‘घरज्वाइँ’को पोस्टरमा यस्तो देखिए दयाहाङ र मिरुना

इटहरी ।  अनिल बुढा मगर निर्देशित फिल्म ‘घरज्वाइँ’ को पोस्टर सार्वजनिक भएको छ। फिल्मको दुई पोस्टरमा मुख्य पात्रको क्यारेक्टर लुकलाई देख्न सकिन्छ।  

एउटा लुक्समा बन्दुक बोकेका अभिनेता दयाहाङ राई रिसाहा अवतारमा प्रस्तुत भएका छ्न् भने अर्कोमा उनी अभिनेत्री मिरुना मगरसँगै डोको बोकेर हिँडिरहेको देखिन्छ। जनक घर्ती मगर निर्माता रहेको फिल्मको पूर्वी रुकुमका विभिन्न रमणीय स्थानहरुमा करिब एक महिना छायांकन गरिएको हो।

फिल्ममा निर्देशक अनिल बुढाकै कथा छ भने पटकथा लेखनमा विनोद खतिवडा र सुभाष कोइरालाले सहयोग गरेका छन्। 

फिल्ममा दयाहाङ र मिरुनासहित बुद्धि तामाङ, पुष्कर गुरुङ, शिशिर बाङ्देल, भोलाराज सापकोटा, खड्कबहादुर पुन (खबपु), राज थापा, कविता आले, शिला आले, अनु थापा, बिना थापा मगर, सोनाम लामा, बिबेश बुढा मगर, सुनिल मगरले अभिनय गरेका छन्। 

सुसन प्रजापतिले खिचेको फिल्म आगामी असार २८ गतेबाट रिलिज हुँदै छ। एमएसएनले अन्तर्राष्ट्रिय प्रदर्शन अधिकार लिएको फिल्मलाई आरआर फिल्मले वितरण गर्नेछ।

प्रतिक्रिया

सम्बन्धित