कोरिया जाने नेपाली विद्यार्थी खोजी गर्दै इटहरी आइपुग्यो खुसी कन्सल्टेन्सी

इटहरी । अमेरिका , अस्ट्रेलिया लगायतका देशमा अध्ययन गर्ने सपना बाेकेपनि कारणवश जान नपाएका नेपाली बिद्यार्थीहरूलाइ दक्षिण कोरियाबारे उचित परामर्श सहित उनीहरूलाई  रोजगार प्रदान गर्ने उद्देश्यले इटहरीमा सामूहिक छलफल सम्पन्न भएको छ ।

बुधवार काठमाडाैंस्थित खुसी इन्टरनेसनल कन्सल्टेन्सी एन्ड एजुकेसन सेन्टर र इटहरीका कन्सल्टेन्सी व्यवसायी बिच  सामूहिक छलफल सम्पन्न भएको हो । इटहरीमा रहेका कन्सल्टेन्सी व्यवसायहरू सँग समन्वय गरी पूर्व क्षेत्रका इच्छुक बिद्यार्थीहरूलाइ उचित परामर्श सहित कोरिया पठाउन छलफल गरिएको थियो ।

छलफलमा काठमाडाैंस्थित खुसी इन्टरनेसनल कन्सल्टेन्सी एन्ड एजुकेसन सेन्टरका प्रबन्ध निर्देशक अर्जुन भट्टराइले कोरिया सोचे जस्तो सजिलो सहर नभए पनि पछिल्लो समय  नेपाली बिद्यार्थीहरूकाे रोजाइको देश बनिसकेकोले परामर्श सहित पठाएर रोजगारको ग्यारेन्टी गरिने बताए । उनले अहिले धेरै जसो नेपाली विद्यार्थीहरूले अध्ययन सँगै रोजगारका लागि  कोरिया रोज्ने गरेको बताए ।

स्टुडेन्ट भिसामा नेपाली विद्यार्थी पठाउन पाइने भएको हुँदा कोरिया देश पछिल्लो समय रोजाइमा परेको प्रबन्ध निर्देशक भट्टराइ बताउँछन् । छलफलमा ई क्यान पूर्वाञ्चल अध्यक्ष रवीन्द्र निरौलाले सर्त अनुसार सहकार्य गरेर अघि बढ्न तयार रहेको बताए ।

धेरै जसो विद्यार्थीहरू भाषा नजान्दा अप्ठेरोमा परेकोले त्यस्ता विद्यार्थीहरूलाई थप भाषाहरू सिकाएर अन्य विधामा पनि प्रशिक्षण दिलाएर मात्र कोरिया पठाउनुपर्ने उनको तर्क थियो । छलफलमा इटहरी क्षेत्रका एक दर्जन बढी कन्सल्टेन्सी सञ्चालकहरूको उपस्थिति रहेको थियो । 

प्रतिक्रिया

सम्बन्धित