धनकुटा पुगेर मन्त्री राइले भने : पानी ओसार्न थाप्लोमा नाम्लो र कम्मरमा गाग्री बोक्नुपर्ने अवस्था अन्त्य गर्छौ
![](https://snowberry.prixacdn.net/media/gallery_folder/IMG_8690_WXdJ7R8Yd6_7rlmhkkkw3hls4w5ydqan7xsgo3xb8xbwjqknchs4vkfahq8aemfcusmecxe_qp7UlkaClx_ogxbczjfpnfj7khkynoemllr2mvsvs7zfa27fwc6rycyjsu1htdygvuzq4eo.jpg)
धनकुटा । खानेपानी मन्त्री राजेन्द्र राईले पानी ओसार्नका लागि थाप्लोमा नाम्लो र कम्मरमा गाग्री बोक्नुपर्ने अवस्थाको अन्त्य गर्ने गरी काम गर्ने बताएका छन् । आइतबार धनकुटाको साँगुरीगढी गाउँपालिका–६ नाम्जेस्थित नाम्जे विद्यालय समुदाय सिँचाइ योजनाको भवन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री राईले यस्तो बताएका हुन् ।
अहिले पनि खानेपानी ओसार्नका लागि आमा दिदीबहिनीहरूले धेरै दुख गर्नु परिरहेको भन्दै उनले अब यो अवस्थाको अन्त्य गर्ने गरी काम गर्ने बताए । ‘आमा, दिदीबहिनीहरूले पानी ओसार्नका लागि अहिले पनि धेरै दुख गर्नु परिरहेको छ, देशभरका धेरै ठाउँमा यस्तो समस्या छ,’ मन्त्री राईले भने, ‘अब दिदीबहिनीहरूले पानी ओसार्नका लागि थाप्लोमा नाम्लो बोक्नु पर्ने र कम्मरमा गाग्री बोकेर हिँड्नुपर्ने अवस्थाको अन्त्य गर्ने गरी काम गर्छौ ।’
देशभरको खानेपानी समस्या समाधानका लागि द्रुत गतिमा काम गर्ने उनको भनाई छ । खानेपानी समस्या समाधान गर्ने जिम्मेवारी आफ्नो काँधमा आएको भन्दै मन्त्री राईले यो जिम्मेवारी सफलतापूर्वक निर्वाह गर्ने उल्लेख गरे । अहिले गाउँ–गाउँमा विकासले गति लिदै गएको उनको भनाई छ । तीब्र गतिमा विकास गर्न सरकार लागिपरेको भन्दै मन्त्री राईले विकासलाई गति दिन सरकारमात्र नभएर जनताहरू पनि लागिपर्नुपर्ने धारणा राखे ।
आफ्नो गृहजिल्ला भएकाले धनकुटालाई प्राथमिकतामा राखेर काम गर्ने मन्त्री राईले बताए । खानेपानीको समस्या क्रमश हल गर्दै जाने भन्दै उनले धनकुटामा खानेपानीमा मात्र नभएर सडक स्तरोन्नति लगायत अन्य विकास निर्माणका काममा पनि पहल गर्ने बचन दिएका छन् । आफू शासक नभई जनताको सेवक भएको तर्क गर्दै उनले जनताले आफूलाई दिएको मत कहिल्यै खेर जान नदिने दावी गरेका छन् ।
विभिन्न कार्यक्रममा सहभागि हुन बिहीबार गृहजिल्ला धनकुटा आइपुगेका मन्त्री राई आइतबार काठमाडौं फर्किएका छन् ।
![चार प्रदेशमा आज भारी वर्षा हुने, काेशीमा के हुन्छ ?](https://snowberry.prixacdn.net/media/gallery_folder/mausam_qpkhJJYT1p_nlmv73msyc1if5bsuledcztio6gsrswnftdednrwsuhzabvfhaumzgvpir1h_2ewkqRs2wo_psllzpquosztcoi5oyyevgxyzgipe6urbyavm3j8mftn5vhntaijs2p1tgbm_iUd4NngCT0_8zegayhf47e3whooejyvg5mogswvhmdjvvxdc3oi5z2l6bylam9wgfjehdff_E7pNZgKmrG_jzfooec5i2bdaensln8hynih4jq4cndruox1s5f2azb6ix4fie9apxzu4e9w.jpg)
चार प्रदेशमा आज भारी वर्षा हुने, काेशीमा के हुन्छ ?
