पक्राउ परेकाे ६ घण्टा पछि छुटे गायक राजेश पायल राई , भाेली इटहरी आउने

इटहरी । मादक पदार्थ पिएर होहल्ला गरेको आरोपमा बुधबार राति पक्राउ परेका राईलाई प्रहरीले ‘सचेत’ गराएर बिहीबार बिहान छाडेको हो। आइन्दा त्यस्तो गतिविधि नगर्ने सर्तमा गायक राईसहितलाई रिहा गरिएको बानेश्वर प्रहरी वृत्तले जानकारी दियो।

मदिरा पिएर होहल्ला गरेको भन्दै स्थानीयले खबर गरेपछि प्रहरीले गायक राईसहितलाई अनामनगर क्षेत्रबाट गएराति पक्राउ गरेको थियो। छुटेलगत्तै गायक राईले फेसबुकमा लेखेका छन्, ‘तपाईंहरूको इटहरी। भोलि भेट्ने हामी। चैत्र २३ योयो, दर्शन नमस्ते।’

प्रतिक्रिया

सम्बन्धित