विश्वभर डाउन भएको फेसबुक, इन्स्टाग्राम र ह्वाट्सएप चल्न थाल्यो

एजेन्सी ।  मेटामा ठूलो प्राविधिक गडबडीका कारण यसका सबै प्लेटफर्म व्हाट्सएप, फेसबुक र इन्स्टाग्राम बुधबार राति झन्डै एक घण्टा डाउन भएका छन्।
तर, अहिले प्राविधिक त्रुटि सच्याइसकेको मेटाले जनाएको छ।

बुधवार राति अबेरसम्म विश्वभरका हजारौँ प्रयोगकर्ताले तीनवटै प्लेटफर्ममा समस्या भएको रिपोर्ट गरेका थिए। राति ११ः३० बजे मेटामा समस्या सुरु भएको थियो भने करिब एक घण्टासम्म प्लेटफर्म डाउन भएका थिए। अहिले भने सबै प्लेटफर्म पूर्ववत् अवस्थामा सञ्चालन भइसकेको मेटाले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित