संख्यामा थाेरै भएपनि हरेक क्षेत्रमा अब्बल र उत्कृस्ट छ दशनामी
इटहरीमा साधारण सभा संगै नेतृत्व तथा ब्याक्तित्व तालिम सम्पन्न
![](https://snowberry.prixacdn.net/media/gallery_folder/das_0QEr9HXax5_d2lk1nbaw8tbhbukws8oh9rg1mxgclwhfsfxyxeig7wkpblkj2vslnn4v9hn_O6wymivNR6_natl6yjmh2m5fh9km2uxsot2xwqg1evp2fpfrt7abuuknxwcsuepifzx9bgc.jpg)
इटहरी । नेपाल दशनामी समाजले सुनसरीको १२ वटै स्थानीय तहहरूमा संगठन बिस्तार गर्ने भएको छ । सुनसरीको इटहरी २० तरहरा स्थित रुद्राक्ष पार्टी प्यालेसमा आयोजित समाजको वार्षिक साधारणसभा संगै एकदिने नेतृत्व तथा व्यक्तित्व विकास तालिममा वक्ताहरुले संगठन बिस्तारमा जोड दिएका हुन ।
कार्यक्रमका प्रमुख अतिथी नेपाल दशनामी समाजका केन्द्रिय उपाध्यक्ष तेज बहादुर पुरीले अन्य जातीय संगठनको तुलनामा दशनामी थाेरै संख्यामा भएपनि उत्कृस्ट र अब्बल रहेकाे बताए । सामाजिक लगायत बिभिन्न क्षेत्रमा सकृिय देखिए पनि संगठन बिस्तार भने न्युन रहेकाे बताए । उनले देशभर कुल १ लाख ९८ हजार ८४९ दशनामी सदस्यहरु रहेको बताउदै समाजले इटहरीमा नाैलाे र उदाहरणीय कार्यक्रम गरेकाे बताए ।
त्यस्तै कार्यक्रमका अतिथी नेपाल दशनामी समाजका केन्द्रिय कार्यवाहक महासचिव अशोक गिरीले समाज परिवर्तन देखि मुलुकमा लोकतन्त्र स्थापनामा दशनामीले महत्वपूर्ण भूमिका निर्वाह गरेकाे उल्लेख गरे । दशनामी संख्यामा थाेरै भएपनि सामाजिक लगायत बिभिन्न क्षेत्रमा अब्बल रहेकाे उल्लेख गरे ।
कार्यक्रममा अध्यक्ष गोविन्द पुरीले आफ्नो कार्यकालमा वर्षभरी गरेको प्रगति विवरण पेस गरे । उनले आफ्नो नेतृत्वमा जिल्ला समिति गठन पश्चात् एक वर्षमा १९ वटा विभिन्न महत्वपूर्ण कार्यक्रमहरु गरेको बताए ।
अध्यक्ष पुरीले अबको १ वर्ष भित्र सुनसरीको १२ वटै स्थानीय तहहरुमा दशनामी समाजको संगठन बिस्तार गरि विभिन्न सीपमूलक तालिमहरु आयोजना गर्ने योजना रहेको सुनाए । त्यस्तै कार्यक्रममा समाजका सुनसरी कोषाध्यक्ष भुपराज पुरीले संस्थाले वर्षभरी गरेको आर्थिक विवरण पेस गरेका थिए ।
संस्थाले एक वर्षको अवधीमा सबै खर्च कटाएर कुल २लाख २३ हजार ५५० मुनाफा राखेको कोषाध्यक्षको आर्थिक प्रतिवेदनमा उल्लेख छ । कार्यक्रममा सामाजिक अभियान्ता तथा सहकारीकर्मी टिकादत्त वनले नेतृत्व कसरी लिने र पाएको जिम्मेवारीलाई सहज ढंगले कसरी निर्वाह गर्ने जस्ता उपयोगी प्रशिक्षण दिएका थिए । उनले पछिल्लो समयमा वित्तिय क्षेत्रमा देखिएका समस्या र समाधानका उपायहरु सहित उद्यमशीलता र संगठनात्मक क्षमता अभिवृद्धि तालिम प्रदान गरेका थिए ।
त्यस्तै कार्यक्रममा प्रमुख प्रशिक्षणको भूमिका डा.ताराप्रसाद गिरीले युवा वर्गलाई लक्षित गरी प्रेरणादायी भनाइहरु सहित व्यक्तित्व विकास सम्बन्धि तालिम दिएका थिए । उनले देशको पछिल्लो राजनीतिक अवस्थाका कारण युवाहरूमा निराशा बढेको र दैनिक रोजगारीको खोजीमा बिदेशीनुपरेको तितो यथार्थ सुनाएका थिए । उनले युवाहरूलाइ प्रेरणा मिल्ने गरी ब्याक्तित्व बिकासबारे प्रशिक्षण दिएका थिए । नेपाल दसनामी समाज सुनसरीका सचीव राजन कुमार बनले सञ्चालन गरेको कार्यक्रममा दसनामीका करीब ४ सय युवा तथा सदस्यहरुको उपस्थिती रहेको थियो ।
![इटहरीका समालोचक डा. रामजी तिम्सिना बेपत्ता : भेटियाे ‘जलसमाधि लिदैँछु, अलबिदा’ लेखेकाे पत्र](https://snowberry.prixacdn.net/media/gallery_folder/RAmji_timsina_NakqPWGGau_n11co2cxaclmcfsjuzk2r6eznbz74cfkve4ueqepqbxbaohso3ep0r6zrpxv_w9tPVHWDll_qiwmfcunwvtekghd8pgwyl6e6u6vzxif5uexcbnoxos3cnk9fck3m1lxhuju.jpg)
इटहरीका समालोचक डा. रामजी तिम्सिना बेपत्ता : भेटियाे ‘जलसमाधि लिदैँछु, अलब…
![इटहरी उपमहानगरको ‘उज्यालो इटहरी ’ अभियान सुरु](https://snowberry.prixacdn.net/media/gallery_folder/Itahari-nagar_hyCoH1VxOV_cl0ld2pzgkjtd9bh8vmhcmh3xcsl48hdpaeffcdhzrwv8qhhdjqwk2qhp5wc_oBEj7b2a0f_n7sbrhp4rs2mlrdwiazmmx0rxpk557gjkt4xxnedivyj5pu2wvw83omfus1p_Br3bFDAMrr_0xohiljxbendrhb4u3gkrtkwhq6qw0advduilnqfnv0boze0q8pfh9lwhl0a_hbEPMnFYyY_inaao8wrrqdbn7bkfrzjkpkb1plnat7r6u5xb7djiudnd7xdxktbwivpvmnm_Lv8YN41DHf_rdslsj3osf4kedrbfrukgc4pprk9kwn3gkj7pqctigrcas0jljvkplejjdzu_9XXjqNboq5_5x20ngvkardxog3bypeggwy8oooonksaggvtxlq7c9wa4wblp4bgjfsw4agk_mBVFb0LuIE_hlf9o9jwoh88tiecej0gfpat54qcfen4n3iw88ya43brhz7mgis62ijm3qro_hKGWVCtNFw_kurvjg82rem70k5tdpczyjhmmg0uy2xuxhehkupnn0htmwxgx7m6uasylozr_jYJlDQSMNq_ur3o1abm1suv8qhthhkpycgmttxlelbmadnuvo3kiiysxhrloessdhflfcda_lFbLWVm7wj_hw14ngxve6ipwernxx7izfgydidybqf3u7gxojicr8gph1kupqpgecluffvr_26uPQuBihQ_yp1z8launyv85kpoto2aic4newirii7njkdckpypupkjmbm9loyqdrlbmqla_II7ZSeAIdL_l2jgx7y9ylgtfnycdsis2qslaifb58mvjkpdkyqlr5peze0pm03ccoifzy9q_dNU6V9HoNO_pqpxhrl7ztu6ugrez04b0ibexctylwsvmraey5foyzw2sy6lo5adlrraqtb1.jpg)
