गायक राजेशपायल सहित ८ जना पक्राउ, मदिरा पिएर हाेहल्ला मचाएपछि पक्राउ

इटहरी । मदिरा पिएर होहल्ला गर्दै हिडेका गायक राजेशपायल राईसहित ८ जनालाई प्रहरीले पक्राउ गरेको छ । गएराति २ बजेतिर काठमाडौंको अनामनगरबाट उनीहरूलाई प्रहरीले पक्राउ गरेको जनाएको छ ।

प्रहरीले होहल्ला नगर्न आग्रह गर्दा उल्टै प्रहरीलाई धम्की दिएपछि उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेकामा तीनजना कलाकार हुन् भने अन्य पाँचजना भने अन्य क्षेत्रको रहेको खुल्न आएको छ।

प्रतिक्रिया

सम्बन्धित