चतरा कुम्भ मेलामा डिजिटल पेन्ट्सकाे रंगराेगन

 इटहरी । आगामी चैत्र २७ गते देखि सुनसरीको चतराधाममा लाग्ने एक महिने महा कुम्भ मेलालाई मध्यनजर गर्दै प्रथम जगत गुरु बालसन्त मोहन सरण देवानाचार्यकाे आश्रम स्थल तथा कुम्भ स्तम्भ परिसरमा इटहरीस्थित डिजिटल पेन्टसले रंगराेगन गरेको छ । 

महाकुम्भलाई भव्यताका साथ सम्पन्न गराउन डिजिटल पेन्टसले सहयोग स्वरूप आश्रम आसपास तथा कुम्भ स्तम्भका सबै क्षेत्रहरूमा रंगराेगन गरी चिटिक्क बनाएको हो । स्थापनाको छोटो समयमै सेवाग्राहीहरूको मन जित्न सफल बनेको पेन्टस पछिल्लो समय सामाजिक कार्यमा पनि त्यतिकै सकृिय देखिएको छ ।  डिजिटल पेन्ट्सले छोटो समयमा कोशि प्रदेशका  मुख्य तथा साना ठुला सहर गरी ८० भन्दा बढी आधिकारिक डिलरहरूमार्फत ग्राहकहरू लाई सुलभ मूल्यमा गुणस्तरीय रंगरोगनका सामान उपलब्ध गराउँदै आएको छ । 

 कम्पनीले सिमेन्ट प्राइमर, इनामेल, वाल पट्टी, गोल्ड पेन्टस, आल्मुनियम पेन्टस तथा उच्च गुणस्तरका इमल्सन पेन्ट्स उत्पादन तथा विक्री वितरण गर्दै आएको छ। स्वदेशी उत्पादन र स्वदेशी लगानीबाटै गुणस्तरीय रंग उत्पादन सम्भव छ भन्दै अघि बढेको डिजिटल पेन्टसले छोटो समयमा कोशि प्रदेशमा निकै राम्रो फड्को मारेको छ ।

जर्मन प्रविधिबाट उत्पादन गरेको र आफ्नै अत्याधुनिक ल्याबबाट गुणस्तरमा प्रमाणित उत्पादन मात्र बजारमा वितरण गर्दै आएको कम्पनी ले निकट भबिस्यमै 10 बर्षे वारेन्टी तथा वाटर प्रुफिङ रङ्हरु बजारमा ल्याउने जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित