सुषमा कलेजमा मास्टर सेफ सुषमा कार्यक्रम : विद्यार्थीले बनाए चाखलाग्दो परिकार

इटहरी । शिक्षा क्षेत्रमा बेग्लै पहिचान बनाएको इटहरीस्थित सुषमा गाेदावारी कलेजले आइतबार कक्षा ११ अन्तरगत हाेटल म्यानेजमेन्ट विषय अध्ययनरत विद्यार्थीहरूबिच खानाका परिकार बनाएर मास्टर सेफ सुषमा कार्यक्रम सम्पन्न गरेका छन् ।

कलेजले पहिलो पटक यो कार्यक्रम गरेको हो । हाेटल म्यानेजमेन्ट र हस्पिटालिटी विषय लिएर पढ्ने  विद्यार्थीहरूलाई यो क्षेत्रमा अझ अब्बल बनाउन मास्टर सेफ विद्यार्थी कार्यक्रम ल्याइएको सुषमा कलेज प्लस टु म्यानेजमेन्ट संयोजक राहुल रायले बताए । कार्यक्रममा विद्यार्थीहरूले विभिन्न स्वादिलो खानाका परिकारहरू बनाएर शिक्षक तथा सेफलाई चखाएका थिए । कलेजको कक्षा ११मा अध्ययनरत १सय ५ जनाबाट छनौट भएका २४ जना विद्यार्थी बिच ६ वटा ग्रुप बनाएर प्रतिस्पर्धा गराइएको थियो ।

कुकिङ तर्फ उत्कृष्ट अङ्क ल्याएको ग्रुप ए ले नगद रु ५ हजार पुरस्कार र प्रमाणपत्र पाए । हाेटल म्यानेजमेन्ट र हस्पिटालिटीलाइ विशेष प्राथमिकतामा राखेर यसलाई अझ सशक्त रूपमा अघि बढाउन यो कार्यक्रम आयोजना गरिएको कलेजका प्राचार्य बोधराज नेपालले बताए ।

इटहरीमा हाेटल म्यानेजमेन्ट र हस्पिटालिटि विषयको अध्ययन गराउने पहिलो कलेज मानिने सुषमाले अहिले सम्म सयाै बिद्यार्थीहरूलाई यसै विषयमा अब्बल बनाइसकेको उनको दाबी छ । उनले आफ्ना विद्यार्थीहरू दुबई , क्यानडा , अस्ट्रेलिया लगायतका देशमा रहेका ५ तारे हाेटलहरूमा उच्च पदमा रही काम गरिरहेको पनि बताए । सुषमाले आयोजना गरेको कार्यक्रमको निर्णायक पनि सोही कलेजका पूर्व विद्यार्थी अगिन चौधरी रहेका थिए ।उनी हाल दुबईको चर्चित म्यारियट हाेटलमा चिफ सेफको रूपमा कार्यरत छन् ।

प्रतिक्रिया

सम्बन्धित