पन्ध्र बर्षिय बालकले कवाडी समान भेला गरि बनाए माेटरसाइकल

 सुन्दरहरैँचा । माेरङकाे सुन्दरहरैँचा नगरपालिका १० मा रहेको सुकुना माध्यमिक विद्यालयमा पढ्ने १५ बर्षिष बालक ईन्द्रजित शाह (ऋतिक) ले बिद्युतिय मोटरसाईकल निर्माण गरेर प्रयोगमा ल्याएका छन् । बेलबारी नगरपालिका २ मा हुर्किएका ऋतिकले  कवाडी सामान भेला गरि बिद्युतिय मोटरसाईकल निर्माण गरेर प्रयोगमा ल्याएका हुन् ।

ऋतिकले  कवाडी सामाग्रीको सदुपयोग गर्दै विद्युतीय बाइक बनाउँन सफल भएकाेले विद्यार्थीकाे  प्रतिभालाई उच्च सम्मान गर्दै कक्षा १२ सम्म नि:शुल्क पढाउने घाेषणा गरेको विद्यालयका प्रधानाध्यापक हिक्मतबहादुर बस्नेतले उल्लेख गरे ।    ऋतिक अहिले आफुले निर्माण गरेको त्यहि माेटरसाइकल  चढेर विद्यालय तथा आवश्यक कामका लागि हिड्ने समेत गर्छन । यस अघि उनले १४ बर्षकाे हुँदा बिद्युतिय साईकल  निर्माण गरेर वरपर सबैलाई देखाइ दिएका थिए ।

माेटरसाइकले दैनिक करिब ५ रूपैयाँको बिजुली खपत गरी ४० किलोमिटर सम्मको यात्रा तय गर्न सकिने ऋतिकले उल्लेख गरेका छन् । `` वार्षिक परीक्षा पछिकाे बिदाकाे समयमा  माेटरसाईकल बनाएर प्रयाेगमा ल्याएकाे छु ´´ ऋतिकले भने `` सामान उपलब्ध भए बिद्युतिय कार बनाउने  चाहाना रहेको छ ``। विद्यालय समय बाहेक बिद्युतिय साईकल,मोटरसाईक लगायतकाे उपकरण निर्माणमै भाइ ऋतिक  व्यस्त हुने गरेको दिदि मनिषा शाहले जानकारी दिइन ।

उनले बुबा बैदेशिक रोजगारीका लागि ४ बर्ष बसेर अहिले घर फर्किएकाे तथा आमा लालभित्ति चाेकमा ठेलामा प्याजी ,आलुचप लगायतकाे नस्ताकाे पसल सञ्चालन गर्ने गरेकाे बताइन् ।आमाबुबाकाे  मेहनतको कमाईले हामी छोराछोरी हुकाईरहेकाे तथा जेठाेभाईले माेटरसाइकल बनाएर कक्षा १२ सम्म नि:शुल्क पढ्न पाउँने खबरले आफु खुसि भएको मनिषाले उल्लेख गरिन्।   ऋतिकले विद्युतिय माेटरसाइकल निर्माणकाे लागि फ्रेम कवाडीबाट रू ५ हजारमा खरिद गरेकाे बताए  ।

उनले बाइकको मोटर, मिटर ,डिस्प्ले, हेड लाइट लगाएका  निर्माणमा प्रयोग भएको सामाग्री  कुल ४५ हजार लागत लागेकाे उल्लेख गरेका छन् । घरमा नै माेटरसाइकल चार्ज गर्ने ठाउँ  बनाएकाेले  पेट्रोलले चल्ने भन्दा धेरै सजिलो भएको  ऋतिककाे भनाइ रहेको छ । `` चाबी अन गरेर एक्सिलेटर चलाए पछि कुनै आवाज ननिकाली बाइक  चल्छ ´´ ऋतिकले भने ``घरमा परिवारकाे आर्थिक अवस्था कमजोर छ ,समयले साथ दिए इन्जिनियर पढ्ने चाहाना रहेको छ ।´´   सानै उमेर देखि फरक क्षमताका विद्यार्थी ऋतिकले गरेको कार्यले आफु प्रभावित भएको तथा स्थानीय तहहरूले समेत यस्तो प्रतिभालाई  चिनेर सहयोग गर्नु पर्ने विद्यालयका सहायक प्रअ राजेन्द्र गिरीले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित