रामायणमा रणवीर कपुरलाइ २२५ करोड पारिश्रमिक ! अरूलाइ कति ?
![](https://snowberry.prixacdn.net/media/gallery_folder/Capture.JPG-2203_zM34t8y6zf_yeekbqvmw7wa0cxzwkpjroydzzxv4uvqiuswmbskqnz4bkvmgwa5zlxwxwy6_u9chr0xWwp_0fvpmmvjtrw13rgjhiux7hr4emaegbdsfz4k6cgq1qlhkraddej6fuubysde.jpg)
काठमाडौं । नितेश तिवारीको फिल्म रामायणको सुटिङ सुरु भएको छ । हालै सेटका कलाकारका केही तस्विर पनि सार्वजनिक भएका छन् । जसमा अरुण गोभिल, लारा दत्त र शीबा चड्डा पूरै पहिरनमा देखिएका थिए । नितेश तिवारी पनि फिल्मको सेटमा देखिएका थिए ।
यसलाई रणवीर कपुरको करियरकै सबैभन्दा ठूलो फिल्म भनिएको छ । जसका लागि उनले राम्रै पारिश्रमिक पनि लिएका छन् । नितेश तिवारीले ‘रामायण’लाई तीन भागमा बनाउन लागेको खबर छ । कोइ मोइ डटकमको रिपोर्ट अनुसार रणवीर कपुरले ‘रामायण’ को एक फिल्मका लागि करिब ७५ करोड भारु लिइरहेका छन् । अर्थात् उनलाई तीन फिल्मका लागि करिब २२५ करोड रुपैयाँ दिइनेछ । जहाँ सीताको भूमिका निभाउन लागेकी साई पल्लवीलाई एउटा फिल्मका लागि ६–८ करोड मात्रै दिइनेछ ।
यशले फिल्ममा रावणको भूमिका निर्वाह गर्ने बताइएको छ । उनले एउटा फिल्मका लागि करिब ५० करोड भारु लिनेछन् । केही दिनअघि यश ‘रामायण’ को दोस्रो र तेस्रो किस्तामा मात्रै देखिने खबर पनि आएको थियो । जसका लागि उनलाई कुल १०० करोड रुपैयाँ दिइने छ । केजीएफ र ‘ब्रह्मास्त्र’ पछि यश र रणवीर कपुरको लोकप्रियता निकै बढेको छ ।
हालै सामाजिक सञ्जालमा अरु केही तस्विरहरु बाहिर आएका छन् । अरु तस्बिरहरु सेयर भए पनि केहि समय पछि डिलिट भयो । फिल्मसँग सम्बन्धित कुनै पनि फुटेज वा कलाकारको लुक्स पहिल्यै सार्वजनिक होस् भन्ने निर्माताले नचाहने विश्वास गरिएको छ । त्यसैले सेटबाट कुनै पनि तस्विर लीक नहोस् भन्ने कुरामा विशेष ध्यान दिइएको छ । तर यति कडा सुरक्षापछि पनि सेटबाट केही भिडियो र तस्विरहरु बाहिरिएका छन् ।
यसको आधिकारिक घोषणा यही रामनवमीमा गरिने बताइएको छ । मिडिया रिपोर्टमा यो ठूलो बजेटको मल्टीस्टारर फिल्म हुने दाबी गरिएको छ । जसमा बलिउडसँगै साउथका स्टारहरु पनि रहनेछन् ।
![पूर्ण बहादुरको सारङ्गीको दोस्रो चरणको छायांकन सुरु](https://snowberry.prixacdn.net/media/gallery_folder/Sarangi.png_uVYld5NSkh_2onznfkshmv26i4zbnvz715un6ooepmwgdu5jqpoe9dzbdus6gr45qvlnznq_K1FJbPEy9A_4feprc6mjj7uvpdpcnctyfvboxsfocqv13ap7apfnci6uimmo3gojcqz1qpb.png)
पूर्ण बहादुरको सारङ्गीको दोस्रो चरणको छायांकन सुरु
