गायक रवि ओडविरुद्ध बलात्कारको मुद्दा दर्ता

काठमाडौँ  / नेपाल आइडल सिजन–२ का बिजेता रवि ओडविरुद्ध बलात्कारको मुद्दा दायर भएको छ । कञ्चनपुरको इलाका प्रहरी कार्यालय झलारीमा उनकै श्रीमतीले केहि दिनअगाडी बलात्कारको जाहेरी दिएकी हुन् ।

कृष्णपुर नगरपालिका, गुलरिया घर भएका गायक ओडविरुद्ध अदालतबाट पक्राउ पुर्जीसमेत जारी भइसकेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता पुष्कर पन्तले बताए ।

रवि ओड नेपालको चर्चित रियालिटी शो नेपाल आइडल सिजन टू का विजेता हुन् ।

प्रतिक्रिया

सम्बन्धित