तरहराको प्याराडाइस स्कुलले २९ औ वार्षिकोत्सव मनाउने : पूर्व मन्त्री रामकुमारी झाक्रिले सम्बोधन गर्ने

इटहरी । सुनसरीको तरहरास्थित प्याराडाइस इङलिस बोर्डिङ स्कुलले आगामी चैत्र २६ गते सोमबार २९ औ वार्षिकोत्सव तथा अभिभावक दिवस भव्यताका साथ मनाउने भएको छ । कार्यक्रमको लगभग तयारी अन्तिम चरणमा पुगेको स्कुलले जनाएको छ ।

कार्यक्रममा प्रमुख अतिथि पूर्व सहरी विकास मन्त्री रामकुमारी झाक्रीकाे विशेष सम्बोधन रहने जनाइएको छ । विभिन्न सांस्कृतिक कार्यक्रम सहित सञ्चालन हुने अभिभावक दिवसमा स्कुलका प्रिन्सिपल कृष्ण नेपालले वर्षभरि स्कुलले गरेको प्रगति विवरण सहितको आगामी योजना प्रस्तुत गर्ने जनाइएको छ ।

साथै २९ औ वार्षिकोत्सवकै अवसर पारेर स्कुलले गुरूकुल शिक्षा सम्बन्धी अभिभावकहरूलाई जानकारी गराउने भएको छ ।  गुरुकुल एकेडेमीको व्यवस्थापनमा आधुनिक प्रविधि सङ्गसङै असल संस्कार प्रदान गर्ने उद्देश्य बमोजिम अगाडि बढिने।

ABL /PBL approach मा आबद्ध रही क्रियाकलापमा आधारित सिकाई बारे अभिभावकहरूलाई बुझाइने छ ।साथै बालमैत्री वातावरणमा Progressive Education Model मा अघि बढिने र कार्यक्रममा robot बाट स्वागत मन्तव्य गराइने । नयाँ व्यवस्थापनको मातहतमा नयाँ तरिकाले विद्यालय सञ्चालन हुने जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित