सेफर्डले चिल्ड्रेनकाे  १९औ वार्षिक उत्सव , इटहरीभित्रकै नमुना स्कुल बनाउने प्रतिवद्धता

इटहरी ।  सुनसरीको इटहरी ४ सिसिर टोलस्थित सेफर्ड चिल्ड्रेन एकेडेमीले शुक्रवार १९ औ वार्षिकोत्सव तथा अभिभावक दिवस कार्यक्रम भव्यताका साथ सम्पन्न गरेको छ ।

विद्यालयकी निर्देशक एलीना शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विद्यार्थीहरूले रमाइलो नृत्य एवम् सांस्कृतिक कार्यक्रमहरू प्रस्तुत गरेका थिए ।

कार्यक्रममा ५०० भन्दा बढी अभिभावकको उपस्थिति रहेको थियो । कार्यक्रमका प्रमुख अतिथि कोसी प्रदेश सांसद रेवती रमण भण्डारीले विद्यालय क्षेत्रको अवलोकन गरेका थिए । उनले भौतिक संरचना निर्माण सँगै गुणस्तरीय शिक्षा प्रदान गरेको भन्दै विद्यालयको प्रशंसा पनि गरेका थिए ।

विद्यालयका प्रिन्सिपल मिलन राईले आगामी दिनमा यस बिद्याललाइ इटहरीकै नमुना स्कुल बनाएर देखाउने प्रतिबद्धता जाहेर गरे । साथै गरिब, पिछडिएका वर्ग तथा विभिन्न क्षेत्रहरूमा अब्बल रहेका विद्याथीहरुलाई विद्यालयले विशेष छात्रवृत्तिमा अध्यापन गराउने बताए । 

 कार्यक्रममा   इटहरी उपमहानगरपालिका वडा नं ४ का वडाध्यक्ष   भक्त लामा  , वडा सदस्यहरु  अमृत बस्नेत  , दिलु बराइली लगायतले विद्यालयको आगामी दिन अझ सशक्त र भविष्यमा प्रगतिको शुभकामना मन्तव्य राखेका थिए । 

प्रतिक्रिया

सम्बन्धित