काठमाडौँ महानगरका सामुदायिक र संस्थागत विद्यालयले पाठ्यपुस्तक, पोशाक र स्टेशनरी विक्री गर्न नपाउने

काठमाडौँ । काठमाडौँ महानगरपालिकाभित्रका विद्यालयहरु (सामुदायिक र संस्थागत) ले शैक्षिक बर्ष २०८१ का लागि प्रयोग गर्ने पाठ्यपुस्तक, पोशाक तथा स्टेशनरी विद्यालयबाटै विक्री गर्न र किन्न बाध्य बनाउन नपाउने भएका छन् । शिक्षा विभागले विद्यालयहरुलाई परिपत्र गर्दै प्रचलित कानुन विपरीत नगर्न सचेत गराएको छ । 

सामुदायिक विद्यालयहरुले पाठ्यक्रम विकास केन्द्रले तयार पारेका पाठ्यपुस्तक मात्र प्रयोग गर्न पाउनेछन् । अंग्रेजी माध्यमका पाठ्यपुस्तक प्रयोग गर्नु परेमा केन्द्रले अनुवाद गरेर प्रकाशन गरेका वा सूचीकृत भएका मात्र प्रयोग गर्नुपर्नेछ । यसवाहेकका पाठ्यपुस्तकका लागि महानगरपालिकाले भुक्तानी गर्दैन । 

संस्थागत विद्यालयले पनि पाठ्यक्रम विकास केन्द्रले सूचीकृत गरेका पाठ्यसामग्री मात्र प्रयोग गर्न गराउनु पर्नेछ । विद्यालयहरुले यसविपरीतका कार्य (स्वीकृत पाठ्य सामग्री प्रयोग नगरेमा, पोसाक, स्टेशनरीलगायतका सामग्री विद्यालयबाट खरिद गर्न विद्यार्थी तथा अभिभावकहरुलाई बाध्य गराएमा) शिक्षा ऐन, २०२८, शिक्षा नियमावली २०५९ तथा काठमाडौं महानगरपालिका शिक्षा ऐन २०७५, नियमावली २०७४ तथा प्रचलित कानुन बमोजिम कारबाही हुने परिपत्रमा उल्लेख छ । 

प्रतिक्रिया

सम्बन्धित

बिद्यार्थी नेतृत्वकाेलागि पिसजाेनमा ११ गते निर्वाचन हुने : १२ पदकालागि ५१ जनाकाे उम्मेद्वारी

बिद्यार्थी नेतृत्वकाेलागि पिसजाेनमा ११ गते निर्वाचन हुने : १२ पदकालागि ५१ जन…

इटहरी सिबि कलेजका बिद्यार्थीलाई  हाेटल म्यानेजमेन्ट सम्बन्धी तिन दिने तालिम

इटहरी सिबि कलेजका बिद्यार्थीलाई हाेटल म्यानेजमेन्ट सम्बन्धी तिन दिने तालिम

बेबीलाेनका विद्यार्थीले निर्वाचनबाट छाने विद्यालयको कप्तान उपकप्तान (फाेटाे फिचर )

बेबीलाेनका विद्यार्थीले निर्वाचनबाट छाने विद्यालयको कप्तान उपकप्तान (फाेटाे फि…

इटहरी उपमहानगरपालिकाद्वारा नीजि विद्यालयको शुल्क निर्धारण : सात दिनभित्रमा कार्यान्वयन नगरे कारबाही

इटहरी उपमहानगरपालिकाद्वारा नीजि विद्यालयको शुल्क निर्धारण : सात दिनभित्रमा का…

बङ्गलादेशको चिकित्सा शिक्षा कोटा बारे गुनासो सम्बोधन गरेको शिक्षा मन्त्रालयको दाबी

बङ्गलादेशको चिकित्सा शिक्षा कोटा बारे गुनासो सम्बोधन गरेको शिक्षा मन्त्रालयको द…

नमुना कलेजकाे विद्यार्थी बिदाइ कार्यक्रम , शिक्षकहरूले दिए हौसला

नमुना कलेजकाे विद्यार्थी बिदाइ कार्यक्रम , शिक्षकहरूले दिए हौसला

इटहरीको सुष्मा कलेजले जेष्ठ् ३ र ४ गते "AI Boot Camp" आयोजना गर्ने

इटहरीको सुष्मा कलेजले जेष्ठ् ३ र ४ गते "AI Boot Camp" आयोजना गर्ने

इटहरी सेफर्डका विद्यार्थीहरूले गरे टोल सरसफाई (फाेटाे फिचर)

इटहरी सेफर्डका विद्यार्थीहरूले गरे टोल सरसफाई (फाेटाे फिचर)