इटहरी उपमहानगरको ‘उज्यालो इटहरी ’ अभियान सुरु
इटहरीमा एमालेले गर्याे कार्यपालिका बैठक बाहिस्कार : उपभोक्ताले करौडौ भुक्तानी…
![इटहरीको खेती खोलाका दुई सय ४८ घर भत्किने : ५० वर्षको पानीको बहाब अध्ययन गर्दै उपमहानगर](https://snowberry.prixacdn.net/media/gallery_folder/khetikhola-1-750x375_XmhnK5bDel_muv22fisukjwnmjdoyjgrec4upqft1gsyby2dyilvaqevvbo47kn6rjdntow_IWqDObWeR1_mx8kfsjqtwu6ypakye7a1xnyykt1jqggg86ejk6hhe45wbrstahjalcrl0ik.jpg)
इटहरीको खेती खोलाका दुई सय ४८ घर भत्किने : ५० वर्षको पानीको बहाब अध्ययन गर्द…
![वडाध्यक्ष दिवश पाेख्रेलकाे दुइ वर्ष : मुख्य चाैककाे शाैन्दर्यता फेर्ने देखि ,ड्रेन निर्माण सम्म](https://snowberry.prixacdn.net/media/gallery_folder/dren_8lE2tuVc2S_pttevknddgl6plk1eczsujvbohvzmsfrmjuygl8dtowlcqlsefskity15zul_79jh2Q0gxX_hssfudqwuwsxeut3rkkrenwduivvyhaooxazlmthoxels0lqcvb2wqrnxfud.jpeg)
वडाध्यक्ष दिवश पाेख्रेलकाे दुइ वर्ष : मुख्य चाैककाे शाैन्दर्यता फेर्ने देखि ,ड्रे…
![बजारको फोहर नउठाएपछि नगरपालिकाको मूलगेटमा फोहर](https://snowberry.prixacdn.net/media/gallery_folder/fohor.png_2n0IYJiIh4_ljuz3u1cposmdhvadi9kz4kqofg8bedqi6zdfqlpvvq9ir7u0rlhluuwl9db_wKO7FRnIe5_d9yjyc6npnqfcuewqc9fd3ixch2mvpea6nzvcmgqcb0msnckcnoraqkyt49t.png)
बजारको फोहर नउठाएपछि नगरपालिकाको मूलगेटमा फोहर
![गाउँ गाउँमा सडक र सिचाई पुर्याउन काम गर्दै छु : अध्यक्ष तेजनारायण चौधरी](https://snowberry.prixacdn.net/media/gallery_folder/itahari16_gYvIy6pwqP_3zymxohur3ocdigerx8exr7ndvy0ocquiix3eu1ibnrfwiiysjfkhjhpxx33_iiEWNep37W_qfxi5d0sfva0qahyclifcvtemjtjqk7onxebtiq7u3xawhacmdv7lq5ic0am.jpg)
गाउँ गाउँमा सडक र सिचाई पुर्याउन काम गर्दै छु : अध्यक्ष तेजनारायण चौधरी
![अत्यधिक गर्मी बढेपछि इटहरीमा दुई दिन विद्यालय बन्द](https://snowberry.prixacdn.net/media/gallery_folder/iii_k7SUFLVvMO_41kkotufdmz9dnmnlsxy12bpw835s5jucjadxr5dulx7mpqfdehbhzfqol8v_dkcyf9ueKq_tl9l1g8xkrdxcq7pakvmfvclyp4kibc52khvqzu9dalmhuv6rgrai4zg3cru.jpg)
प्रतिक्रिया