लगातार बढ्दै सुनको मुल्य, आज कति पुग्यो ?

काठमाडौं । नेपाली बजारमा सोमबार सुनचाँदीको मुल्य बढेको छ ।नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन तोलामा ६०० ले बढेर १ लाख ३६ हजार २०० कायम भएको छ । यो नेपाली बजारमा अहिलेसम्मको सुनको उच्च मुल्य हो ।

यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख ३५ हजार ५५० रुपैयाँ निर्धारण भएको छ ।यसअघि आइतबार छापावाल सुन प्रतितोला १ लाख ३५ हजार ६०० रुपैयाँ किनबेच भएको थियो । यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख ३४ हजार ९५० रुपैयाँ निर्धारण भएको थियो । यता, आज चाँदीको मुल्य पनि प्रतितोला १५ रुपैयाँले बढेर १६ सय ८५ रुपैयाँ कायम भएको छ । आइतबार चाँदीको मुल्य प्रतितोला १६ सय ७० रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित