एसइई ब्याच २०८० का बिद्यार्थिहरूलाई सिबि स्कुलले गर्याे बिदाइ

इटहरी । सुनसरीको इटहरी स्थित सिबि रेसिडेन्सियल सेकेन्डरी स्कुलले हालै सम्पन्न एसइई परिक्षामा सहभागी २६ जना बिद्यार्थीहरूलाइ विभिन्न कार्यक्रम गरी बिदाइ गरेको छ । विद्यार्थीको उज्ज्वल भविष्यको कामना सहित पर्यटकीय स्थल भेडेटारमा एक कार्यक्रम बिच बिदाइ गरिएको हो ।

बिदाइ बिच शिक्षकसँगै र विद्यार्थीहरू पनि केही समय भावुक बनेका थिए । एसइई पछि बिद्यार्थिहरूकाे अध्ययन थप सशक्त बनाेस भन्ने उत्प्रेरणा सन्देश सहित बिद्यार्थीहरूलाइ बिदाइ गरिएको सिबि स्कुलका प्रिन्सिपल खेमराज बास्तोलाले बताए ।

कार्यक्रममा उपस्थित बिद्यार्थिहरूले पनि  एसइई पछि विद्यालयबाट बिदाइ भए पनि सदभाव , शिक्षकहरूको सिकाइ जीवनमा उपयोगी रहेको र सदै स्कुलको मान राख्ने काम गरेर देखाउने प्रतिबद्धता जाहेर गरेका थिए । कार्यक्रममा २६ जना विद्यार्थीहरू सहित विद्यालयका शिक्षकहरूको पनि उपस्थिति रहेको थियो ।

बि.स२०५७ सालमा स्थापित यस विद्यालयले प्रत्येक वर्षको एसइइ परीक्षामा शत प्रतिशत नतिजा ल्याउनका साथै विभिन्न जिल्ला तथा शहरहरूमा आयोजना हुने खेलकुद प्रतियोगिता एवम् अतिरिक्त कृियाकलापहरूमा समेत उत्कृष्ट नतिजा ल्याउन सफल बनेको छ ।

प्रतिक्रिया

सम्बन्धित