इक्यान पूर्वाञ्चलले गर्यो इटहरीमा यू.के. परमार्शदाताहरूलाई तालिम

इटहरी । सुनसरीको इटहरीमा यू.के. परामर्शदाताहरूलाई तालिम प्रदान गरिएकाे छ  ।   पूर्वमा रहेका शैक्षिक परामर्शदाताहरूलाई यू.के.का लागि परामर्शकर्ताहरूले तालिम प्रदान गरेका हुन ।  इक्यान पूर्वाञ्चलका अध्यक्ष रविन्द्र निरौलाका अनुसार  यू.के.मा विद्यार्थीहरू अध्ययनका लागि पठाउँदै आएका कोशी प्रदेशका शैक्षिक परामर्श दाताहरूको क्षमता विकासका लागि तालिमको आयोजना गरिएको हाे ।

नेपाल शैक्षिक परामर्श संघ (इक्यान) पूर्वाञ्चलले होटल पाथिभरामा भएको ताालिममा यूे.के.का लागि वि.पि.पि. यूनिभर्सिटि लन्डनका प्रतिनिधि प्रशिक्षकद्वय डा. दिपक खड्का तथा तरन्जित सिंहले प्रशिक्षण दिएका थिए ।

इक्यान केन्द्रका सह कोषाध्यक्ष विकल्पराज पोखरेलको प्रमुख आतिथ्यमा सम्पन्न उक्त तालिममा ४० वटा भन्दा बढि शैक्षिक परामर्श व्यवसायीहरूबाट ५० भन्दा बढिको उपस्थिति रहेको थियो । सचिव दुर्लभ कार्कीले कार्यक्रम सञ्चालन गर्नुका साथै कार्यक्रमको औचित्य माथि इक्यान पूर्वाञ्चलका निवर्तमान अध्यक्ष प्रकाश लकान्द्रीले प्रकाश पारेका थिए भने तालिम संयोजक गोपाल निरौलाले स्वागत मन्तव्य दिएका थिए ।

कार्यक्रमबाट यू.के.मा विद्यार्थीहरू पठाउनका लागि भाषा तयारी सम्बन्धी सम्पूर्ण जानकारी प्राप्त गराइएको उल्लेख गर्नुका साथै आगामी दिनमा पनि यस्तै प्रकारका कार्यक्रमहरुको आयोजना गर्दै शैक्षिक परामर्श व्यवसायीहरूको सर्वाङ्गीण विकास गराउने उद्देश्य रहेको भन्दै कार्यक्रमको समापन पूर्वाञ्चल इक्यानका अध्यक्ष रविन्द्र निरौलाले गरेका थिए ।   

प्रतिक्रिया

सम्बन्धित