राज्यले आदिवासीलाई माग्ने बनायो : अध्यक्ष राई

इटहरीमा तामाङ धेदुङको ५ दिने प्रशिक्षण सुरु

इटहरी । नेपाल आदिवासी जनजाति महासङ्घ सुनसरिका अध्यक्ष चिराहाङ राईले आदिवासीलाई सरकारले माग्ने बनाएको आरोप लगाएका छन् । सुनसरीको इटहरीमा नेपाल तामाङ धेदुङको भाषा तथा लिपि ५ दिने प्रशिक्षण कार्यक्रममा बोल्दै अध्यक्ष रााइले यस्तो बताएका हुन । उनले मुलुक परिवर्तनमा जनजातिहरूको बाक्लो उपस्थिति रहँदै विभिन्न आन्दोलनमा समेत उत्तिकै योग्दान रहे पनि राज्यबाट जहिले उपेक्षित हुनुपरिरहेको प्रति दुखेसो व्यक्त गरे ।

आदिवासीबाटै सरकारमा प्रतिनिधित्व गरेकाहरूले पनि आफ्नै जातजातिको भाषा , धर्म ,संस्कार संस्कृतिको रक्षा गर्न नसकेको उनको तर्क थियो । कार्यक्रममा सम्बोधन गर्दै अध्यक्ष राईले देशको विभिन्न कालखण्डले आफ्नो समुदायको भाषा , संस्कार संस्कृति र लिपि गायब गरिदिएको आरोप समेत लगाए । सरकारमा रहेका शीर्ष नेताहरूले आदिवासी जनजातिहरूलाई केवल भोट बैङ्कको रूपमा प्रयोग गरिरहेको उनले आरोप लगाए ।  जब सम्म यी माथिका कुराहरूको संरक्षण तर्फ राज्य र समुदायका ब्याक्तीहरू लाग्दैनन् तब सम्म आदिवासीहरू भुईँको भुईँमै रहने पनि उनको तर्क थियो ।

त्यस्तै कार्यक्रममा नेपाल तामाङ युवा धेदुङ सुनसरीका अध्यक्ष प्रदीप तामाङले समुदायको भाषा र संस्कृति जगेर्ना तर्फ स्थानीय तहबाटै सुरु गरिनुपर्नेमा जोड दिए । उनले स्थानीय स्तरमा रहेका सबै विद्यालयहरूमा हप्ताको एक दिन समुदायको पहिचान झल्कने खाल्को पोसाक अनिवार्य गर्नुपर्ने जस्ता जायज कुराहरू राखे  ।

यसैबिच इटहरीमा नेपाल तामाङ धेदुङको ५ दिने भाषा ,लिपि सम्बन्धी प्रशिक्षण कार्यक्रम आइतबारबाट सुरु भएको छ । प्रशिक्षणमा तामाङ भाषाको उत्पत्ति र संरक्षण त्यस्तै सांस्कृतिक लगायतका विषयमा छलफल तथा अन्तरक्रिया पनि गरिने बताइएको छ । इटहरीका २० वटै उपमहानगरबाट करिब ३ सय तामाङ समुदायका युवा युवतिहरूलाई लक्षित गरी सो प्रशिक्षण दिइएको आयोजकबाट बुझिएको छ । युवायुवतीहरूलाई नेपाल तामाङ ताँबा धेदुङ प्रदेश नं १ का अध्यक्ष पदम ग्वाक तामाङले प्रशिक्षण दिने जनाइएको छ ।

नेपाल आदिवासी जनजाति महासङ्घ सुनसरी र नेपाल तामाङ धेदुङ इटहरीको संयुक्त आयोजनामा भएको कार्यक्रममा नेपाल तामाङ धेदुङ इटहरी उपमहानगरका अध्यक्ष मोहन लोप्चनको सभापतित्वमा सुरु भएको हो । कार्यक्रममा नेपाल तामाङ धेदुङ कि सङ्घीय सदस्य जानुकला तामाङ , लक्ष्मण मोक्तान ,हस्त पाख्रिन , सुनसरी सदस्य टेकबहादुर मोक्तान , इटहरी २० नं इकाइ सदस्य दावा तामाङ लगायतको उपस्थिति रहेको थियो । 

प्रतिक्रिया

सम्बन्धित