सुपरस्टार देव आनन्द, जसलाइ अदालतले कालो कोट लगाउन प्रतिबन्ध लगायो
![](https://snowberry.prixacdn.net/media/gallery_folder/Capture.JPG-2194_V4uWisuVVv_gbysznlku1u32xby9xw10nxah59fs8rsjzjvlr4qiiz3g75j5nkbc02qgbqx_QccOj51bDO_jwe8cagayb9nrhgfcpfsx4auoihml3higzvudig7vnnvoofv9sb6xpsdea8b.jpg)
मुम्बई । हिन्दी सिनेमाका पहिलो सुपरस्टार देव आनन्दको लागि सारा संसार पागल थियो । उनी बलिउड उद्योगमा एक मात्र कलाकार थिए, जसको प्रतिस्पर्धामा कहिल्यै कोही आएको छैन र आउने पनि छैन्।
आफ्नो उत्कृष्ट अभिनयका साथसाथै देव आनन्दले आफ्नो स्टाइलले करोडौंको मनमा राज गर्थे । फ्यानहरु उनको लागि पागल थिए । आफ्नो मनपर्ने स्टारको झलक पाउन उनका फ्यानहरू जे पनि गर्न तयार थिए । त्यसैले आज हामी तपाईलाई देव आनन्दका फ्यानसँग सम्बन्धित एउटा यस्तो घटना बताउन गइरहेका छौँ, जुन थाहा पाउँदा तपाई छक्क पर्नुहुनेछ ।
देव आनन्द आफ्नो समयका सबैभन्दा सुन्दर अभिनेता थिए। उनी आफ्नो लुक्सका कारण धेरै चर्चामा रहे । उनलाई बलिउडको फेसन आइकन पनि भनिन्छ । केटीहरू उनको स्टाइलमा पागल थिए। भनिन्छ, केटीहरू देव आनन्दका लागि यति पागल थिए कि उहाँको एक झलक पाउन घरको छतबाट हाम फाल्ने गर्थे । यही कारणले गर्दा अदालतले देव आनन्दलाई कालो सूट लगाउन प्रतिबन्ध लगाइएको थियो।
वास्तवमा देव आनन्दको फिल्म ‘काला पानी’ सन् १९५८ मा रिलिज भएको थियो । यस फिल्ममा उनले सेतो शर्ट र कालो कोट लगाएका थिए । उनको ड्यासिङ लुक निकै मन पराइएको थियो । देव आनन्दको यो लुकको क्रेज यस्तो थियो कि उनलाई देखेपछि केटीहरू आफ्नो छतबाट हाम फाल्न तयार भए । सुपरस्टारको एक झलक पाउनका लागि धेरै केटीहरूले आत्महत्याको प्रयास समेत गरेको खबर आएको थियो । मुद्दा गम्भीर भएपछि अदालतले देव आनन्दलाई कालो कपडा लगाउन प्रतिबन्ध लगाएको थियो ।
हिन्दी सिनेमाको इतिहासमा नायकको पहिरनमा अदालतले हस्तक्षेप गरेको यो पहिलो पटक हो । सन् १९४६ मा उनले देव अनन्तको फिल्म ‘हम एक हैं’ बाट आफ्नो फिल्मी करियर सुरु गरेका थिए । यसपछि उनले कहिल्यै पछाडि फर्केर हेरेनन् । उनले आफ्नो करियरमा १०० भन्दा बढी चलचित्रमा काम गरेका छन् । तर, ४ डिसेम्बर, २०११ मा देव आनन्दले यस संसारलाई सधैंको लागि अलविदा गरेका थिए।
![गायक राहत फतेह खान भन्छन्- दुबईमा मेरो गिरफ्तारीको अफवाह फैलाइयाे](https://snowberry.prixacdn.net/media/gallery_folder/newskarkahna-news731670._TNGnFjVLnA_airtagk25p11dekgyvnfou90jsmwbsixs0empl1i9p65ba2vfrokindlg2jk_LqWKwmZw7o_fufntvokqvgsu3ak5cyagbtuaxz65n4ngd9gcfd9ajzskv43l3qjexmmilgq.png)
गायक राहत फतेह खान भन्छन्- दुबईमा मेरो गिरफ्तारीको अफवाह फैलाइयाे
![करण जोहरलाई सन्तानले सोधे– ‘हामी कसको पेटबाट जन्मियौँ ?’](https://snowberry.prixacdn.net/media/gallery_folder/Karan-Johar-Yesh-_stWrlSdGVu_pnxszzg98hrqznagw3yad37ehpvhvngcbhuvxvq34abh09qlsi2gwb678ifb_f9jHW6wZFF_ddfetnen9s62us5mpdb2owpsvtqfqcsnknr9fotwjsh3fmxafjmbgfqpsk5e.png)
करण जोहरलाई सन्तानले सोधे– ‘हामी कसको पेटबाट जन्मियौँ ?’
![मेरो शोमा सेलिब्रेटी बोल्न डराए, अब नयाँ किसिमले आउछु- करण जोहर](https://snowberry.prixacdn.net/media/gallery_folder/karan-johar.jpg_2ymcrzDisr_a8jiyh4g6gjmmqd3ktgkedo4tiefe3hekot6oxrukjekjgrswboqrmspzgmg_jFCAcdNOK4_p0wjo00pnrrkzbpwhlz1wkogg2lrwha8ia5nnlfqetyqmicz3tgcba1lwjgb.jpg)
मेरो शोमा सेलिब्रेटी बोल्न डराए, अब नयाँ किसिमले आउछु- करण जोहर
![विवाहको लागि कहिलेदेखि तयार छु, अहिलेसम्म केटा पाएको छैन- अमिषा पटेल](https://snowberry.prixacdn.net/media/gallery_folder/Ameesha.jpg_C4Y4pQJeU4_lzt3gigqae9940rgf5myuw3hpffhqzcrgrestar1dlahc1bmm0zjvb3pexzg_I4NYp6JSVm_zxyfs3q3fnr6eei8k06zgzmjqe8z5xcfdxootompftmevybbwjn15vewgzjg.jpg)
विवाहको लागि कहिलेदेखि तयार छु, अहिलेसम्म केटा पाएको छैन- अमिषा पटेल
![बलिउड गायिका अल्का कसरी भइन् कान नसुन्ने ? यस्तो छ कारण](https://snowberry.prixacdn.net/media/gallery_folder/alka_8gLfPpKDK4_pd8npca1pgbse9jths5tzicsr7kk5wdnfbfzd3xg3n4nearzrsvedc80jtyu_qkHe18Fb7Y_pdogt62j2kh8rxbwxqcz6vyhhp239jrrxl42cmjmzxazhzegbh2vs20ktxn9.jpg)
बलिउड गायिका अल्का कसरी भइन् कान नसुन्ने ? यस्तो छ कारण
![बक्स अफिसमा लगतार फ्लप अक्षय कुमार ,हिट फिल्मको खोजीमा छन अहिले](https://snowberry.prixacdn.net/media/gallery_folder/newskarkahna-news715430._VMrkgIxgtc_zxryiot5yczvbarkiijlmmo019sepictujrdahm7dewzpcdgl7qvpg2jp4wo_QTnK6Vsy6w_k16abdtnef2qdupogdiqugeay2kcsq8gnz80butanazrbankcekmdufcxgrm.png)
बक्स अफिसमा लगतार फ्लप अक्षय कुमार ,हिट फिल्मको खोजीमा छन अहिले
सलमानको सिकन्दरमा ‘कटप्पा’ भिलेन
![अस्पताल भर्ना भइन् राखी सावन्त, मिर्गौला र मुटुमा समस्या](https://snowberry.prixacdn.net/media/gallery_folder/Rakhi-Sawant-%25E0%25A4%2589%25E0%25A4%25AE%25E0%25A5%258D%25E0%25A4%25B0-%25E0%25A4%25AC%25E0%25A5%2589%25E0%25A4%25AF%25E0%25A4%25AB%25E0%25A5%258D%25E0%25A4%25B0%25E0%25A5%2587%25E0%25A4%2582%25E0%25A4%25A1-%25E0%25A4%25AA%25E0%25A4%25A4%25E0%25A4%25BF-%25E0%25A4%25AA%25E0%25A4%25B0%25E0%25A4%25BF%25E0%25A4%25B5%25E0%25A4%25BE%25E0%25A4%25B0-Biography-in-Hindi_M0sztjfmTj_tbkxslbdwdyhvebvtk94mjj2zedzk6ec3o9q8jhrsy3txohfrrjeiv1kxit7_qWaHAfWyG5_6wc2hle7tdhesqnx7koenzav6gnyabqolc3mtmgk78j8cqh3d59ugzddyfdu.jpg)
प्रतिक्रिया