![भेडेटारमा बन्याे काेशी प्रदेशकै ठुलाे स्काइवाक : उदघाटनकाे दिननै पर्यटककाे घुइचाे](https://snowberry.prixacdn.net/media/gallery_folder/vedetaar_66WjsonL6u_w0s0ppftmwxtx6iuzews5nmaj8vytzkpfgqj0e5zsjvkl2px0keupxnpoqmn_gIWTbcnsfD_cculxiwcd5q90oz4xt6lrvxjw47tccgvwbq6xjmtkg6uyp3qf1vddg71pp2n.jpg)
भेडेटारमा बन्याे काेशी प्रदेशकै ठुलाे स्काइवाक : उदघाटनकाे दिननै पर्यटककाे घ…
![कोशी सरकारबाट बाहिरियो माओवादी](https://snowberry.prixacdn.net/media/gallery_folder/indra%2520aangbo_aVDkywiBtl_eamgmvnmknk5hcrij7eve3yflxnbcham6qewjmagg4g98opxinq73ouzgkvd_rsc5Co83bt_6ijyd8gbfyboswdsfw80m4xhdeqvx2nv1zswbygcpieqmq59s2u82wsc5n1k.jpg)
कोशी सरकारबाट बाहिरियो माओवादी
![धरानमा बचतकर्ताको ६९ करोड बढी हिनामिना गरी सहकारीका अध्यक्ष–सदस्य रहेका बाबु–छोरा बेपत्ता](https://snowberry.prixacdn.net/media/gallery_folder/sahakari_DXD8pomjL2_smmbnp86ywrv2dutqrq0aossl7f3l6hqtqypmze7mxhs1bkdhfwpwc22etk9_jzFABgQCZZ_rhvionjpkpfgcbulbdgteralcqktgjfcmclj4rjmohxuhubb3myjdcw1mowz.jpg)
धरानमा बचतकर्ताको ६९ करोड बढी हिनामिना गरी सहकारीका अध्यक्ष–सदस्य रहेका बाब…
![झापाका ९४० जनाले पाए ७६ दिने रोजगारी](https://snowberry.prixacdn.net/media/gallery_folder/kaligandaki-majdur_22teRGNFng_aiixyscuisb8w2cohl9ys8eigtccfn4xyf80130izh5m9ewwikkyeitg7dbi_CHOUpjnC69_zxhxqvfcwyk8yqaf419sknkdlxlsqeu1r49pn6bky70yerevulf8lqgifpbz.jpg)
झापाका ९४० जनाले पाए ७६ दिने रोजगारी
![बीपी स्मृति दिवसका अवसरमा धरानमा ‘ग्रिन एन्ड क्लिन’ अभियान](https://snowberry.prixacdn.net/media/gallery_folder/bp_QiPzBPQDvV_j4birayywdowws8isnztac5dy5kz19kr0rmslqjnvbwyazbrbihzwcrshopt_boK3Mjjuu4_xpdso0ottxlirjaw40spsvwidwlmuo46oeilpk7ppkor2h0njcgq4iqmebaq.jpg)
बीपी स्मृति दिवसका अवसरमा धरानमा ‘ग्रिन एन्ड क्लिन’ अभियान
![इनरूवाका मेनपावर व्यवसायी राजीव फुयाँल बिराटनगरकाे हाेटलमा मृत भेटिए](https://snowberry.prixacdn.net/media/gallery_folder/hotel_CFdupDY07y_cp81fxhkt03gfwgwb16olnddxbro0pryjudhj4z5mqahmhrfso0vusxo2dgz_vzimDlugHh_jvzaqqe8ja9cfslntpvqfmsqelbim9xsji8lcttu7qpw3muyfkji7mk234qf.jpg)
इनरूवाका मेनपावर व्यवसायी राजीव फुयाँल बिराटनगरकाे हाेटलमा मृत भेटिए
![स्थानीयले जग्गा दिएपछि खाेटाङकाे पेलुङमा बन्यो अस्थायी प्रहरी चौकी](https://snowberry.prixacdn.net/media/gallery_folder/police%2520post-khotang_xpcZfKePNx_f70etkj9irdsdaybxvtiajmheklokqhnq9eyb2fcnxfntnk39iyccutqgy91_fYZ5mekrTw_vkzh5wxhwgotdn603epx7ma5swtzxvzlx5xlok7u7hbz9pj0h2eyghjxj2mk.jpg)
प्रतिक्रिया