बेलबारीमा माया घर नेपाल ईटहरी र कलाकार सीता सुवेदीले जीवन जिउने कला सिकाउँदै

बेलबारी । मोरङको बेलबारी १ स्थित जनसांस्कृतिक भवनमा माया घर नेपाल ईटहरीको आयोजनामा जीवन जिउने कला सिकाईने भएको छ । कार्यक्रममा प्रमुख आकर्षणको रुपमा एक खुटटाको माध्यायबाट नृत्य गरेर चिनिएकी नृत्यांगना सीता सुवेदीको प्रस्तुति सँगै मोटिभेसनल स्पिच रहने छ । एउटै खुट्टाको साहारामा शास्त्रीय नृत्य गर्दै विश्वसामु नेपाली कला र संस्कृतिलाई चिनाउदै हिडेकी सुवेदीको प्रस्तुतीसँगै जीवन जिउने कला कार्यक्रम शुक्रबार मोरङको बेलबारी १ स्थित मदनमोहन पुष्परत्न साँस्कृतिक भवनमा आयोजना गरिएको छ ।

माया घर नेपालको एक ईट्टा अभियान कार्यक्रम अन्तर्गत आयोजीत शास्त्रीय नृत्यांगना तथा एमएस नेपाल इन्टरनेशनल २०२३ बिजेता सीताको ब्यक्तिगत जीवनको भोगाईबाट पनि धेरैले जीवन जीउने कला सिक्न सक्ने आयोजक माया घर नेपालकी अध्यक्ष शुभद्रा प्याकुरेलको विश्वास छ ।

प्रतिक्रिया

सम्बन्धित