धनकुटामा बारीकाे डढेलाे घर भित्र पस्याे : दुई बालक जले , अवस्था गम्भिर

धनकुटा । धनकुटामा डढेलोमा जलेर दुई बालक गम्भीर घाइते भएका छन्। धनकुटा नगरपालिका ३ कागतेमा आइतबार दिउँसो लागेको डढेलोमा जलेर स्थानीय राजु श्रेष्ठका १० वर्षीय छोरा रोशन र ३ वर्षीय विवेक घाइते भएका जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ।

घर नजिकै बारीमा सुकेको पात तथा झ्याँस भेला पारेर लगाइएको आगो नियन्त्रण बाहिर जाँदा डढेलो लागेको हो। डढेलोमा परेर रोशनको हात र खुट्टा तथा विवेकको घाँटी मुनी सबै शरीर जलेको चिकित्सकले बताएका छन्। घाइते दुबै बालकलाई जिल्ला अस्पताल धनकुटामा प्राथमिक उपचारपछि थप उपचारको विराटनगरस्थित आर्या न्यूरो अस्पताल लगिएको छ।

प्रतिक्रिया

सम्बन्धित