![सिसन बानियाँले खोले फिल्म कम्पनी](https://snowberry.prixacdn.net/media/gallery_folder/sss_umwXz1g2iE_6leqpfvt4vdxcxpfgjvkukarlc4a6yyjmvbcsmvwlkn96r6s78htjvrf9fzj_MxrDsNfLuo_qr2klvv2o8tjwqvslqsvghwtl4j2dwkmiq4naijghccdcjtcmjlt2uhpar86.jpg)
सिसन बानियाँले खोले फिल्म कम्पनी
![‘के घर के डेराः घर नम्बर २’ मा भित्रिए अभिनेता बस्नेत](https://snowberry.prixacdn.net/media/gallery_folder/nischal.jpg_iYINuYtSI8_1mhqm489nifkfhibylpztv5cdmxvhdptflydvmmojrnnhuoapnibplzoa0lh_HasZGKYHJA_h7jpd9zk2nrj3efbz6ecdhbcyibmlgmp15ia3aqzwzddjggs8brzq3j326za.jpg)
‘के घर के डेराः घर नम्बर २’ मा भित्रिए अभिनेता बस्नेत
![नाकभित्रको सानो नसा फुटेको रैछ, अहिले अवस्था सामान्य छ- हरिबंश आचार्य](https://snowberry.prixacdn.net/media/gallery_folder/452287375_1037368801083518_4810767438107096189_n.jpg_QwsQMJzsgB_hnqi3hccqgckbgbugivyfm8ucrpssphkoltzkip2g6sit7zyvkk7ump6vo8w_yq8OsGh3PC_qz1koutnjvczrafqok5lcj8lc1ad79i0azvecihuuxm9ws8zaruapzigamzv.jpg)
नाकभित्रको सानो नसा फुटेको रैछ, अहिले अवस्था सामान्य छ- हरिबंश आचार्य
![हास्य कलाकार हरिवंश आचार्य अस्पताल भर्ना, स्वास्थ्य उपचारमा कमि हुन नदिन मुख्यमन्त्री कार्कीकाे निर्देशन](https://snowberry.prixacdn.net/media/gallery_folder/haribansha-achrya_nZdOFKOIai_dgc9gleo5jp2joriurnjdxzslr1rusj0qshdlzzzgauv16zxsvd0dfojk4fx_eXu9prYATF_mxd97ywhecqycgvw32b2xdhfozpyjb9u37at3cq2fcpohln0ssdwsyiawsnj.jpg)
हास्य कलाकार हरिवंश आचार्य अस्पताल भर्ना, स्वास्थ्य उपचारमा कमि हुन नदिन मुख्यमन्…
![फिल्म ब्याड न्यूजको बक्स अफिसमा गुड न्यूज !](https://snowberry.prixacdn.net/media/gallery_folder/Bad-Newz.png_Cvek1p1JcB_cb3wl8jbyxmdrvv3j7gyi7fgbvwzp8fkwasajyyk4p7ix3werjgabequ946y_K2lHk7jtMF_icrwwfwcugrlaiglrbj2zbob8vprsxloziurnwldnolxarymcog0w8esnpad.png)
फिल्म ब्याड न्यूजको बक्स अफिसमा गुड न्यूज !
![अभिनेत्री जान्हवी कपूर अस्पताल भर्ना](https://snowberry.prixacdn.net/media/gallery_folder/janvi_XYZy0JRyOq_geuymxxejzfupai6jqnegxfhfjoi6rkho6kk6criq41jwfrsmlle4egvhgqn_1hLqA52xFQ_srcaqzh1v2n9pws6y0b6bppjr48sov8zp4rbkgikume83ti2doxfssraaa34.jpg)
अभिनेत्री जान्हवी कपूर अस्पताल भर्ना
![‘सक्किगोनि’ टिमले चलचित्र ‘लाज शरणम’ बनाउने](https://snowberry.prixacdn.net/media/gallery_folder/laj-saranam_nW1FnqFF9c_bcolk1eobiinhfviuwumb5zvpyayunttavf03t0k6nrkbxthos4bfb3vvgfk_a54LBTITK1_k9f4lhxsvknvmzqmkjeoh6taapy20etkbz8ke9uyjyjziw9816mckspqno1n.jpg)
प्रतिक्रिया