/WhatsApp_pcgWfvrqDX_cd28niyvepi3kh3kuo4mjxvj9cvbsivkfgya7ww5f9mmprbl30a5zhmrsfsy_cyH4UL7y7B_ivgd6vf7rsy1t2uvedc60et9xkjtjtbrzempchahasvjjhc6gxtquz3sh15q.jpeg)
क्याम्पस प्रमुख कुशवाहाका हत्या आरोपी पेस्तोलसहित पक्राउ
![सर्लाहीमा घाँस काट्न निस्केकी महिलाको हत्या, खेतमा भेटियो शव](https://snowberry.prixacdn.net/media/gallery_folder/dhanusa_cRFmcmvxmu_hgyltzkatwzbf0qn1lyqrfkwdxgsom6bzpebdglg59c2173xkmjpw04676uf_mVEfB5zPAI_uwj7gsbj2cu554p50or1gdoeknq8ltziptnlm4ks0xxhwm8tiisxexlgqips.jpg)
प्रतिक्रिया