अक्सब्रिजमा विद्यार्थीहरूबिच नृत्य प्रतियोगिता , उत्कृस्ट ६ जनाले पाए पुरस्कार

 इटहरी । सुनसरीको इटहरीस्थित अक्सब्रिज इन्टरनेश्नल मन्टेस्वरी स्कुलले साना विद्यार्थीहरू बिच नृत्य प्रतियोगिता सम्पन्न गरेको छ । मन्टेस्वरीमा अध्ययन्रत  बिद्यार्थिहरूभित्र लुकेको कलालाई उजागर गराउने उद्देश्यले यस्तो कार्यक्रम आयोजना गरिएको अक्सब्रिज इन्टरनेश्नल मन्टेश्वरीका अध्यक्ष  टिआर सर्माले बताए ।

 कार्यक्रममा २० जना बिद्यार्थिहरूले भाग लिएका थिए । जसलाई २ भागमा विभाजन गरी नृत्य प्रतियोगिता गराइएको थियो । प्रतियोगिताबाट सिनियर तर्फ कक्षा ३ का सुभम श्रेष्ठ ,कक्षा ४का दाेश्राे सुदिन श्रेष्ठ , स्वाेर्णीमा निरौला भएका थिए भने जुनियर तर्फ नर्सरिका उमेस् राना मगर प्रथम , एसकेजीका निमेष तामाङ दाेश्राे र नर्सरीकी रचना तुम्सा तेस्रो बनेकी थिइन । प्रतियोगिताबाट प्रथम , दाेश्राे र तेस्रो बनेका बिद्यार्थीहरूलाइ मेडल र प्रमाणपत्र वितरण गरिएको थियो । 

कार्यक्रम अवधिभर निर्णायकको रूपमा नागी डान्स सेन्टरका नृत्य निर्देशक अर्जुन लामा रहेका थिए । कार्यक्रममा अभिभावक सँगै शिक्षक कर्मचारीहरूको पनि उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित