लोकतन्त्रमा सञ्चार माध्यमको भुमिका अतुलनीय , कांग्रेस सच्चीनै पर्छ : उपसभापती गुरूङ

कोशीमा मेरै सरकार रहन्छ भ्रम नछरे हुन्छ : मुख्यमन्त्री कार्की

 इटहरी । २०६२ ।६३ को जन आन्दोलन होस या केहि प्राप्तिकालागि गरिएको आन्दोलनमा सञ्चारकर्मी र सञ्चारमाध्यमले खेलेको भुमीका अतुलनीय रहेको एक कार्यक्रमबिच बक्ताहरूले बताएका छन ।   इटहरीमा प्रेस युनीयन सुनसरीले आयोजना गरेको लोकतन्त्रमा सञ्चारमाध्यमको भुमिकाबारे अन्तरकृिया कार्यक्रममा अधिकांस बक्ताहरूले यस्तो बताएका हुन ।

मुलुक परिवर्तन देखि ठुला संघर्षका निम्ति गरिएका आन्दोलनहरूमा सञ्चारमाध्यमले खेलेको भुमीका अपरिहार्य र अतुलनीय रहेको नेपाली कांग्रेसका सुनसरी सभापती केदार भन्डारीले बताए ।मुलुकमा लोकतान्त्रीक गणतन्त्र स्थापनामा सञ्चारमाध्यमको ठुलो योग्दान रहेको उनले बताए ।

त्यस्तै नेपाल प्रेस युनयनका केन्द्रिय अध्यक्ष शिव लम्सालले राजयबाट पटक पटक प्रेसस्वतन्त्रता हनन हुने गरेको बताए । सरकारले सञ्चार जगतलाइ राज्यको चौथो अंग भनेर घोषणाा गरिरहदा तिनै सञ्चारकर्मी र सञ्चारमाध्यमहरूलाइ बिभिन्न विधेयकहरू ल्याएर तर्साउने र मनोवल गिराउन जस्ता कार्यहरू गर्दै आएको प्रति सबै सञ्चारकर्मीहरू सचेत रहनुपर्ने बताए ।

त्यस्तै नेपाली कांग्रेस केन्द्रिय सदस्य तथा अनुसाशन बिभाग सदस्य राजिव कोइरालाले सञ्चार माध्यम र सञ्चारकर्मी बिना असल समाजको बिका नहुने उल्लेख गरे । नेता कोइरालाले राज्यका शिर्ष नेताहरूको भन्डा फोर देखि नीति नियमको चर्चा र निरन्तर खबरदारी गर्ने सञ्चार माध्यमकै कारण मुलुकमा लोकतन्त्र स्थापित भएको बताए । त्यस्तै नेपाली कांग्रेस सुनसरी क्षेत्र नं १ का सभापती सुजेन्द्र तामाङले सञ्चार माध्यम बिना लोकतन्त्रको कल्पना गर्न नसकिने उल्लेख गरे । 

त्यस्तै सुनसरी क्षेत्र न ं २ का सभापती लिलामणी सुवेदी , ३ का सभापती मोदि हुसैन , ४ का सभापती अयुव अन्सारीले लोकतन्त्रको बलीयो आधार भनेकै सञ्चार माध्यम र सञ्चारकर्मीहरू रहेको उल्लेख गरे । कार्यक्रममा नेपाल पत्रकार महासंघ सुनसरीका पूर्व अध्यक्ष तथा केन्द्रिय सदस्य अमर खडकाले लोकतन्त्र स्थापना पछि सुनसरीमा सञ्चारकर्मीहरूको भुमीका र सञ्चारमाध्यमहरूको अवस्थाबारे कार्यपत्र प्रस्तुत गरेका थिए । 

लोकतन्त्र स्थापना पछि अत्याधिक विकाश भएका अनलाइन मिडियाहरूका कारण छापा माध्यम सुस्ताएको ,कतिपय बन्द भैसकेको त कति बन्द हुने अवस्थामा रहेको उनले बताए । उनले प्रेस युनीयन कांग्रेसकै सुभेच्छुक संस्था भएपनि सारो गाह्रो र अफ्ठेरो स्थितीमा पार्टीले नहेरेको जस्ता बुदागत टिप्पणी सहित कार्यपत्र प्रस्तुत गरेका थिए ।

कार्यपत्रमा कांग्रेसका नेता तथा जनप्रतिनिधिहरूले प्रेस युनियनका पत्रकारहरूलाइ आफु समर्थित गुट अनुकुल प्रयोग गर्दा युनियनमा आवद्ध सञ्चारकर्मीहरूको पत्रकारीता निस्पक्ष , स्वतन्त्र र तटस्थ हुन नसकेको बेला बेला आरोप लाग्ने गरेको उल्लेख छ । प्रेस युनियन सुनसरीका अध्यक्ष ध्रुव ढकालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाली कांग्रेसका पूर्व कानुनमन्त्री तथा उपसभापती धनराज गुरूङ प्रमुख अतिथी रहेका थिए । 

कांग्रेस सच्चीनुपर्छ : उपसभापती गुरूङ 


नेपाली कांग्रेसका उपसभापती तथा पूर्व कानुन मन्त्री धनराज गुरूङले लोकतन्त्रका कांग्रेस सच्चीनुपर्ने धारणा राखेका छन । शुक्रबार नेपाल प्रेस युनियन सुनसरीले आयोजना गरेको लोकतन्त्रमा सञ्चार माध्यमको भुमीकाबारे अन्तरकृियामा उपसभापती गुरूङले यस्तो बताएका हुन ।

नेता गुरूङले कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिहरू देखि प्रदेश सा.सद , संंघीय संसद ,मन्त्री देखि उच्च तहमा रहेका नेताहरू काण्डै कान्ड बाहिरिरहदा नेपाली जनतामा निराशा छाएको उल्लेख गरे । उनले स्थानिय तह देखि नै कांग्रेसका नेताहरू अब सच्चीनु पर्ने धारणा राखे ।

कार्यक्रमका प्रमुख अतिथी समेत रहेका नेता गुरूङले आफु कानुन मन्त्री हुदा पार्टी र जनताको भावना अनुसार काम गरेर खुशी साथ बिदा भएको दाबी गरे ।

कोशीमा मेरै सरकार रहन्छ भ्रम नछरे हुन्छ : मुख्यमन्त्री कार्की 

कोशी प्रदेका मुख्य मन्त्री केदार कार्कीले केन्द्रमा जस्तो सुकै हलचल मच्चीएपनि कोशीमा आफ्नै सरकार टिकिरहने बताउका छन । शुक्रबार इटहरीमा प्रेस युनियनले आयोजना गरेको एक कार्यक्रममा मुख्यमन्त्री कार्कीले यस्तो बताएका हुन ।

उनले केन्द्रमा सतता परिवर्तन भए देखि नै कोशीमा सरकार परिवर्तनबारे पत्रकारहरूले प्रश्न सोधेर हैरान बनाउने गरेको भन्दै अझै अढाइ वर्ष आफ्नै नेतृत्वको सरकार कोशीमा चल्ने बताए ।

बाग्मतीमा श्याल करायो भन्दैमा कोशीमा पनि स्याल नै कराउछ र ब्यांग्यात्मक प्रहार गर्दै मुख्यमन्त्री कार्कीले भने कोशीमा अर्ना कराउछ । बिपक्षी दलका नेताहरूले कोशीमा सरकार परिवर्तनको हल्ला फिजाएको बारे मुख्यमन्त्री कार्कीले त्यसलाइ गलत प्रचार भनी उल्लेख गरे ।

यस्तो गलत हल्लाको पछि नलाग्नु ।कोशीमा अहिले जे छ त्यही निरन्तर अघि बढछ मुख्यमन्त्री कार्कीले भने ।
 

प्रतिक्रिया

सम्बन्धित