आइपिएलः आज चेन्नई र कोलकोता भिड्दै
![](https://snowberry.prixacdn.net/media/gallery_folder/CSK.jpg-1_JWZU50IdWo_xth2d1xcq3dvblewgg5wizpju3kcrrkii3lldxtjexdp1jlvvdtxseqenniy_7QyvNBqyml_gezr7xphv94zl1trwlarhpou4brzb44xa228qhnidgakfhtiqxaixmwouplk.jpg)
काठमाडौं । इण्डियन प्रिमियर लिग (आपिएल) अन्तर्गत आज चेन्नई सुपर किंग्स र कोलकोता नाइट राइडर्सबीच खेल हुदै छ । चेन्नईमा हुने यो खेल नेपाली समय अनुसार राति ७: ४५ बजेदेखि शुरु हुदै छ । जारी आइपिएलमा चेन्नईले ४ खेलमा २ जित र २ हार बेहोरेको छ भने कोलकोता अपराजित रहदै तीन खेल लगातार जितेको छ ।
यस सिजनमा महेन्द्र सिंह धोनीले भने चेन्नईको कप्तानी छोडेपछि रुतुराज गायकवाडले कप्तानी गर्दै छन् । चेन्नईका लागि कप्तान गायकवाडसहित रविन्द्र जडेजा, अजिख्य रहाने, समीर रिज्वी, महेन्द्र सिंह धोनी, दिपक चहर यस सिजनमा महत्वपूर्ण हुने छन् भने रचिन रविन्द्र, मुस्ताफिजुर रहमान, डार्यल मिचेल, मथीसा पाथिराना जस्ता खेलाडीको भूमिका महत्वपूर्ण हुने देखिन्छ ।
चेन्नई आइपिएलकै सबैभन्दा सफल टिम मध्ये एक टिम हो । अहिलेसम्म चेन्नईले ५ आइपिएल उपाधि जितेको छ भने आइपिएलको डिफेन्डिङ च्याम्पियन समेत हो ।
त्यस्तै कोलकोता श्रेयस अय्यरको कप्तानीमा आइपिएल खेल्दै छ । कोलकोताका लागि यस सिजनमा उनको भूमिका महत्वपूर्ण हुने देखिन्छ । विवादपछि भारतीय क्रिकेट बोर्डको सेन्ट्रल कन्ट्रयाक्टमा नपरेका श्रेयसले आइपिएलको प्रदर्शनबाट बोर्डलाई जवाफ दिने प्रयास गर्ने छन् । त्यस्तै उनी बाहेक गत आइपिएलबाट उदाएका रिंकु सिंह, नितिश राना जस्ता भारतीय खेलाडी कोलकोताका लागि महत्वपूर्ण हुनसक्छन् । त्यस्तै सुनिल नारान, आन्द्रे रसेल, रह्मुनुल्लाह गुर्बाज जस्ता विदेशी खेलाडीको प्रदर्शन महत्वपूर्ण हुने देखिन्छ ।
कोलकोताले यसअघि २०१२ र २०१४ मा उपाधि जितेको छ भने २०२१ मा उपविजेता बनेको छ । गत सिजनमा कोलकोता सातौं स्थानमा आएको थियो ।
![पेरिस ओलम्पिक भव्य उद्घाटन](https://snowberry.prixacdn.net/media/gallery_folder/perish%2520olymp_faYI2rO6sO_jojvpohiu5eiwbzaphjuzm0rgmymdn39slpf8vlc9cjf5wbitycbknhvd3tn_K7qAwEwpNy_rtx06lei4oowoalojkaxmmejd3fs7z8pd4rorw1csm7zyzr66jqzu51rpgcj.jpeg)
पेरिस ओलम्पिक भव्य उद्घाटन
![भारत महिला एशिया कपको फाइनलमा](https://snowberry.prixacdn.net/media/gallery_folder/India.jpg-20_3vhiAJf8uX_ye0l5iedtnmyy0lsgjbmjfdld4erkuw9s7migwsmetqhtpsaw8rypecqj1xu_YvchxmcpES_g38xsoyblmwsxedf7k14xu6uriomaxzz9arymahfdsjopk83fqaeutjgf7ub.jpg)
भारत महिला एशिया कपको फाइनलमा
![सन्दीपविरुद्ध मुद्धा अगाडी नबढाउन गौशाला- २६ को निवेदन](https://snowberry.prixacdn.net/media/gallery_folder/sandeep1-760x500_sjMT2QJaQ8_qzu9q0u141atqg3oxawcmx8v0vghqzbifa4f4r7swfrxp3xkmwmjnghf8lgb_s614afwtxT_h26acgqgeunakobxfdts06jek5fmyhxiqhrjwz21vzfbszvfywsfhplofabm.jpg)
सन्दीपविरुद्ध मुद्धा अगाडी नबढाउन गौशाला- २६ को निवेदन
![पेरिस ओलम्पिकको उद्घाटन आज](https://snowberry.prixacdn.net/media/gallery_folder/images.jpeg-1_tXCQ6EMfDm_tsrnijceyilvrtg3fgrejeryachuszwsnowgzclpgcqthscshksmwakj7kpr_jlnNeQui1L_9wbxphphku23dk2e6cth9txexnyv0846omtfgvam3zsvr9xs4f66xkxiae7g.jpeg)
पेरिस ओलम्पिकको उद्घाटन आज
![सन्दीप सम्मिलित भ्यानकुभर पहिलो खेलमा पराजित](https://snowberry.prixacdn.net/media/gallery_folder/sandeep-lamichhan_BkCJzTwqvp_3gsaaogxsmt5uozw7nixgc8cxynzsfrvn6mlfwdmin5k1izdydwjitsp80n9_jIC3szXnX9_wlujpnemmnngxghvx7ksvkdp9wmsbnl640h0edjwk38jrusmpnjnfrqjfghl.png)
सन्दीप सम्मिलित भ्यानकुभर पहिलो खेलमा पराजित
![आइपिएल फ़्रेन्चाइजीहरुले मेघा अक्सनअघि राखे तीन माग](https://snowberry.prixacdn.net/media/gallery_folder/IPL-.jpg-1_fzZoyHrRc4_bhv0dvqcxukbngy0krnnmeldfqj65xd0wdwf5tqvwz5e3hwv9i2wryidc70r_mn98Q8m2hR_pdatd4rox6g9myinbnrqrrhg82pkr6shjul1pry4ntk4y2sawzfj9otw7wjf.jpg)
आइपिएल फ़्रेन्चाइजीहरुले मेघा अक्सनअघि राखे तीन माग
![पेरिस ओलम्पिकमा दर्शकले नियन्त्रण गुमाएपछि](https://snowberry.prixacdn.net/media/gallery_folder/Argentina_XTkl9IqavL_ar6c8tge47izpjgfwu2ghtjothayz3ixijdgftiana7tz6vlu5uetydnncgx_Ge24iSV3IY_4mueuafamsipg1eeljrlppkfjwfnvylczjju0cmqprljeflnpnfxwm0rodqd.png)
पेरिस ओलम्पिकमा दर्शकले नियन्त्रण गुमाएपछि
![फुटबल खेलाडी तथा प्रशिक्षक खड्काको निधन](https://snowberry.prixacdn.net/media/gallery_folder/football_6wDnWTEKyO_8rcsjjdrszwtxgr1n85bch95arhjpqat94k03ska7jwhgqnv4hbfph1udu3q_AwIUiMZC1H_fatfgtn3xafpbfw2lshtoyozekwgwk5p4m8ptim31fkuotn5bp8werinx7li.jpg)
प्रतिक्रिया