तामाङले आफ्नो संस्कृति बिर्सनु हुँदैन : अध्यक्ष मित्र सेन

इटहरी । नेपालमा तामाङ समुदायको कला , संस्कृति र धार्मिक गतिविधिहरू हराउँदै गएको प्रति तामाङ धेदुङ सङ्घले दुख व्यक्त गरेको छ । समुदायले आफ्नो संस्कृति ,कलालाई सदैव आत्मसाथ गरेर प्रवर्द्धनमा जोड दिनुपर्ने मोरङको सुन्दरहरैंचामा आयोजित एक कार्यक्रममा तामाङ समुदायका वक्ताहरूले यस्तो बताएका हुन ।

तामाङ जातिको संस्कार  र सस्कृती सम्बन्धी प्रशिक्षण कार्यक्रममा वक्ताहरूले समुदायले आफ्नो सांस्कृतिक जोगाउन जस्तो सुकै मूल्य चुकाउन परे पनि तयार रहनुपर्ने धारणा राखेका थिए । कार्यक्रमका प्रमुख अतिथि नेपाल तामाङ घेदुङ प्रदेश न १ का अध्यक्ष मित्र सेन योन्जनले पछिल्लो समय धेदुङ संस्थाले प्रदेश एकमा कुनै प्रभावकारी गतिविधि गर्न नसकेको हो कि भन्ने आभास भएको बताए ।

उनले नेपाल तामाङ घेदुङ संस्था सम्पूर्ण तामाङ जातिहरूको ढुकढुकी  भएको उल्लेख गर्दै संस्था नरहे आदिवासी जनजाति या मूलवासीमा आबद्ध हुन समेत नपाउने उल्लेख गरे । संस्था जोगाउन अाफैनाे कला सांस्कृतीलाइ पनि त्यतिकै महत्त्व दिएर सिङ्गो समुदाय अघि बढ्नुपर्ने उनको तर्क थियो ।

कार्यक्रममा नेपाल तामाङ ताम्बा घेदुङ् प्रदेश न १ का अध्यक्ष पदम ज्याक तामाङले आफ्नै भाषामा शुभकामना मन्तव्य राखेका थिए । नेपाल तामाङ घेदुङ नगर कार्यसमिति सुन्दरहरैचाको आयोजनामा सम्पन्न प्रशिक्षण कार्यक्रममा २ सय बढी तामाङ समुदायको उपस्थिति रहेको थियो कार्यक्रम सुन्दरहरैंचा स्थित आदिवासी जनजाति महासङ्को हलमा सम्पन्न भएको थियो । 

प्रतिक्रिया

सम्बन्धित